Author: महेन्द्रनगर पोष्ट

अछाम- अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ ले गर्भवती महिलाका लागि राहत दिने निर्णय गरेको छ । वडा नम्बर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकले वडाका कुनैपनि गर्भवति महिला सुत्केरी हुनका लागि जिल्ला अस्पताल पुर्याउनुपर्दा सहुलियत स्वरुप १५ सय रुपैँया उपलब्ध गराउने निर्णय गरेको हो । कुनै पनि गर्भवती महिला रकमको अभावका कारण अस्पताल जान नसक्ने अवस्था नआओस् र आमा र बच्चाको स्वास्थ्य जटिल हुने अवस्था नहोस् भनेर उक्त निर्णय गरिएको वडा अध्यक्ष भण्डारीले बताउनु भयो । आफूले चुनावको बेला गरिएको प्रतिबद्धता अनुसार महिला तथा बालबालिकाको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै वडाको पहिलो बैठकबाटै उक्त निर्णय गरिएको उहाँको…

Read More

दार्चुला- जिल्ला समन्वय समिति दार्चुलाको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यालय तालिका सार्वजनिक गर्दै आज मतदाता नामावली प्रकाशन गरेको छ । जेठ २९ गते उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ३० गते निर्वाचन गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा समन्वय समितिका पदाधिकारीको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको छ । ९ वटा स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार छ । जिल्लामा (नेकपा माओवादी केन्द्र)को ४ स्थानीय तह प्रमुख र दुई स्थानीय तह उपप्रमुख सहित…

Read More

अछाम- नेपाल पत्रकार महासंघ अछामले स्वर्गीय पत्रकार एलबी बिश्वकर्माको आश्रित परिवारलाई आर्थिक सहयोग गरेको छ ।शाखाले स्वर्गीय पत्रकार बिश्वकर्माका धर्मपत्नीलाई ३५ हजार नगद सहयोग गरेको शाखाका अध्यक्ष खम्म खत्रीले जानकारी दिए । आइतबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलको रोहबरमा महासंघका केन्द्रीयय सदस्य सरिता तिमिल्सैना पंगेनीले नगद रु ३५ हजार बिश्वकर्माका धर्मपत्नीलाई हस्तान्त्ररण गरिन् । उनको घरखर्च चलाउन केही हदसम्म भएपनि सहज होस् भनेर आर्थिक सक्दो आर्थिक सहयोग गरिएको अध्यक्ष खत्रीले बताए । आगामी दिनमा समेत उनको आश्रित परिवार र एकजना छोराको पढाईको लागि पहल गरिने समेत उनले बताए । सो अवसरमा केन्द्रीय सदस्य तिमिल्सैनाले समेत केन्द्रबाट…

Read More

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया युवतीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ । दोधराचाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले युवतीको शनिबार साँझ उद्धार गरेको हो । युवतीलाई भारततर्फ लैजाने कार्यमा संलग्न भारत उत्तरप्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका वर्ष २९ का पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले विशेष सूचनाका आधारमा बाबाथान प्रहरी चौकीका इन्चार्ज भट्टसँग समन्वय गरी दशगजा क्षेत्रबाट युवतीको उद्धार गरिएको जानकारी दिए । युवतीलाई झुक्याएर भारत लैजाँदै गरेको अवस्थामा आरोपीलाई पक्राउ गर्नुको साथै युवतीको उद्धार…

Read More

कैलाली- उद्योग वाणिज्य संघको नेतृत्वका लागि छुट्टाछुट्टै दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । संघको यही जेठ २८ गते हुने चुनावमा बर्तमान अध्यक्ष पुष्पराज कुँवर र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई प्यानल बनेका हुन् । दुबै प्यानलले आइतबार मनोनयन दर्ता गरेका छन् । कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन् । त्यस्तै स्वतन्त्ररूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । कुँवर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पुष्कर राज ओझा, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भिष्मराज…

Read More

कैलाली- नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता गर्दै नयाँ मन्त्री पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नयाँ मन्त्रीको नाम सिफारिससमेत गरिसकेका छन् । मन्त्रीका लागि सिफारिस हुनेमा गैरसांसद शेरबहादुर कुँवर पनि छन् । पार्टीले उनलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिएको छ । यो मन्त्रालय यसअघि एकीकृत समाजवादीकै कृष्णकुमार श्रेष्ठले हेर्दै आएका थिए । कुँवर यसअघि साट्रिय सभा सदस्य थिए । उनले गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेका थिए । नेपालको संविधानले कुनै पनि संघीय संसद्‌को सदस्य नभएको नेता बढीमा ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था गरेको छ । संविधानको…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभाको १० आं बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना र अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै आर्थिक विकास र गरिवी निवारणमा योगदान पुगाउन उद्यम विकास, रोजगार र स्वरोजगार कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, लगानीमैत्री वातावरण सृजना गर्ने, प्रदेशमा प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने, एक सय…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले २०७९ सालको सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ। २०७८ चैत २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशन गरिएको सूचनाअनुसार तीन पर्वमा प्रदेशका सबै जिल्ला र अन्य तीन पर्वमा केही जिल्लामा गरी ६ दिन सार्वजनिक बिदा हुने छ। प्रदेश सरकारले यसवर्ष भदौ १ गते ओल्के पर्वमा पनि बिदा दिने निर्णय गरेको छ। विगतका वर्षमा ओल्के पर्वको बिदा नदिइएको भन्दै प्रदेशवासीले विरोध गरेका थिए। यस्तै भदौ १७ गते गौरा पर्वको अवसरमा बिदा दिने निर्णय प्रदेश सरकारले गरेको छ। १८ गते…

Read More

दार्चुला – एकल महिलालाई करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरि सिंह धामी र शैल्यशिखर नगरपालिका–९ बस्कोटका ३३ वर्षीय रमेश सिंह साउँदलाई करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए । धामी र कार्कीले एकल महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । महिलामाथि यही जेठ १७ गते नातामा देवर पर्ने धामीले आफ्नै घरमा करणी गरेको र जेठ १८ गते पनि करणीको प्रयास गरेको बताइएको छ । यस्तै उनै महिला…

Read More

काठमाडौं – नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २६ सय ३४ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ९ जना संक्रमित निको भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । देशभर संक्रिय संक्रमितको संख्या ११० रहेको मन्त्रालयले जनाएको छ ।

Read More