Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरमा निर्वाचनका तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा खटिइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भएको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले जानकारी दिए । जिल्लामा कूल २ लाख ९५ हजार ३ सय ५४ जनाले मतदान गर्न पाउने छन् । जसमा केही बाह्य मुलुक समेत गएकाले सबै मतदाता निर्वाचनमा मतखसाल्न उपस्थित नहुँने जिल्ला निर्वाचन कार्यालयको आंकलन छ । निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले जिल्लामा करिब ७५ प्रतिशत मत खस्ने आँकलन गरिएको बताए । सात नगरपालिका तथा २ गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा नेकपा (माओवादी केन्द्र)…

Read More

बुटवल- बुटवल बजारमा बुधबार बेलुकी विस्फोट भएको छ । बेलुकी ८ः१५ बजेको समयमा मिनलचोकस्थित सनराइज बैंक अगाडि प्रेसरकुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । बम विस्फोट भएको ठाउँमा नेकपा माओवादी नामको पर्चा भेटिएको प्रहरीले जनाएको छ । विस्फोटबाट मानवीय क्षति नभएको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।

Read More

काठमाडौँ- प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो । कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यमले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन् । यस्तै मौन अवधिको २४ घण्टाभित्रै काउन्सिलले २५ जना पत्रकारलाई सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति ध्यानाकर्षण गराएको छ । फोनमार्फत ध्यानाकर्षण गराइएका पत्रकारमध्ये २० जनाले तत्काल भूलसुधार गरी सामग्री हटाएको पाइएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार ५ जना पत्रकारले कुनै प्रतिक्रिया दिएका छैनन् । मंगलबार राति १२…

Read More

बाजुरा- बाजुरामा मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा प्रहरीले स्थानीय विकास थापालाई पक्राउ गरेको हो । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय पत्र लिएको आरोपमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भूज ओझाले बताए । परिचयपत्र चोरी भएकोबारे कर्मचारीले थाहा पाएपछि थापालाई तत्काल पक्राउ गरिएको उनले बताए । २२ मध्ये २१ फिर्ता गराएको र एउटा अझै पाउन नसकिएकाले विकास थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

अछाम- अछाममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाँउपालिका–५ का ३५ वर्षीय जिते बुढाको लडेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । ढकारी गाँउपालिकाको राक्सीखान भन्ने ठाँउबाट घर जानेक्रममा बाटोबाट झण्डै १३ मिटर तल खसेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पतालमा लगिएका उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Read More

बझाङ- बझाङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बझाङ प्रहरीले बलात्कार आरोपमा छबिसपाथिभेरा गाउँपालिका–५ वस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान पक्राउ गरेको हो । उनलाई प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले किशोरीलाई सोही ठाउँको मौरी खोला जलविद्युत आयोजना पावर हाउसको भवनमा जबरजस्ती करणी गरेको आरोप लागेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Read More

कैलाली- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माणलगायतको काम अन्तिम चरणमा पुगेको हो । जिल्लामा मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा दिनेलगायतका काम भइरहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्यका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम अन्तिम चरणमा रहेको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए । उनले अधिकांश मतदान केन्द्रमा बुथ निर्माण भइसकेको र बाँकी रहेकाहरुमा बिहीबारसम्म निर्माण पूरा हुने बताए । जिल्लाका अधिकांश विद्यालयका भवनलाई…

Read More

बझाङ- बझाङमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–५ सैनगाउँमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परि नेकपा एमालेका एकजना कार्यकर्ता घाइते भएका छन् । सैनगाउँस्थित धौलदेउ आधारभूत विद्यालयमा दिउँसो साढे ४ बजे भएको झडपमा परि एमाले कार्यकर्ता रामबहादुर बोहरा घाइते भएका हुन् । उनको दाहिने आखाँमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । अशक्त, अपांग व्यक्तिहरुको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच सामान्य झडप परेको बताइएको छ ।

Read More

काठमाडौं- आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले जारी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिका लागि परिचय खुल्ने कागजातका आधारमा पनि मतदान गर्ने व्यवस्था मिलाएको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिका लागि सहजता ल्याउन परिचय खुल्ने आधिकारिक कागजातका आधारमा पनि मतदान गर्ने व्यवस्था मिलाएको हो । आयोगले गरेको व्यवथाअनुसार मतदाताले निर्वाचन आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । आयोगले बुधबार एक सूचना जारी गर्दै व्यक्तिका परिचय खुल्ने प्रमाणलाई…

Read More

कैलाली- प्रधानन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट धनगढी आएका छन् । निर्वाचनसम्म गृहजिल्लामै रहने भनिए पनि यस बिचमा देउवा धनगढी आएका हुन् । प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी आएका हुन् । आरजु राणा देउवाको चुनावी क्षेत्र कैलाली क्षेत्र नम्बर ५ को धनगढी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निबर्तमान मेयर नृपबहादुर वड मेयरका लागि मैदानमा छन् । देउवा वडलाई जसरी पनि जिताउने पक्षमा छन् । धनगढीमा गठबन्धनका तर्फबाट कांग्रेसका वड, नेकपा एमालेका तर्फबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

Read More