Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीको कैलारी गाँउपालिकाले पहिलो निर्णय सार्वजनिक गरेको छ । गाउँ कार्यपालकाको पहिलो बैठकले मालपोत कर ५० प्रतिशत छुट र नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार बसेको कार्यसमितिको पहिलो बैठकले मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने, नवजात शिशु जन्मेको ३५ दिन भित्र जन्मदर्ता गरेमा दुई पोका आयोडिन नून र तीन पिस साबुन दिने, गाउँपालिकाका कुनैपनि सुत्केरी महिलालाई कैलाली जिल्लाभित्र सुत्केरीको समयमा विरामी भएर बाहिर लैजानु परेका निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय पनि भएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बहादुर बमले जानकारी दिए । बैठकबाट…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगर क्षेत्रभित्र विद्युत् प्राधिकरणले अघोषित लोटसेडिङ गर्ने गरेको भन्दै नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेको छ । धनगढीमा विद्युत् कार्यालयले देखाइरहेको लापरबाही ग्राहक सेवाको नम्बर होल्डमा राख्नेलगातका समस्याको समाधानको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले धनगढी चौराहादेखि विद्युत कार्यालय धनगढी वितरण केन्द्र अगाडि, ‘दलाल प्राधिकरण मुर्दावाद, अन्धकारमा राख्न पाइँदैन, अघोषित लोटसेडिङ गर्न पाइँदैन, व्यापारीसँग साँटघाट गर्न पाइँदैनलगायतका नारा लगाएका थए । युवाहरुले अघोषित लोटसेडङ दोहोरिए कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

Read More

डडेल्धुरा- जिल्ला समन्वय समिति डडेल्धुराको निर्वाचन यहीँ जेठ २२ गते हुने भएको छ। जिसस निर्वाचन प्रक्रियाअनुसार डडेल्धुरामा बुधबार मतदाता नामावली प्रकाशन गरिएको छ। बिहीबार अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार २० गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र सोही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यले जानकारी दिए। २२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। डडेल्धुरामा दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ वटा स्थानीय तह रहेका छन्। जिल्लामा रहेका स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले जिल्ला समन्वय…

Read More

सुर्खेत- यार्सा संकलन सुरक्षामा खटिएका सहायक प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको छ। दैलेखको महाबु गाउँपालिका–४ स्थायी ठेगाना भई हाल कोहलपुर नगरपालिका–११ बाँके घर भएका सहायक प्रहरी हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो। मृतक सिंह मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ ठूलिकोशी रिमारस्थित यार्सा संकलन सुरक्षामा खटिएका थिए।​ ड्युटीका क्रममा मंगलबार बिहानदेखि टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि आज हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारको क्रममा दिउँसो २ बजे मृत घोषणा भएको प्रहरीले जनाएको छ। मृतक सिंह २०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत थिए।

Read More

दार्चुला- यार्सागुम्बा संकलनको समय भएको कारण अहिले दार्चुलाका उच्च भूगोलका गाउँहरु रित्तिन थालेका छन् । गत वैशाख दोस्रो साताबाटै स्थानीय यार्सागुम्बा संकलनमा लेकतिर हिँडेपछि गाउँ रित्तिन थालेका हुन् । अहिले गाउँमा मान्छे भेट्टाउनै मुस्किल हुन थालेको छ । ‘सबै यार्सागुम्बा संकलनमा हिँडेपछि गाउँ सुनसान जस्तै छ,’ व्याँस गाउँपालिका २ मालका दानसिंह कार्कीले भन्नुभयो । स्थानीय यार्सागुम्बा खोज्न दुधिवन लगायतका पाटनमा संकलहरु गएका छन् । यो पटक स्थानीय लेक खुल्न अगावै यार्सागुम्बा खोज्न हिडेका छन् । अपिहिमालका स्थानीय हरिश कार्कीका अनुसार स्थानीय वैशाखदेखि यार्सागुम्बा संकलन गरिरहेका छन् । भोट हाल्नको लागि मात्रै स्थानीय गाउँ फर्किएका थिए । भोट हाल्ने वित्तिकै स्थानीय…

Read More

अछाम- जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसले ललित कुँवरलाई उम्मेदवार बनाएको छ। कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर र प्रदेश महामन्त्री मेघराज खड्काले जिल्लाबाट सिफारिस भएका कुँवरलाई उम्मेदवार बनाएका हुन्। उनी जिल्लामा कांग्रेसका पुराना नेता र किसान संघका जिल्ला अध्यक्ष पनि हुन्। यस्तै कांग्रेसबाटै जिल्ला समन्वय समितिको उपप्रमुखमा दानमती बम शाही उम्मेदवार बनकी छन्। अछाममा कांग्रेसको जिल्ला समन्वय समिति एकल बन्न सक्ने अवस्था छ। १० स्थानीय तह रहेको अछाममा कांग्रेस एक्लैको ११ मत छ। यस कारण पनि जिल्ला समन्वय समितिको प्रमुख–उपप्रमुख कांग्रेसकै बन्ने पक्का छ। कांग्रेसले अछाममा सात पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख जितेको छ।

Read More

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका १२२ स्थानीय तहमा पार्टीले प्राप्त गरेको जितले माओवादीलाई राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रूपमा स्थापित गरेको दाबी गरेका छन् । उनका अनुसार माओवादी पार्टी निर्वाचनबाट प्रभावशाली बनेको छ । ‘हामी १२२ (स्थानीय तह) मा छौं । १२२ त्यस्तो १२२ हो, जो राजनीतिलाई प्रभावित पार्न सक्ने, देशलाई कता मोड्ने हो त्यतै मोड्नसक्ने तागतसहितको तेस्रो छौं हामी’, प्रचण्डले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा बुधबार भने । उनले अलिक मिहेनत गर्न समय भएको भए र २०७४ सालमा मधेस र पहाडमा जितेका स्थानीय हार्ने स्थिति नभएको भए माओवादी दोस्रो दल हुने पनि बताए ।पार्टी नेतृत्वको तहबाट आफूले पार्टीलाई दोस्रो दल बनाउन चाहेको उनको भनाइ छ । तर,…

Read More

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन् गरिरहेका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। मंगलबार राति साढे १० बजे कालीगण्डकी किनारमा ढुङ्गा बालुवा उत्खनन् गरिरहेका ध १ त ३५५, ध १ त २३७ र ध १ त ४५८ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए। नियन्त्रणमा लिएको ट्याक्टर चालकलाई प्रहरीले बागलुङ नगरपालिकामा बुझाएको थियो। नगरपालिकाले ढुङ्गा बालुवा जफत गरेको छ। उनीहरुलाई ५/५ हजार जरिवाना गरिएको रानाको भनाई छ।

Read More

काठमाडौं – होटल संघ नेपाल (हान) ले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ । हानले बुधबार एक कार्यक्रम गरी एक पटक मात्र प्रयोग हुने प्लास्टिक (सिङ्गल युज प्लास्टिक) हटाउने अभियान प्रारम्भ गरेको हो । अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक चप्पल, प्याकिङ प्लास्टिकसहित होटलका कोठामा प्रयोग हुने प्लास्टिक जन्य सामाग्रीको प्रयोग पनि बन्द गर्नेछन् । हानका अनुसार यो अभियान ठूला होटलबाट प्रारम्भ भएको छ र क्रमश सबै होटलमा कार्यान्वयन हुनेछ । हानकी अध्यक्ष सिर्जना राणाले संसारभरका होटलमा प्लास्टिक मुक्त कोठाको माग बढिरहेकाले नेपालमा पनि यो प्रयास थालेको बताइन्…

Read More

काठमाडौं – सेल्टर आश्रय नेपालले केन्द्रीय कारागारमा रहेका कैदी बन्दीलाई फुटबल प्रशिक्षण दिने भएको छ । सेल्टर आश्रय नेपालले अखिल नेपाल फुटबल संघ एन्फा र एशियाली फुटबल महासंघ फुटबल एएफसीको सहयोगमा ४८ कैदीबन्दीलाई फुटबल खेलाडीको प्रशिक्षण तथा समान ३२ जनालाई प्रशिक्षक र रेफ्री प्रशिक्षण दिने छ । महिला सेलमा रहेका कैदी बन्दीले मात्र रेफ्री तालिम पाउने छन् । यस सम्बन्धी सम्झौतामा सेल्टर आश्रय र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ । सम्झौता समारोहमा सेल्टर आश्रयकी अध्यक्ष खुस्बु ओलीले जेल सजाय भुक्तान गरेका कैदीबन्दी पुन गलत बाटोमा नजाउनु र उनीहरुमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउन प्रशिक्षण दिन…

Read More