काठमाडौं: राजस्व संकलनमा गडबडी गरेको गुनासोपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मोरङ, बाँके, धनुषा, र बाराका प्रमुखसहित १५ अधिकारीलाई हेडक्वाटर झिकाएर कडा चेतावनी दिएको छ। उनीहरूलाई सुधारको मौका दिँदै पुनः सम्बन्धित बाहिनीपतिको जिम्मामा फिर्ता गरिएको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार मोरङका एसपी विश्व खड्का, बाँकेका एसपी बिमल डाँगी, धनुषाका एसपी दर्शन गिरी, र बाराका एसपी सन्तोष बहादुर सिंहलाई प्रधान कार्यालयले झिकाएको थियो। बाराका प्रमुख विदामा भएकाले त्यहाँबाट डीएसपी र इन्स्पेक्टर उपस्थित भएका थिए। यस क्रममा राजस्व संकलनमा कमीको कारण पत्ता लगाउन बारम्बार छलफल गरिएको थियो। अन्ततः १५ दिनभित्र सुधार गर्न निर्देशन दिँदै उनीहरूलाई फिर्ता पठाइएको प्रवक्ता न्यौपानेले…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’का प्रहरी हौँ भन्दै लुटपाट गरेको आरोपमा तीनना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट घर भएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक घर भएकी ३२ वर्षीया मिनसाङ लामा उर्फ अनिता र काभ्रेको तेमाल घर भएका २२ वर्षीय लाल बहादुर तामाङ छन्। उनीहरुमाथि ‘सीआईबीका प्रहरी हौँ’ भनेर एकजना महिलालाई भक्तपुरमा नियन्त्रणमा लिएर लुटपाट गरेको आरोप छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपीहरुको साथबाट ३४६.०१० ग्राम लिक्विड सुन बरामद गरिएको छ। पक्राउ परेका सुजन नेपाली पूर्व प्रहरी जवान रहेको खुलेको छ। उनी ४ महिनाअघि प्रहरी वृत्त महराजगञ्जबाट बर्खास्तीमा परेको बताइएको छ। पुस १४ मा दुबईबाट आएकी एकजना महिलालाई गठ्ठाघरमा…
काठमाडौं: गृह मन्त्रालयले सोमबार सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ। मन्त्रालयको निर्णयअनुसार काठमाडौंसहित सात जिल्लाका सिडिओ समेटिएका छन्। धर्मेन्द्र मिश्रलाई कैलालीबाट सुनसरी सरुवा गरिएको छ भने गोगनबहादुर हमाललाई कैलालीको सिडिओको जिम्मेवारी दिइएको छ। त्यस्तै, काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ। अन्य जिल्लामा तुलसी बहादुर श्रेष्ठलाई सर्लाही, इन्द्रदेव यादवलाई मोरङ, गोपाल कुमार अधिकारीलाई झापा, र शावित्रा पुनलाई सल्यानको सिडिओ तोकिएको छ। गृह मन्त्रालयका अनुसार यो सरुवा प्रशासनिक सुधार र जिल्लाहरूमा शान्ति सुरक्षाको सुदृढीकरणका लागि गरिएको हो। सरुवापछि सम्बन्धित सिडिओहरूले चाँडै आफ्नो कार्यक्षेत्र सम्हाल्ने गृह मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौं: प्रहरीको ‘इन्स्पेक्टर हुँ’ भनेर ठगीको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित थापाचोक घर भएका ३८ वर्षीय सुदीप थापा रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार थापालाई थापाचोकबाटै पक्राउ गरिएको हो। आरोपीले इन्स्पेक्टरको युनिफर्म लगाएको फोटो देखाएर प्रलोभनमा पारेर ठग्ने गरेको आरोप छ। उनले क्यानडा र अष्ट्रेलिया पठाउँछु भनेर ठग्ने गरेको आरोप छ। अनुसन्धान कार्यमा खटिएको प्रहरी टोलीका अनुसार आफूलाई इन्स्पेक्टर बताउने थापाले दज्र्यानी चिह्न नै उल्टो लगाएका थिए। सोही दज्र्यानी चिह्नले उनी नक्कली इन्स्पेक्टर भएको पुष्टि भएको थियो। पीडितले उजुरी दिएको एक हप्ताभित्र नै प्रहरीले थापालाई पक्राउ गर्न सफल भएको हो। नक्कली इन्स्पेक्टर…
धनगढी: कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक किशोरी गम्भीर घाइते भएकी छिन्। आज(सोमबार) बिहान साढे १० बजे धनगढीको बोराडाडीमा म २ प ७४२५ नम्बरको मोटरसाइकलको ठक्करबाट धनगढी–३ चटकपुर बस्ने १६ वर्षीया दिपीका बोहरा घाइते भएकी हुन्। बैतडीकाे पाटनका २१ वर्षीय चक्र सार्कीले चलाएको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी बोहरालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा परेकी बोहराको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई उपचारका लागि मायामेट्रो अस्पताल धनगढीमा लगिएको छ। मोटरसाइकल चालक सार्की नेपाल प्रहरीका जवान हुन्। उनी दिपायलमा कार्यरत छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनगढीः सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। आजदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो। काठमाण्डौं–चिसापानीको भाडा २ हजार ९ रुपैयाँबाट बढाएर २ हजार ४ सय ११ रुपैयाँ पुगाइएको छ। काठमाण्डौं–धनगढी–सिलगढी–साँफेबगरको भाडा तीन हजार चार सय २१ रुपैयाबाट बढाएर चार हजार एक सय ५ रुपैयाँ पुगाइएको छ। यस्तै काठमाण्डौं–महेन्द्रनगरसम्मको भाडा २ हजार चार सय ३२ रुपैयाँबाट बढाएर २ हजार ९ सय १९ पुगाइएको छ। काठमाण्डौंदेखि अत्तरिया हुँदै डडेल्धुराको भाडा २ हजार ८ सय ४२ बाट बढाएर तीन हजार ४ सय ११ रुपैयाँ पुगाइएको छ। यस्तै काठमाण्डौं–अत्तरिया–डडेल्धुरा हुँदै बैतडीसम्मको भाडा तीन हजार २…
बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकामा एक गर्भवती महिलाको बीच बाटोमै मृत्यु भएको छ। अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया सविता बोहराको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। गर्भावस्थामा रहेको सवितालाई तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्था भए पनि समयमै स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा बाटोमै बच्चा जन्मिएको थियो। बच्चा जन्मिएको केही समयमै आमा र शिशु दुवैको मृत्यु भएको वडाअध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिएका छन्। घटनाको जानकारी पाउनेबित्तिकै गाउँपालिकाबाट एम्बुलेन्स पठाइएको भए पनि आमा र बच्चालाई बचाउन नसकिएको बताइएको छ। यो घटना दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अभाव र समयमै उपचार नपाउँदा आउने समस्याको ज्वलन्त उदाहरण बनेको छ। स्वास्थ्य सेवा सुधारको…
धनगढी: बैतडीको सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले ‘सी लिड्स आइकन अवार्ड’ पाएकी छन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे। आइकनका लागि देशभरिबाट १४० जना आवेदकमध्ये २७ जना महिला जनप्रतिनिधि प्रतिस्पर्धामा छानिएका थिए। स्थानीय तहमा प्रभावकारी काम गर्ने २७ जना महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन’ सम्मान र तीमध्ये उत्कृष्ट तीन जना महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन अवार्ड’ प्रदान गरिएको हो। उपाध्यक्ष धामीले आइकन अवार्डले सामाजिक काम गर्ने थप हौसला बढेको र आफूलाई सामाजिक तथा राजनीतिक कार्यमा शसक्त भएर लाग्न थप प्रेरणा मिलेको बताइन्। नेपाली महिला जनप्रतिनिधिका सुकर्मलाई प्रवर्धन गर्ने उद्देश्यले कल्प एम्पावर वेमेन नेपालले सो कार्यक्रम आयोजना गरेको थियो।
धनगढी: नेकपा एमालेका पार्टी सचिव समेत रहेका लेखराज भट्टको निर्वाचन क्षेत्र समेत रहेको कैलालीको गोदावरी नगरपालिका–२ मा ४६ जना संगठित सदस्यले नेकपा (एमाले) परित्याग गरेका छन्। नगर कमिटी सदस्यसहितका कार्यकर्ताले पार्टीभित्र पटकपटक अपमानित हुनुपरेको, गुटबन्दीले पार्टी गतिविधिमा अवरोध पुर्याएको, र पूर्व माओवादी पृष्ठभूमिका कार्यकर्तालाई निरन्तर अपहेलना गरिएको भन्दै सामूहिक रूपमा राजीनामा दिएका हुन्। सामूहिक राजीनामा पत्रमा लेखिएको छ, “तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि पनि हामी एमालेमै बसेका थियौं। तर, एमालेभित्र माओवादी पृष्ठभूमिका कार्यकर्तालाई बारम्बार अपमानित गरिनुका साथै महासचिव शंकर पोखरेललगायत नेताहरूले जनयुद्धका उपलब्धिहरूमाथि निरन्तर प्रहार गरेपछि यहाँ बसिरहन असहज भयो।” उनीहरूले माओवादीले…
बैतडी: बैतडीका एक युवकको भारतमा बालुवाखानीमा च्यापिएर मृत्यु भएको छ। भारतको पिथौरागढमा काम गर्दै आएका सिगास गाउँपालिका–४ तल्लाऐनीका अन्दाजी २५ वर्षीय टेकसिंह साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको वडा अध्यक्ष हरिसिंह बोहराले बताए। वडाध्यक्ष बोहराका अनुसार घटनाका विषयमा विस्तृत जानकारी भने आएको छैन। मृतक साउँद दुई महिना पहिलामात्रै पिथौरागढ गएका थिए। उनका श्रीमती र दुई छोराछोरी छन्।