Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ । काठमाडौंको वीर अस्पतालमा क्यान्सरको उपचार गराईरहेका प्रेमबहादुरको उपचारका क्रममा सोमबार राति निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । डडेल्धुरा घर भएका प्रेमबहादुर देउवाको निधनबाट कांग्रेसलाई क्षति भएको महरले बताए ।

Read More

दार्चुला – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये कांग्रेस कुनै पनि स्थानीय तहमा नेतृत्वमा पुग्न सकेन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले ५ ओटा स्थानीय तहमा जित हात पारेको थियो । तर यो पटक भने कांग्रेस जिल्लामा शून्य भएको छ । ९ मध्ये ५ मा नेकपा एमालेका उम्मेदवार प्रमुख पदमा जितेका छन् भने ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । दुहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका नरेन्द्रबहादुर सिंह बडाल, ब्यास गाउँपालिकामा एमालेका मंगलसिंह धामी, महाकाली नगरपालिकामा एमालेका नरसिंह चैसिर, मालिकार्जुन गाउँपालिका एमालेका हिरासिंह धामी, शैल्यशिखर…

Read More

बैतडी – बैतडीको मेलौली नगरपालिकाको वडा नम्बर नं. ८ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मतपरिणाम अनुसार मेलौली–८ को वडाध्यक्षमा एमालेका तपेन्द्र सिंह विष्ट विजयी भएका हुन् । सिंह सम्भवतः नेपालकै कान्छा वडाध्यक्ष भएको जनाइएको छ । २२ वर्षीय विष्टले ३३८ मत प्राप्त गरेका थिए । उनले नेपाली काँग्रेसका शम्भु सिह बिष्टलाई ८० मतान्तरले पछि पार्दै बिष्ट बिजयी भएका हुन। पराजित नेपाली काग्रेसका बिष्टले २५८ मत प्राप्त गरेका छन् । विद्यार्थी राजनीतिबाट सक्रिय रुपमा राजनिति यात्रा थालेका विष्ट राजधानीको आरआर क्याम्पसमा राजनीति शास्त्र र आम सञ्चार विषयमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । विभिन्न सञ्चारमाध्यममा कार्यरत विष्टले पत्रकारिता…

Read More

काठमाडौ – काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । शाहले ४ हजार ४५७ मतान्तर बनाएका छन् । काठमाडौं महानगरपालिकाको पछिल्लो नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ९ हजार ६१४ मत प्राप्त गरेका छन ।मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका छन् । एमालेका केशव स्थापितले ५१५७ र काँग्रेसका सिर्जना सिंहले ४४७७ मत प्राप्त गरेकी छन् । १८ हजार मत गन्दा ५ बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उपमेयरमा भने एमालेबाट उम्मेदवार…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले आठ हजार ४९६ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी एमालेकी कुमारीकमला बोहराले ६ हजार ६१४ मत पाइन् । तस्तै, नेपाली काँग्रसका हरेन्द्रसिह विष्टले पाँच हजार ९७९ मत प्राप्त गरे । यसैगरि उपप्रमुखमा एमालेका जोगराम चौधरी निर्वाचित भएका छन् । उनले सात हजार २८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्वी माओवादी केन्द्रका मन्जु शाहले ६ हजार ६८२ पाइन् । यस्तै काँग्रेसका खिना भण्डारीले ६ हजार ३४९ मत पाइन् ।

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र र गठबन्धनमा निर्वाचनमा भएको सहकार्यबारे गम्भीर समिक्षा गर्ने बताएका छन् । आज पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रारम्भिक चुनावी परिणामबाट आत्तिनु नपर्ने बताए । उनले कतिपय ठाउँमा राम्रो भएपनि अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताए । उनले भने, ‘चुनावी नतिजाबाट हामी आत्तिनुपर्ने छैन । प्रारम्भिक चरणमै हामीले हाम्रो पार्टीबाट ५ सय भन्दा बढि प्रतिनिधि निर्वाचित गरेका छौ, त्यसमा वडाध्यक्ष नै सय नाघेका छन्’ ‘१५ देखि २० वटा पालिका प्रमुख नै छन् ।’ ‘कतिपय ठाउँहरूमा राम्रै अवस्था भए पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका…

Read More

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरुष मृत भेटिएका छन् । शैल्यशिखरको वडा नम्बर ६ ग्वानी सुन चढाउने ढुङ्गा नजिक बजानीको आसपास एक जना अन्दाजी ६५ वर्षका पुरुष मृत अवस्थामा भेटिएका छन् । पुरुष मृत भेटिएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्सपेक्टरको नेतृत्वमा प्रहरी टोली खटिएको छ । ग्वानीमा सोमबार मात्रै हाइस दुर्घटना हुँदा तीन जना पुरुषको ज्यान गएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकामा २५ हजार ९४ मतपत्र गणना हुँदा बदरको संख्या उल्लेख पाइएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार ८८२ मत बदर भएको हो । हालसम्म स्वतन्त्र हैसियतमा लौरो चुनाव चिह्न लिएर मेयर पदमा प्रतिस्पर्धा गरिरहेका बालेन शाहले अग्रता बनाइरहेका छन् । उनको निकै पछि एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् । स्थापित भन्दा पनि पछि काँग्रेस उम्मेदवार सिर्जना सिंह परेकी छन् ।

Read More

विरगञ्ज – विरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार राजेश मान सिंहले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार सिंहले ८ हजार १३१ मत पाएका छन् भने उनलाई पछ्याइ रहेका नेकपा एमालेका विजय कुमार सरावगीले ३ हजार ६२२ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार इम्तियाज आलमले अग्रता लिएका छन् ।

Read More

झापा – झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बालिकालाई उनकै घरमा ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More