Author: महेन्द्रनगर पोष्ट

कैलाली- राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार सुदूरपश्चिम आउने भएकी छिन्। उनी बुधबार बाजुरा जाने भएकी हुन्। राष्ट्रपति भण्डारी बाजुरा जाने कार्यक्रमअनुसार आज सुर्खेत पुगेकी बताइएको छ। उनी भोलि बाजुराको बडीमालिका जाने भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

Read More

दार्चुला- जिल्लाको दुहुँ गाउँपालिका भरीका सबै सामुदायिक विदालय र कार्यालयहरुमा विद्युतीय हाजिरी व्यवस्थापन गरिने भएको छ । मंगलबार बसेको दुहुँ गाउँकार्यपालिकाको बैठकले कर्मचारीको कामलाई प्रभावकारी बनाउन इहाजिरी व्यवस्थापन गरिन लागेको गाउँपालिकाले जनाएको छ । मंगलबार गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर बडालको अध्यक्षतामा बसेको बैठकले सुशासन कायम गर्न हरेक विद्यालय र गाउपालिकाअन्तर्गत कार्यालयमा विद्युती हाजिरीको व्यवस्थापन गरिने अध्यक्ष बडालले जानकारी दिनुभयो । यस्तै आजकै बैठकले गाउँपालिका भरी संञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १० सम्मकुनै पनि विषयमा शुल्क नलिन पालिकाभरीका विद्यालयहरुलाई जानकारी गराउने निर्णय समेत गरेको पालिका अध्यक्ष बडालले जानकारी दिनु भएको छ । गाउँपालिकामा रिक्त रहेका पदहरुमा लोकसेवाबाट…

Read More

बझाङ- बझाङका एक बालक बेपत्ता भएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलासका मधेश शाहीका ९ वर्षीय छोरा धरेन्द्र शाही ४ दिनदेखि बेपत्ता भएका हुन्। उनी मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट गत जेठ १४ गते शनिबार बेपत्ता भएका बताइएको छ। धरेन्द्र आफ्ना ठूलाबुवा शेरबहादुर शाहीसँग गोठालो गएका बताइएको छ। भैँसी फर्काउन करिब २० मिनेट टाढा गएका शेरबहादुर फर्कने बेला धरेन्द्र त्यहाँ नभेटिएको उनकी फुपू विर्सना शाहीले बताइन्। उनी हराएको प्रहरीमा खबर गरिएपछि स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए। कहीँ कसैलै देखे वा भेटे नजिकैको प्रहरीचौकीमा बुझाइदिन समेत धरेन्द्रका आफन्तले आग्रह…

Read More

बैतडी- बैतडीमा ३ महिना अगाडि बलात्कृत भएकी भनिएकी किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पाइएको छ। जिल्लाको मेलौली नगरपालिकी १६ वर्षीया ती किशोरीको स्वास्थ्य जाँच गर्दा उक्त कुरा खुलेको हो। किशोरीले आफूमाथि गत फागुनमा जबरजस्ती करणी भएको भन्दै जेठ १४ गते जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गाउँकै भदु नाता पर्ने २२ वर्षीय अशोकले किशोरीमाथि जबरजस्तीकरणी गरेको थियो । तर स्वास्थ्य परीक्षणमा भने किशोरीको पेटमा ८ महिनाको शिशु रहेको पाइएको छ। किशोरी गर्भवती भएको परिवारले ढिला थाहा पाएपछि प्रहरीलाई खबर गरेको थियो। तर पीडित किशोरीले भने आफुमाथि असोजमा नै जबरजस्ती भएको बताएकी छन्…

Read More

तेहरान – इरानको राजधानी तेहरानमा एक भवन भत्कँदा त्यसमा परेर ज्यान गुमाउने व्यक्तिको संख्या ३४ पुगेको छ । साथै भत्किएको भवनमा उद्धारकार्य जारी रहेको मङ्गलबार बताइएको छ । अब्दान सहरको व्यस्त सडकमा निर्माणाधीन १० तले भवन भत्किएको जनाइएको छ । मंगलवार बिहान अर्को चार शव फेला परेपछि मृत्यु हुनेको कुल संख्या ३४ पुगेको राज्यद्वारा सञ्चालित समाचार एजेन्सी इर्नाले सहरका गभर्नर एहसान अब्बासपुरलाई उद्धृत गर्दै जनाएको छ । गत आइतवार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका थिए । सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । सहरकोबीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरिएको…

Read More

बाँके – बाँकेको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छिन् । बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । नम्बर नखुलेको स्कुल बसले आज बिहान १० बजे बालिकालाई ठक्कर दिएको थियो । बस सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रियसभाका सांसदहरुले बजेट समय सान्दर्भिक रहेकाले यसको कार्यान्वयनमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले पुँजिगत खर्च बढाएर बजेटलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । नेपाली कांगे्रसका सांसद अनिता देवकोटाले महिला, बालवालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, कृषि, उत्पादन, रोजगारी, आन्तरिक उत्पादनको क्षेत्रलाई प्राथमिकता साथ बजेटमा समावेश गरिनु सकारात्मक भएको टिप्पणी गर्दै कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले पूँजीगत खर्च कम भएका कारण पनि आर्थिक विकास हुन नसकेको भन्दै यसलाई बढाउनुपर्नेमा जोड दिनुभयो । नेकपा (एकीकृत समाजवादी) का सांसद…

Read More

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटना पश्चात् अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ । आइतबार विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले उडान सुरक्षालाई मध्यनजर गरी यो निर्णय गरेको हो । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुनेछ । अहिले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा भएको निश्चित भए पछि जहाजहरुलाई उडानको अनुमति दिने गरिएको छ । पछिल्लो निर्णयपछि अब जहाज उड्ने रुटको मौसम समेत सफा रहेको निश्चित…

Read More

महेन्द्रनगर – राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन् । राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेले जानकारी दिए । भण्डारी बाजुराको बडिमालिका जाने कार्यक्रम रहेको बताइएको छ । भण्डारीले बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने पाण्डेले जानकारी दिए । उनका अनुसार भण्डारी नेपाली सेनाको पश्चिम कमाण्डमा अनौपचारिक छलफल गर्ने छिन् । उनका अनुसार भण्डारीको औपचारिक कार्यक्रम छैन ।

Read More

काठमाडौं – एमालेका सांसद योगेश भट्टराईले शान्तिपूर्वक बजेट प्रस्तुत हुनुले संविधान र लोकतन्त्र परिपक्व हुँदै गएको संकेत भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति व्यंग्य गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै भट्टराईले बजेटका प्राथमिकतामा पनि प्रश्न उठाएका थिए । अर्थमन्त्री शर्मालाई २०६७ सालको घटना स्मरण गराउनका लागि भट्टराईले ब्रिफकेस तोडफोड नभएको र कुर्सी नभाँचिएको बताएका हुन् । ‘अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट लगाएर बजेट वाचन गरिरहँदा महत्त्वपूर्ण उपलब्धि महसुस गरेको छु । त्यो के हो भने यसपटक अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा बजेट ब्रिफकेस तोडफोड भएन, सांसद बस्ने कुर्सी भाँचिएन, संसद्का माइक भाँचिएनन्,’ उनले भने, ‘संवैधानिक प्रक्रिया, लोकतन्त्र परिपक्व हुँदै…

Read More