Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनबारे पुनः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका छन् । बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर छलफल भएको हो । मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको ‘सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन् । उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रतिबद्धता पूरा गर्ने समेत वचन दिइन् । जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीको अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने भएकाले तत्काल फोहोर व्यवस्थापन गर्नका लागि मन्त्रालयले समन्वय गर्ने उनले बताइन्। काठमाडौंको फोहोर व्यवस्थापन…

Read More

रुपन्देही – रुपन्देहीको रोहिणी गाँउपालिका–३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल–६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का अन्दाजी ५६ बर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० बर्षीय दिनेश दास, बुटवल–११ कालिकानगरका अन्दाजी ४१ बर्षीय कृष्ण प्रसाद बस्याल, ओमसतिया गाँउपालिका–४ का अन्दाजी ६५ बर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुल्सी बस्याल र बुटवल–६ का ५० वर्षीय नागेन्द्र शर्मा रहेका छन् । दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी…

Read More

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ । चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । यस्तै गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिए । गत आर्थिक वर्षमा जङ्गली…

Read More

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ। दुवैबीच आज बिहान भेटघाट भएको हो। भेटवार्ताको क्रममा दुवैबीच फोहोरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको क्षेत्रमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरपालिकाले परिणाममुखी सहकार्य गर्ने विषयमा छलफल भएको छ। मेयर बालेन पछिल्लो पटक भेटघाटमा सक्रिय छन्। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हिजो (शनिबार) मात्रै भेट गरेका थिए । यस्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग पनि भेटवार्ता गरिसकेका छन्।

Read More

काठमाडौं – काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट-ट्रयाक) आयोजनाको सुरुङ खन्ने काम तत्कालका लागि रोकिएको छ। यसमा निर्माण हुने सुरुङमार्गका लागि खन्ने काम गुणस्तरहीन भएको आशंका भएपछि नेपाली सेनाले तत्कालका लागि रोकेको हो। फास्ट-ट्रयाकमा सुरुङ खन्ने काम चिनियाँ ठेकेदार कम्पनीले गर्दै आएको थियो। उक्त कम्पनीले सम्झौता अनुसारको ‘थ्री आर्म्स् जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको आशंकाले तत्काल काम रोक्न निर्देशन दिइएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता नारायण सिलवालले बताए। ‘निर्माण कम्पनीबाट अहिलेसम्म भएका सुरुङसँग सम्बन्धित कामको गुणस्तर जाँचबुझ तथा समीक्षा गर्न सुरुङ खन्ने काम केही समयको लागि रोकिएको हो,’ उनले भने, ‘द्रुतमार्ग आयोजनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले…

Read More

काठमाडौं – अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारबाही सिफारिसमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफू आफ्नो कुरामा प्रस्ट रहेको बताएका छन् । भुसाललाई केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको थियो । तर भुसालले आफूलाई कारबाहीको सिफारिसबारे कुनै जानकारी नभएको भन्दै आफू आफ्नो कुरामा प्रस्ट रहेको बताए । ‘म आफ्नो कुरामा प्रस्ट छु’, भुसालले आफ्नो चिन्ता वाम आन्दोलन र एमाले बिग्रियो भन्ने रहेको बताए । ‘मेरो चिन्ता एमाले बिग्रियो भन्ने हो । मेरो पोजिसन, मेरो अध्यक्षको पोजिसन यो सबै वाम आन्दोलनभित्र, नेकपा एमालेको…

Read More

निजगढ – निजगढ उद्योग बाणिज्य संघको प्रथम अघिवेशनबाट अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामअनुसार संघमा श्रेष्ठको प्यानल नै विजयी भएको छ । मत परिणामअनुसार अध्यक्षमा श्रेष्ठले ८६ मत अन्तरले विजयी भएका हुन् । श्रेष्ठले १८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी रवि कुमार बर्तौलाले १०३ मत प्राप्त गरे । ३७६ मतदाता रहेकोमा निर्वाचनमा ३०७ मत खसेको थियो । मतपरिणाम घोषणा भएलगत्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबै व्यवसायीहरूलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताएका छन् । संघको प्रथम उपाध्यक्षमा १६३ मत ल्याएर गोरखबहादुर खड्का, द्वितीय उपाध्यक्षमा २०० मत ल्याई नवराज मैनाली, तृतीय उपाध्यक्षमा २०३ मत ल्याएर उषा…

Read More

काठमाडौं – आज आइतबार छापावाल सुनको मूल्य ६ सय रुपैँयाले घटेर ९७ हजार ९०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४०० रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ १५ रुपैँयाले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कायम भएको छ ।

Read More

बुटवल – रुपन्देहीको रोहिणीमा आइतबार बिहान भएको बस दुर्घटनाका चार जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीय दिनेश दास छन् । यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सनाखत भएका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गतको रोहिणी पुलबाट नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना…

Read More

तनहुँ – तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा हिजो साँझ स्कुटर र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक तनँहुको बन्दिपुर गाउँपालिका–१ का अन्दाजी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा साँझ सवा ६ बजे मृत्यु भएको हो । दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको क्षेत्री सवार ग १५ प १४८४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग १ क ५५३३ नम्बरको टिपर हिजो साँझ ६ बजे आपसमा ठोक्किएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More