Author: महेन्द्रनगर पोष्ट

रुपन्देही – नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि सुविधासम्पन्न चार तारे होटल ‘एसियन बुद्ध’ले सेवा सुरु गरेको छ । पर्यटकहरूलाई पारिवारीक वातावरणमा गुणस्तरीय सेवा दिने उदेश्यसहित विमानस्थलको ठ्याक्कै अगाडि होटलले सेवा सुरु गरेको हो । युवा व्यवसायी पोमनारायण अधिकारीसहितका व्यवसायीले करिब एक अर्बको लागानीमा ‘एसियन बुद्ध होटल’ आजबाट अनौपचारिक रुपमा संचालनमा ल्याएका हुन् । क्यासिनो, हेल्थ क्लब, स्पा, स्वीमिङ पुलसहित फोर स्टारको लागि आवश्यक सबै सेवासुविधा रहेको अधिकारीले जानकारी दिए । ८४ वटा रुमसहित फोर स्टार लेवलको लागि आवश्यक सबै सुविधासहित होटल शुभारम्भ गरिएको हो । अधिकारीले भने अनौपचारिक रुपमा सुरु गरिएको भए पनि औपचारिक रुपमा भने केही समयपछि विशेष…

Read More

जाजरकोट – जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती सुतेकै ठाउँमा मृत फेला परेका छन् । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।

Read More

एजेन्सी –   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको पाउ धोएर जन्मदिन मनाएका छन् ।मोदीले आज गुजरातको गान्धीनगरस्थित घर पुगेर आमाको १००औं जन्मदिन मनाएका छन् । मोदीले जन्मदिनमा आमाको पाउ धोएर आमासँगै बसेर दीयो जलाएर पूजा गरेका उनले मीठाई पनि खुवाएका छन् । यी दृश्यहरु मोदीले ट्वीट गरेका छन् । मोदीकी आमा हीरावेन मोदी स्वस्थ छिन् । उनले आमाको आशिर्वाद थापेका छन् ।

Read More

काठमाडौं – प्रधानसेनापति पर्शुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनान प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका छन् । भ्रमणको क्रममा, प्रधान सेनापति शर्माले लेवनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । यस भ्रमणपश्चात प्रधानसेनापति शर्माले यही असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।…

Read More

काठमाडौं – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम आज नेपाल आएका छन् । तीनदिने नेपाल भ्रमणका लागि आएका उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।

Read More

झापा – नेपाली कांग्रेस झापाले आफ्नो १४ नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ। स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक र समर्थक १४ जना कारबाहीमा परेको कांग्रेस झापाका सभापति देउकुमार थेबेले जानकारी दिए। कारबाहीमा पर्नेहरूमा बिर्तामोड नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल, प्रस्तावक भीमराज प्रसाईँ र समर्थक भरत न्यौपाने, बिर्तामोड ४ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमकुमार खड्का, प्रस्तावक राजकुमार प्रसाईँ र समर्थक उत्तम खनाल छन्। यस्तै कनकाई नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने धर्म राजवंशी, प्रस्तावक टार्जन राजवंशी, समर्थक वेदप्रसाद राजवंशी, सोही वडामा सदस्य…

Read More

बुटवल – अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे नाम परिवर्तन गर्दै बुटवलमा विशेष राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले अखिल नेपाल महिला संगठन नाम राखेको छ । भेला हिजो उद्धघाटन सकेपछि हिजो ६ बजेदेखि राति बाह्र सम्म र विहान ७ बजे देखि ९ बजे सम्म चलेको बिशेष राष्ट्रिय भेलाकाे बन्दसत्रले नयाँ कार्यसमिति पनि चयन गरेको छ । देशैभरिबाट उपस्थिति प्रतिनिधि परिपेक्षककाे तीन सदस्य अध्यक्ष मण्डल निर्माण गरि कार्यक्रम शुरु भएको थियो । भने बन्द सत्रकाे अध्यक्षता रेखा चाैहानले गर्नु भएको थियोे । मण्डलका सदस्य पवित्रा शाहीले कार्यक्रम संचालन गर्नु भएको थियोे भने प्रमुख अतिथि बन्द शत्रका नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे श्वेतपत्र जारी गर्दै अस्वीकार गर्नुपर्ने बताएका छन् । एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको सामाजिक सञ्जालमार्फत उनले दाबी गरेका छन् । एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि नेपाल सरकारको तर्फबाट पनि सहमति जनाएको हुनसक्ने श्रेष्ठको आशङ्का रहेको छ । एसपीपी सम्बन्धी घटनाक्रमको विकासलाई हेर्दा नेपाल सरकार, पार्टी र नेताहरू राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका विषयहरूमा समेत गम्भीर छैनन् भन्ने पुष्टि भएको श्रेष्ठको भनाइ छ ।

Read More

बझाङ – बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ । तीनै जनाले बलात्कार गरेको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको पीडित पक्षको भनाइ छ । बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ…

Read More

काठमाडौं – दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटना परेको छ । गुर्भाकोट नगरपालिका-९ भालु खोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजे समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो । साथै उक्त ट्रक चालक-सहचलाक ट्रक भित्र च्यापिएको र उद्धार भइरहेको प्रहरीको भनाइ छ ।

Read More