Author: महेन्द्रनगर पोष्ट

धनगढी – कैलालीको पहाडी क्षेत्रमा अवस्थित चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । कैलाली जिल्ला अदालतमा बुधबार आयोजित एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश जयानन्द परेरूले नवनिर्वाचित अध्यक्ष बोगटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भयो । बोगटी यसपटक कैलालीमा सपथ ग्रहण गर्ने पहिलो नवनिर्वाचित पालिका प्रमुख हुन् । उनले गाउँ पालिकामा गठबन्धनकातर्फबाट एकीकृत समाजवादीका लोकबहादुर सारुलाई २४ मतले पराजित गरेका थिए । बोगटी ३ हजार ३ सय ५ मत ल्याए भने सारुले ३ हजार २ सय ८१ मत प्राप्त गरेका थिए ।

Read More

बुटवल – स्थानिय तह निर्वाचन अघि रुपन्देहीको बुटवल उपमहानगरपालिकामा बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । वैशाख २८ मा बुटवलस्थित मिलन चोकमा वम विष्फोट गराउने ३ जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सुरेश खनाल उर्फ कमरेड नेपाल, फणिन्द्र गरतौला उर्फ राज र शुक्र कुमार श्रेष्ठ उर्फ अशोक रहेका छन् । उनीहरुलाई जेठ १ मा बुटवल उप–महानगरपालिका–१३ नयाँ गाउँ र सैनामैना नगरपालिका–१ बाट पक्राउ गरिएको एसपी रेग्मीले बताए। घटनास्थलमा नेकपा माओवादी केन्द्रीय समितीले चुनाव बहिष्कारबारे ‘कमरेड नेपाल’ले जारी गरेको विज्ञप्ती भेटिएको थियो । वैशाख २८ मा साँझ बुटवल उप–महानगरपालिका वडा नम्बर–९ मिलनचोक…

Read More

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाका मेयर नर सिह चैसिर लगायतको टोली निवार्चित भए लगतैे घरदैलो कार्यक्रममा गएका छन् । बुधबार नगरका विभिन्न वडामा घरदैलो गर्दै चैसिरको टोलीले आफ्नो पहिलो कार्यकाल संघर्षमै बितेकाले यस पटक जितेर जनताको सेवा गर्ने बताएका छन । नेकपा एमालेबाट मेयर पदमा जितेका नगर प्रमुख चैसिरको टोली अहिले नगरपालिकाका विभिन्न वडाबस्तीहरुमा पुग्न थालेको छ । नगरपालिकाका मेयर चैसिरले आफु निर्वाचित भए शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतको क्षेत्रमा विकास गर्ने बताएका छन ।उनले यस पटक दलित उम्मेदवार उठाएर दलितलाई समेत बढी अवसर दिन लागिएको बताएका हुन । गत बैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वार्चित भएका…

Read More

काठमाडौं –  ललितपुरको मतगणनास्थलमा बस्न गएका स्वतन्त्र उम्मेदवार बालेन साहलाई त्यहाँ बस्न निषेध गरिएको छ ।काठमाडौँ महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन आज (बुधबार)  एक स्वतन्त्र उम्मेदवारको प्रतिनिधिका रुपमा ललितपुरको मतगणनामा बस्न गएका थिए । त्यहाँ उनलाई निषेध गरिएको छ ।  त्यहाँ बस्न अनुमति नपाएपछि बालेन फर्किएका छन् । ललितपुर महानगरको मतगणना स्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरुसहित गएका थिए । त्यहाँ निर्वाचन आयोगका प्रतिनिधिहरुसँग कुरा गर्दा अर्को नगरको व्यक्तिले प्रतिनिधि बस्न नपाइने जानकारी उनले पाए । ललितपुरको वडा नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार बालेनका राजनीतिक गुरु हुन् ।…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक बसिरहेको छ । मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको छ । छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका छन् । नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औं अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी हुन थालेको हो ।

Read More

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयाेग भएकाे मिनी ट्रक दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन् । मतगणना स्थलबाट एमालेकाे विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटनामा परेको हो । मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । घटनाकाे यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर-१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।

Read More

सुर्खेत – रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको मतगणना सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामबमोजिम नगर प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रका पुष्प वादी र ईश्वरीकुमारी शर्मा विजयी भएका छन् । कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुखमा माओवादीका वादी ६ हजार ८८२ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए । उपप्रमुखमा माओवादीकी ईश्वरी शर्मा सात हजार दुई मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार टंकप्रसाद ओलीले पाँच हजार ७४४ मत प्राप्त गरेका छन् । १४ वटा वडा रहेको नगरपालिकामा ११ वटा वडाका वडाध्यक्ष पदमा माओवादी र तीन वडाका कांग्रेस विजयी भएकाे छ ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको स्वागत गरेका छन् । ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्‍यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नैपर्थ्यो । ढिलै भए पनि विवेकले काम गर्‍यो । राम्रो गर्‍यो,’ उनले लेखेका छन् । एमालेले यसैगरी विवेक प्रयोग गरे वाम आन्दोलनको पनि हित हुने उनले बताएका छन् । देश, जनता र वाम आन्दोलनको हित सोच्न पनि उनको आग्रह छ । नेता श्रेष्ठ लेख्छन्, ‘एमालेले यसरी नै…

Read More

काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् । चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालमा पुगी महासचिव पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेपाली कांग्रेसका नेता जोशीले एमालेसँग तालमेल गरी कैंची चिह्न लिएर मेयरको उम्मेदवार बनेपछि उनी आक्रमणमा परेका थिए । महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य पार्वत गुरुङसमेत अस्पताल पुगेका थिए । आक्रमणबाट जोशीको टाउको र जीउमा चोट…

Read More

काठमाडौं – गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं. ७, बौधीमाई नगरपालिकाको वडा नं. १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं ३ र ६, यमुनामाई गाउँपालिकाको वडा नं. १ र २, देवानी गोनाही नगरपालिकाको वडा नं. २ तथा फतुवाविजयपुर नगरपालिकाको वडा नं. ७ मा मतदान जारी छ । यसैगरी बाराको पचरौता नगरपालिका वडा नं. २ र ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा नं. २ र तनहुँको व्यास नगरपालिकाको वडा ४ मा मतदान जारी रहेको बताइएको छ ।

Read More