बैतडी– बैतडीमा ३ महिना अगाडि बलात्कृत भएकी भनिएकी किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पाइएको छ। जिल्लाको मेलौली नगरपालिकी १६ वर्षीया ती किशोरीको स्वास्थ्य जाँच गर्दा उक्त कुरा खुलेको हो।
किशोरीले आफूमाथि गत फागुनमा जबरजस्ती करणी भएको भन्दै जेठ १४ गते जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गाउँकै भदु नाता पर्ने २२ वर्षीय अशोकले किशोरीमाथि जबरजस्तीकरणी गरेको थियो । तर स्वास्थ्य परीक्षणमा भने किशोरीको पेटमा ८ महिनाको शिशु रहेको पाइएको छ। किशोरी गर्भवती भएको परिवारले ढिला थाहा पाएपछि प्रहरीलाई खबर गरेको थियो।
तर पीडित किशोरीले भने आफुमाथि असोजमा नै जबरजस्ती भएको बताएकी छन् । अन्तमा फागुनको महिना जबरजस्ती गरेको उनले बताइन्। उनले पीडकले दिएको धम्कीको डरले फागुनमा नै जबरजस्ती गरेको भनेर घरमा बताएको बताइन्।
उनलाई अहिले माइती नेपाल धनगढीमा राखिएको छ। आरोपित चन्द भने फरार छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले पनि जाहेरी र स्वास्थ्य रिपोर्ट फरक रहेको बताए। आरोपित फरारको खोजी भइरहेको र यो घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।