Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको छ । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका छन् । खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएन । विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको थियो । फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी गरेका थिए । खराब मौसमका कारण दुवै हेलिकप्टरलाई पूर्ण क्षमतामा परिचालन गर्न नसकिएको सुरक्षा अधिकारीहरू बताएका छन् । नेपाली सेनाका अनुसार मानापाथी हिमालको…

Read More

कैलाली- सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा प्रस्तुत गरेको बजेटमा चालु खर्च सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड विनियोजन भएको छ । प्रस्तुत बजेटमा सुदूरपश्चिम प्रदेशका थुप्रै योजनाहरु समेटिएका छन् । जसमध्ये प्रदेशकै लागि महत्वपूर्ण योजना गेटा मेडिकल कलेजलाई आर्थिक वर्ष २०७९÷८० भित्रै सञ्चालन गर्ने भनिएको छ । यद्यपि यसमा बजेट भने तोकिएको छैन । सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई समेत गेटा मेडिकल…

Read More

कैलाली- कैलालीको गोदावरी नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । नगरपालिकाको कार्यापालिकाका लागि सदस्य छनोट गरिसकेपछि कार्यपालिकाले पूर्णता पाएको हो । नयाँ जनप्रतिनिधि चुनिएको १५ दिनभित्र नै आफूहरुमध्येबाट निर्वाचित महिला सदस्य र दलित तथा अल्पसंख्यक समुदायबाट छुट्टै सदस्य छनोट गर्नुपर्ने प्रावधान अनुसार ५ जना महिला सदस्य र ३ जना दलित सदस्य छनोट गरिएपछि नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोदावरीका ५ महिला सदस्य र ३ दलित सदस्य निर्विरोध चयन भएका छन् । नगरपालिकाको दलित वा अल्पसंख्यक सदस्य पदमा ३ जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । निर्विरोध निर्वाचित हुने तिनै जना नेपाली कांग्रेसका…

Read More

काठमाडौं- आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान अझै भेटिएको छैन । उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीन अटर विमान नभेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका कारण हालसम्म स्थिति अज्ञात छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य आइतबारका लागि स्थगित गरिएको छ । खोजीकार्य सोमबार बिहानैबाट स्थल तथा हवाई दुवै मार्गबाट पुनः सुरु हुने उनले बताए । उनका अनुसार सेनाको खोजी तथा उद्दार टोली अहिले जोमसोम फर्किएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार…

Read More

दार्चुला- गणतन्त्र दिवसको अवसरमा आइतबार दार्चुलामा विविध कार्यक्रम गरिएको छ । नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउन थालिएको छ । सोही दिवसको अवसरमा दार्चुला जिल्लाभरी विविध कार्यक्रम गरिएको हो । जिल्ला सदरमुकाम खलंगमा आयोजित एक कार्यक्रममा सहभागि वक्ताहरुले गणतन्त्रपश्चात नागरिकले राज्य भएको अनुभूत गरेको बताएका छन् । देशमा गणतन्त्र घोषणा भएको १४ वर्ष पुग्दासम्म नागरिकले थोरै भएपनि राज्य भएको अनुभूति हुन थालेको महाकाली नगरपालिका ३ का ७० वर्षीय बृद्ध अमरसिह साँहुले बताउनुभयो । उहाँले पञ्चायती बहुदल भन्दा गणतन्त्र जनताको लागि राम्रो भएको बताउनुभयो । उहाँले अहिले थोरै भ्रष्टचार बढेको…

Read More

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ। सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए। सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताए। उनका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ। परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ। विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै…

Read More

दार्चुला- जिल्ला कारागार दार्चुलाका कैदीबन्दीको लागि एक महिने सिलाइ कटाई तालिम सुरु भएको छ । कैदीबन्दीको सीप विकासको लागि सिलाई कटाइ तालिम सुरु गरिएको जिल्ला कारागार दार्चुलाले जनाएको छ । कारागार दार्चुलाका निमित्त जेलर रामराज पन्तका अनुसार कारागारभित्र रहेका ७५ जना कैदीबन्दीलाई उनीहरुको सीप विकासमा टेवा पुर्याउन एक महिने तालिम सञ्चालन गरिएको हो । सिलाई कटाइ तालिमको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उद्घाटन गर्नुभएको थियो । कारागारको कैदी जीवन सकेपछि घर फर्किदा पनि व्यवसाय सञ्चालन गर्न सजिलो होस् भन्नको लागि सिलाई कटाई तालिम सञ्चालन गरिएको जिल्ला कारागार दार्चुलाका निमित्त पन्तले बताए । खाली समयमा सीप सिक्दा उनीहरूको बाँकी जीवनलाई सघाउ…

Read More

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ । यस आवमा सरकारले स्रोत जुटाउन राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका…

Read More

काठमाडौं- सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ ।आर्थिक वर्ष २०७९८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले साउन एक गतेदेखि लागु हुने गरी मासिक तलब बढाउने घोषणा गरेका हुन् । राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९ सय ७५ रुपैयाँ छ । राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ छ । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ छ । सचिव ९पेन्सन प्रयोजन० कर्मचारीको तलब ५४ हजार ५ सय ८२ रुपैयाँ छ । राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६ सय…

Read More

कैलाली- सरकारले कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजना र कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाका लागि पनि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट भाषणा गर्दै अर्थमन्त्री जनार्दन शर्माले यी दुई ठूला आयोजनाका लागि बजेट विनियोजन गरेको बताएका हुन् । उनले रानीजमारा सिँचाइ आयोजनाका लागि आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने उनले बताए । त्यस्तै कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Read More