Author: महेन्द्रनगर पोष्ट

दार्चुला- यार्सागुम्बा संकलनको समय भएको कारण अहिले दार्चुलाका उच्च भूगोलका गाउँहरु रित्तिन थालेका छन् । गत वैशाख दोस्रो साताबाटै स्थानीय यार्सागुम्बा संकलनमा लेकतिर हिँडेपछि गाउँ रित्तिन थालेका हुन् । अहिले गाउँमा मान्छे भेट्टाउनै मुस्किल हुन थालेको छ । ‘सबै यार्सागुम्बा संकलनमा हिँडेपछि गाउँ सुनसान जस्तै छ,’ व्याँस गाउँपालिका २ मालका दानसिंह कार्कीले भन्नुभयो । स्थानीय यार्सागुम्बा खोज्न दुधिवन लगायतका पाटनमा संकलहरु गएका छन् । यो पटक स्थानीय लेक खुल्न अगावै यार्सागुम्बा खोज्न हिडेका छन् । अपिहिमालका स्थानीय हरिश कार्कीका अनुसार स्थानीय वैशाखदेखि यार्सागुम्बा संकलन गरिरहेका छन् । भोट हाल्नको लागि मात्रै स्थानीय गाउँ फर्किएका थिए । भोट हाल्ने वित्तिकै स्थानीय…

Read More

अछाम- जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसले ललित कुँवरलाई उम्मेदवार बनाएको छ। कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर र प्रदेश महामन्त्री मेघराज खड्काले जिल्लाबाट सिफारिस भएका कुँवरलाई उम्मेदवार बनाएका हुन्। उनी जिल्लामा कांग्रेसका पुराना नेता र किसान संघका जिल्ला अध्यक्ष पनि हुन्। यस्तै कांग्रेसबाटै जिल्ला समन्वय समितिको उपप्रमुखमा दानमती बम शाही उम्मेदवार बनकी छन्। अछाममा कांग्रेसको जिल्ला समन्वय समिति एकल बन्न सक्ने अवस्था छ। १० स्थानीय तह रहेको अछाममा कांग्रेस एक्लैको ११ मत छ। यस कारण पनि जिल्ला समन्वय समितिको प्रमुख–उपप्रमुख कांग्रेसकै बन्ने पक्का छ। कांग्रेसले अछाममा सात पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख जितेको छ।

Read More

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका १२२ स्थानीय तहमा पार्टीले प्राप्त गरेको जितले माओवादीलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रूपमा स्थापित गरेको दाबी गरेका छन् । उनका अनुसार माओवादी पार्टी निर्वाचनबाट प्रभावशाली बनेको छ । ‘हामी १२२ (स्थानीय तह) मा छौं । १२२ त्यस्तो १२२ हो, जो राजनीतिलाई प्रभावित पार्न सक्ने, देशलाई कता मोड्ने हो त्यतै मोड्नसक्ने तागतसहितको तेस्रो छौं हामी’, प्रचण्डले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा बुधबार भने । उनले अलिक मिहेनत गर्न समय भएको भए र २०७४ सालमा मधेस र पहाडमा जितेका स्थानीय हार्ने स्थिति नभएको भए माओवादी दोस्रो दल हुने पनि बताए ।पार्टी नेतृत्वको तहबाट आफूले पार्टीलाई दोस्रो दल बनाउन चाहेको उनको भनाइ छ । तर,…

Read More

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन् गरिरहेका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। मंगलबार राति साढे १० बजे कालीगण्डकी किनारमा ढुङ्गा बालुवा उत्खनन् गरिरहेका ध १ त ३५५, ध १ त २३७ र ध १ त ४५८ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए। नियन्त्रणमा लिएको ट्याक्टर चालकलाई प्रहरीले बागलुङ नगरपालिकामा बुझाएको थियो। नगरपालिकाले ढुङ्गा बालुवा जफत गरेको छ। उनीहरुलाई ५/५ हजार जरिवाना गरिएको रानाको भनाई छ।

Read More

काठमाडौं – होटल संघ नेपाल (हान) ले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ । हानले बुधबार एक कार्यक्रम गरी एक पटक मात्र प्रयोग हुने प्लास्टिक (सिङ्गल युज प्लास्टिक) हटाउने अभियान प्रारम्भ गरेको हो । अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक चप्पल, प्याकिङ प्लास्टिकसहित होटलका कोठामा प्रयोग हुने प्लास्टिक जन्य सामाग्रीको प्रयोग पनि बन्द गर्नेछन् । हानका अनुसार यो अभियान ठूला होटलबाट प्रारम्भ भएको छ र क्रमश सबै होटलमा कार्यान्वयन हुनेछ । हानकी अध्यक्ष सिर्जना राणाले संसारभरका होटलमा प्लास्टिक मुक्त कोठाको माग बढिरहेकाले नेपालमा पनि यो प्रयास थालेको बताइन्…

Read More

काठमाडौं – सेल्टर आश्रय नेपालले केन्द्रीय कारागारमा रहेका कैदी बन्दीलाई फुटबल प्रशिक्षण दिने भएको छ । सेल्टर आश्रय नेपालले अखिल नेपाल फुटबल संघ एन्फा र एशियाली फुटबल महासंघ फुटबल एएफसीको सहयोगमा ४८ कैदीबन्दीलाई फुटबल खेलाडीको प्रशिक्षण तथा समान ३२ जनालाई प्रशिक्षक र रेफ्री प्रशिक्षण दिने छ । महिला सेलमा रहेका कैदी बन्दीले मात्र रेफ्री तालिम पाउने छन् । यस सम्बन्धी सम्झौतामा सेल्टर आश्रय र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ । सम्झौता समारोहमा सेल्टर आश्रयकी अध्यक्ष खुस्बु ओलीले जेल सजाय भुक्तान गरेका कैदीबन्दी पुन गलत बाटोमा नजाउनु र उनीहरुमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउन प्रशिक्षण दिन…

Read More

काठमाडौं – नेकपा एमालेका सांसद लालबाबु पण्डितले सरकारले ल्याएको बजेटमा हावादारी कार्यक्रम समावेश भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा संसद्को बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले कर्मचारीको तलब बढेको तर मजदुरको ज्याला कहिले बढ्ने भन्दै प्रश्न गरे । उनले बजेटले ठुला उद्योगलाई राहत दिएर साना उद्योगलाई मार्ने नीति लिएको आरोप लगाए । छलफलमा बोल्दै उनले काठमाडौँबाट चितवन १ घण्टामा पुग्ने तथा सगरमाथा फेदीमा २ घण्टामा पुग्ने कस्तो महत्त्वाकाङ्क्षी योजना हो भन्दै प्रश्न गरे । उनको प्रश्न गरे, ‘काठमाडौँबाट चितवन १ घण्टामा पुगिन्छ रे । के हेलिकोप्टरबाट झुन्डिएर जानुहुन्छ ? सगरमाथाको फेदमा पनि २ घण्टामा पुग्ने रे । त्यहाँ पनि हेलिकोप्टरमा…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा सुरु भएको छ । स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै सङ्घीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो । बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भने बैठकस्थलमा पुगेका छैनन् । पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले चन्द बैठकमा सहभागी हुने बताए । स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो ।

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले मधेस प्रदेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न पनि अर्थमन्त्री जनार्दन शर्मालाई दबाब दिए । सांसद यादवले मधेस प्रदेशलाई दिइने अनुदानसमेत गठबन्धन सरकारले घटाएर संघीयतामाथि नै धावा बोल्ने काम गरेको आरोपसमेत लगाए । उनले भने, ‘यो बजेटमा मधेस प्रदेश पूर्ण रूपमा ठगिएको छ भन्ने महसुस गरिएको छ । हुलाकी…

Read More

काठमाडौं – सांसद हृदयेश त्रिपाठीले वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्नेखालको रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले जुन वित्तीय अनुशासन वा वित्तीय प्रणाली अपनाइरहेका छौँ, त्यो दूरगामी ढंगले नेपाली अर्थतन्त्रलाई ध्वस्त पार्ने एउटा अवस्था सृजना गराइसकेको छ । यसकारण रेकर्ड गराउन चहान्छु कि एक वर्षपछि यहाँका अर्थशास्त्री र सरकारी संयन्त्र सुधार्ने लाग्नुपर्छ ।’ राजश्व संकलनको स्रोत सुनिश्चित नभएको भन्दै उनले देशको कर प्रणाली आयातमुखी रहेको र यसलाई घटाउदा राजश्व घट्ने हुँदा वैकल्पिक बाटो नलिएको बताए ।

Read More