अछाम– नेपाल पत्रकार महासंघ अछामले स्वर्गीय पत्रकार एलबी बिश्वकर्माको आश्रित परिवारलाई आर्थिक सहयोग गरेको छ ।शाखाले स्वर्गीय पत्रकार बिश्वकर्माका धर्मपत्नीलाई ३५ हजार नगद सहयोग गरेको शाखाका अध्यक्ष खम्म खत्रीले जानकारी दिए ।
आइतबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलको रोहबरमा महासंघका केन्द्रीयय सदस्य सरिता तिमिल्सैना पंगेनीले नगद रु ३५ हजार बिश्वकर्माका धर्मपत्नीलाई हस्तान्त्ररण गरिन् ।
उनको घरखर्च चलाउन केही हदसम्म भएपनि सहज होस् भनेर आर्थिक सक्दो आर्थिक सहयोग गरिएको अध्यक्ष खत्रीले बताए । आगामी दिनमा समेत उनको आश्रित परिवार र एकजना छोराको पढाईको लागि पहल गरिने समेत उनले बताए ।
सो अवसरमा केन्द्रीय सदस्य तिमिल्सैनाले समेत केन्द्रबाट हुने सहयोगका लागि आफूले पहल गर्ने बताइन् ।
Facebook Comments Box