Author: महेन्द्रनगर पोष्ट

डोटी- जिल्ला समन्वय समिति, डोटीका सबै पदाधिकारी निर्विरोध चयन भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हुँदा सबै पदाधिकारी निर्विरोध भएका हुन्। आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हुँदा सबै पदहरुमा निर्विरोध निर्वाचित भएको सहायक निर्वाचन अधिकृत बसन्तराज पाध्यायले बताए । जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह निर्वाचित भएका छन्। सिंह आदर्श गाउँपालिका–५ बाट ५ सय ६१ मत सहित गाउँ सभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै स्मृति चुनारा निर्वाचित भएकी छन्। पूर्वीचौकी गाउँपालिका–७ बाट ७ सय २८ मत सहित गाउँसभा सदस्यमा निर्वाचित चुनारा समन्वय समितिमा निर्विरोध निर्वाचित भएकी हुन्। खुला सदस्यमा रामबहादुर…

Read More

कैलाली- कैलालीमा जिल्ला समन्वयन समिति (जिसस) गठनका लागि दुई दिनअघि गठबन्धन बाहिर गई नेकपा एमालेसँग लिखित सहमति गरेको नेकपा माओवादी केन्द्र पुनः गठबन्धनमै फर्किने भएको छ। शनिबार बिहान बसेको गठबन्धनको बैठकपछि गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले जिससमा पनि गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेका हुन् । जिल्ला समन्वय समिति गठनका लागि कांग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टले गठबन्धनलाई निरन्तरता दिने लिखित सहमति नै भइसकेको बताए। ‘जिससमा गठबन्धनलाई नै निरन्तरता दिने हस्ताक्षरसहितको सहमति भइसकेको छ,’ उनले भने, प्रमुख कांग्रेसले र उपप्रमुख माओवादीले पाउने सहमति भएको छ । उनले सदस्यका विषयमा छलफल जारी रहेको बताए । बिहीबारमात्रै कांग्रेस…

Read More

कैलाली- धनगढीमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका १ स्थित बसन्त टोलबाट जुवा खेलिरहेका पाँच जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। सो ठाउँका ४० वर्षीय दिपु श्रीमालको घरमा जुवातास खेलिरहेको भन्ने विषेश सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रकाउ पर्नेमा डोटी दिपायल सिलगढी ६ घर भएका हाल धनगढी ३ बस्ने तेजबहादुर बोगटी, धनगढी १ बस्ने धनबहादुर खड्का, धनगढी १ वस्ने वर्ष रमेश श्रीमाल, धनगढी ७ बस्ने रामकृष्ण राना र धनगढी ७ वस्ने शान्तराम चौधरी रहेका छन् । उनीहरुको साथबाट नगद ८६ हजार बरामद पनि गरेको प्रहरीले जनाएको छ।

Read More

अछाम- जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका ललितबहादुर कुँवरसहित गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डीकाका कुँवरले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार मंगलसेन नगरपालिका वडा नम्बर ६ का दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका दानमति बम शाहीले १२ मत ल्याई बिजयी हुँदा नेकपा एमालेका पुतलीदेवि रावलले ६ मत ल्याइन् । सदस्यहरुमा नेपाली कांग्रेसका चक्रा कुमारी रावल, लक्ष्मी स्वर्णाकार, सीता भण्डारी, द्वारिकाप्रसाद उपाध्याय, नरेन्द्रबहादुर कुँवर र पूर्णबहादुर रावल तथा दलित सदस्यमा माओवादी केन्द्रका प्रभात विश्वकर्मा विजयी भएका…

Read More

अछाम- अछाममा एक युवकको मृत्यु प्रकरणलाई लिएर तनाव उत्पन्न भएको छ । जिल्लाको पञ्चदेव विनायक नगरपालिका–४ कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेपछि तनाव उत्पन्न भएको छ। जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेपछि तनाव उत्पन्न भएको हो। स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको ठाउँमा युवक मृत फेला परेपछि तनाव सृजना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अहिले एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएपछि विनायक क्षेत्रमा तनावग्रस्त अवस्था सिर्जना भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । प्रदर्शनकारीले प्रहरीको गाडी र इलाका प्रहरी कार्यालय…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा ३८ थान नक्कली नोटसहित ३ जना पक्राउ परेका छन्। उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेहरूमा उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, वडा नम्बर ८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र वडा नम्बर २ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१४ की २७ वर्षीया रितु चौधरी रहेका छन्। शुक्रबार राति हाटबजार सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली…

Read More

कैलाली- टीकापुरमा कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन । नेपाल सरकारको पाठ्यक्रम प्रारुप २०७६ अनुसार यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा पाठ्यपुस्तक परिवर्तन भएको हो । विद्यार्थीले नयाँ पाठ्यपुस्तक पढ्न पाउनुपर्ने भए पनि अझै हातमा पुस्तक नपुगेको विद्यार्थी वसन्त विकको गुनासो छ । ुकिताब छैन, किताब नभएकाले विद्यालयमा नियमित पढाइ हुन सकेको छैनु, विकले भने ुकिताब नै नभए कसरी पढ्नु ? विद्यालयमा गए पनि किताब छैन भन्दै शिक्षकले पनि पढाउँदैनन् । गएका…

Read More

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकारले स्वास्थ्योपचारमा नभइनहुने अत्यावश्यक मानिएको रगतको मूल्य  रु.५२५ प्रतियूनिटबाट बढाएर मूल्य रु.१,६४० पुर्याएकोमा विरोध प्रदर्शन गर्दै तत्काल  फिर्ता गर्न माग गरिएको छ । बढाइएको मूल्य फिर्ता लिएर पहिलेकै मूल्य कायम गर्न तथा बिपन्न बर्गका जन समुदायलाई आवश्यक सम्पूर्ण रगत नि:शुल्क उपलब्ध गराउन जोडदार माग गरेकाे छ । एक बक्तब्य प्रकाशित गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षा लाेकनारायण सुबेदीले भनेकाे छ – ब्लोदान जास्ता स्वयंसेवी रक्तदाता संस्थाहरु मार्फत स्वयंसेवी रक्तदातारुले दान दिएको रगत यसरी सरकारले केही करोड रुपैयाको ब्लड ब्याग, ट्रान्स्फ्यूजन सेट लगायतका उपकरणहरुमा अनुदान दिएर नि:शुल्क प्राप्त रगत आवश्यक परेका बिमारीलाई नि:शुल्क उपलब्ध गराउन पर्नेमा सबैतिर…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गरेका छन् । सरकारले साउदी अरबको मक्का मदिनामा हज गर्ने जाने हजयात्रीका लागि विगतभन्दा दोब्बर शुल्क तोकेको छ । संगठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वको टोलीले शनिबार मन्त्री खाँणलाई भेटी हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको सङ्गठनका सचिव हलिम साहले जानकारी दिए । यही जेठ १५ गते नेपाल हज कमिटीले सूचना जारी गर्दै मक्कामदिना जानका लागि हजयात्रीबाट रु चार लाख ६६ हजार ३९२ तोकिएकामा २०७६ सालमा रु दुई लाख २५ हजार शुल्क तोकिएको जनाएको छ । सङ्गठनका सचिव…

Read More

रोल्पा – गत जेठ ४ गते रोल्पा कारागारमा एक कैदीबन्दीको आत्महत्याका विषयमा सरकारी तथा गैरसरकारी निकायहरूले स्थलगत अनुसन्धान सुरु गरेका छन् । सुर्खेत घर भई रोल्पा कारागारमा रहेका भनिएका विजयविक्रम शाहका नाममा कैद भुक्तान गरेका बाँके नेपालगन्ज उपमहानगरपालिका-२ घरबारी टोलका सुन्दर हरिजनले उक्त कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका थिए । घटनापछि मात्रै एक व्यक्तिको नामको कैद अर्को व्यक्तिले भुक्तान गरेको रहस्य खुलेको थियो । सो घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारको मन्त्री स्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाइको नेतृत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी एक समिति गठन गरिएको छ । समितिका सदस्यहरू शनिवार रोल्पा आउने कार्यक्रम छ । यसअघि…

Read More