सुर्खेत– यार्सा संकलन सुरक्षामा खटिएका सहायक प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको छ। दैलेखको महाबु गाउँपालिका–४ स्थायी ठेगाना भई हाल कोहलपुर नगरपालिका–११ बाँके घर भएका सहायक प्रहरी हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो।
मृतक सिंह मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ ठूलिकोशी रिमारस्थित यार्सा संकलन सुरक्षामा खटिएका थिए। ड्युटीका क्रममा मंगलबार बिहानदेखि टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि आज हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेज लगिएको थियो।
उपचारको क्रममा दिउँसो २ बजे मृत घोषणा भएको प्रहरीले जनाएको छ। मृतक सिंह २०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत थिए।
Facebook Comments Box