Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा सोमबार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना७ख ५७४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको से३प ९५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–५ का ३१ वर्षीय रोशन सिंह र डोटीका ३० वर्षीय टेक खड्का घाइते भएका छन् । सिंहलाई स्थानीय बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। त्यस्तै खड्कालाई धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको छ। दुवैको अवस्था गम्भीर रहेको बताइएको छ। बस चालक दैलेखको गुराँस गाउँपालिका–४ का २६ वर्षीय आकाश खड्कालाई नियन्त्रणमा लिइएको…

Read More

बाजुरा- बाजुरामा पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ । सोमबार अखिल नेपाल महिला संघ बाजुराले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै जिल्ला प्रसाशन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने भन्दै मूल्य घटाउन माग गरिएको अखिल नेपाल महिला संघले जनाएको छ। वैशाख ३० गतेको स्थानीय तह निर्वाचन सम्पन्न भएलगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोमा अखिल नेपाल महिला संघ बाजुराले घोर निन्दा र आपत्ती जनाएको ज्ञापन पत्रमा उल्लेख छ।

Read More

काठमाडौं- प्रतिनिधि सभाको बैठकमा आज (मंगलबार)देखि बजेटमाथि सैद्धान्तिक छलफल शुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको बजेटमाथि आज बिहान ११ बजे बस्ने बैठकमा सैद्धान्तिक छलफल शुरु हुनेछ । बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।

Read More

काठमाडौं- १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्विनअटर विमान आइतबार बिहान ९ः ५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा–जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो। सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ। विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ। एकजना अझै हराइरहेको प्रहरीले बताएको छ। चट्टानमा ठोक्किएर खोंचमा विमान खसेकाले उद्धार…

Read More

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताएका हुन् । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो कार्यान्वयन गरिने मन्त्री शर्माले बताए । उनले भने, “पूर्वाधार कर बराबरको मूल्य समायोजन गर्ने अन्तिम चरणमा छौँ, यो आर्थिक वर्षमा पूर्वाधार करबापतको रकम समायोजन गर्ने र पछि पेट्रोलियम पदार्थको मूल्यको अवस्था हेरेर गर्छाैं ।” मूल्य समायोजन गर्ने भनिए पनि घटाउने वा कर छुट दिने भन्ने निर्णय भइसकेको छैन । आर्थिक विधेयक २०७९ मा भने हालकै शुल्क कायम गरिएको छ ।…

Read More

काठमाडौं- ज्येष्ठता मिचेर प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ। यसअघि सुस्मलता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गतेका लागि अन्तिम सुनुवाइको मिति तोकेकी थिइन्। सरकारले १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपीमा बढुवा गरेपछि अन्यायमा परेको भन्दै वरिष्ठता र ज्येष्ठतामा पहिलो नम्बरमा रहेका एआईजी पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। पोखरेलले अन्तरिम आदेश माग गरेपनि न्यायाधीश माथेमाले स्थानीय निर्वाचनमा प्रहरी संगठन प्रमुखविहीन हुँदा समस्या हुने तर चाँडै फैसला गर्न सकिने सरकारी पक्षको आग्रहलाई समर्थन गर्दै आदेश गरेकी…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावा हुरीसहित…

Read More

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन’ सम्पन्न भएको छ। विश्व कीर्तिमानी समाजको आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा (मे २९) आइतबार सगरमाथा आधार शिविरमा उक्त सम्मेलन सम्पन्न भएको हो। वर्तमान परिस्थितिमा जलवायु परिर्वतन र त्यसको असर न्यूनीकरणका सवालमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले अमेरिकी वातावरण वैज्ञानिकको सहभागितामा उक्त सम्मेलन सम्पन्न गरिएको विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्च राईले जानकारी दिए। सम्मेलनमा युनिभर्सिटी कोलोराडो अमेरिकाका वातावरण वैज्ञानिक जोन्ना लेम्बर्ट र कोलोराडो स्टेट युनिभर्सिटीका वैज्ञानिक जोयल बर्गरको सहभागिता रहेको थियो। उनीहरुले विश्वमा जलवायु परिर्वतनको वर्तमान अवस्था, प्रभाव र न्यूनीकरण विषयमा प्रतिवेदन पेश गरेका थिए। वातावरण वैज्ञानिकको सहभागितामा सगरमाथा आधार शिविरमा…

Read More

सप्तरी- सप्तरीमा आफ्नै भाउजुलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बोदे बर्साइन नगरपालिका १ धनगढी निवासी प्रमेश्वर साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले आफ्नै भाउजु राजकुमारीलाई २१ माघ २०७८ मा पेट्रोल छर्की आगो लगाएका थिए । आगोले शरीरको अधिकांश भाग जलेकी राजकुमारीको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो । घट्नापछि फरार रहेका प्रमेश्वरलाई आइतबार आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको सप्तरी प्रहरीले बताएको छ ।

Read More

कैलाली- जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जिल्लामा सवारीको गति मापन गर्ने ‘लिडर स्पिड गन’को प्रयोग गर्न सुरु गरेको छ । उक्त उपकरणबाट सवारी साधनको गति नियन्त्रण गर्न गर्न मद्दत गर्ने छ । सवारी साधन तिब्र गतिमा चलाउँदा हुने दुर्घटनाको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न लिडार स्पिड गनको प्रयोग गरिएको कैलालीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए । उनका अनुसार कैलाली जिल्लामा भएको सवारी दुर्घटनाको तथ्याङक, अवस्था तथा प्रकृतिलाई बिश्लेशण गर्दा तिब्र गतिका कारण दुर्घटना भई घाइते, मृत्यु तथा धनजनको क्षति अत्याधिक मात्रामा भएको पाइएको छ । मोहना अत्तरिया ६ लेन सडक खण्ड र कैलालीको पुर्व पश्चिम राजमार्ग सडक…

Read More