Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबारसम्म ३० हजार ६९८ मत गणना गर्दा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ हजार ८२३ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६ हजार ७७२ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत पाएका छन् । हमाल र वडबीच ७ हजार ५१ मतको अन्तर छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार १८१ मत पाएकी छन् भनेएमालेकी कन्दकला रानाले ५ हजार ४५५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ३५७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले २ हजार १९४…

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । यसअघि वैशाख ३० गते स्थगित भएको वडामा मंगलबार पुनः मतदान भएको थियो । पुनर्वास १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना प्यानल निर्वाचित भए । उनले काग्रेसका धिरेन्द्रप्रशाद भट्टलाई ६७ मतको अन्तरले पराजित गरे । रानाले ८४३, भट्टले ७७६ मत ल्याएका थिए । राप्रपाका रतन बहादुर मल्लले २७७ र एमालेका रामबहादुर थापाले ७१ र मत ल्याएका छन् । एमालेले काँग्रेसका अध्यक्षलाई मत दिने र काँग्रेसले एमालेलाई चारै सदस्य मत दिने सर्तमा एमाले काँग्रेसका पुनर्वास र उक्त वडाका नेताहरुसंग समन्वय गरेर गठबन्धन गरेकोे आरोप छ ।उक्त वडामा फर्जी मत…

Read More

कञ्चनपुर- नेपाली कांग्रेसले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा आफ्नो विरासत गुमाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने महाकाली पारीको नगरपालिकामा उपमेयर र एक वडामा खुम्चिएको छ । १० वडा रहेको नगरपालिकामा मेयरसहित ६ वडामा एमाले विजयी भएको छ । दोधाराचाँदनीको मेयरमा एमालेका किशोर लिम्बु दोस्रो पटकको प्रयासमा सफल भएका छन् । ०७४ सालमा कांग्रेसका बीरबहादुर सुनारसंग पराजित भएका लिम्बु यसपटक कांग्रेसकै उम्मेदवार गोपालदत्त भट्टलाई उछिन्दै मेयर बनेका हुन् । उनले ७ हजार १०४ मत ल्याए भने भट्टले ६ हजार १७२ ल्याएर पराजित बने । स्वतन्त्र उम्मेदवार भीमबहादुर कुमालले १ हजार ८५३ मत हासिल गरे । २०७४…

Read More

कैलाली- धनगढी उपमहानगरपालिका वडानम्बर ३ को वडाध्यक्षमा काँग्रेसका राजबहादुर ऐर प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा विजयी ऐरले १ हजार ८६९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवारले ८३१ मत ल्याए । यस्तै वडा सदस्यमा काँग्रेसकै यदु आचार्य, तेजबहादुर चन्द, अन्जु मगराती र मिना मल्ल विजयी भएका छन् ।

Read More

बैतडी- बैतडीका १० वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले समान ४/४ स्थानीय तहमा जित हासिल गरेका छन् । यस्तै एक तहमा माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पालिकाको उपप्रमुखमा भने नेपाली कांग्रेसले ५, एमालेले ४ र माओवादी केन्द्रले एक स्थानमा जितेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाको प्रमुखमा एमालेले जित हात पारेको छ भने शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकाको प्रमुख कांग्रेस वियजी भएको छ। यस्तै मेलौली नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रका सन्तोषप्रकाश…

Read More

कैलाली- धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा नेपाली कांग्रेसका बुद्धि खड्का विजयी भएका छन् । खड्काले १ हजार ५९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी स्तन्त्र उम्मेदवार शिद्धराज पनेरुले ७१० मत ल्याएर पराजित भए ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएकामध्ये तीन जिल्लामा प्रमुख तीन ठूला दल फरक जिल्लामा जितबिहीन बनेका छन् । नेपाली कांग्रेस दार्चुलामा, नेकपा एमाले डडेल्धुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन् । ९ पालिका रहेको दार्चुलामा नेकपा एमालले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । यद्यपि यहाँ नेपाली कांग्रेसले तीन उपप्रमुख पदमा भने विजय हासिल गरेको छ । दार्चुलामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको थियो । दार्चुलामा महाकाली नगरपालिकासहित दुहुँ गाउँपालिका, ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा नेकपा एमालले जित हासिल गरेको छ । यसैगरी, नेकपा माओवादी…

Read More

डोटी- डोटीमा सबै पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका ९ वटा पालिकामध्ये सातवटा पालिकामा कांग्रेस विजयी भएको छ । काँग्रेस बाँकी दुई पालिकामा पनि झिनो मतले पराजित भएको हो । जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दिपकबहादुर बिष्टले ३७ मतले मात्रै हार व्यहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा कांग्रेसका दिलबहादुर बम १२४ मतले पछि परेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो । बाँकी दुई पालिकामध्ये पनि एकमा एमाले र एक पालिकामा माओबादी विजयी भएको छ । जिल्लामा नेकपा (एकीकृत समाजबादी) जितबिहीन बनेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ६८ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ३२ पालिकामा जित निकाल्दै नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । त्यसैगरि २३ पालिका एमाले र १२ पालिका माओवादीले जितेका छन् भने एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । तर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेकपा एकीकृत समाजबादीले भने अहिलेसम्म कुनै पनि स्थानमा जित हात पार्न सकेको छैन । पदेशका ८८ स्थानीय तहमध्ये ६८ पालिकाको मतपरिणामको अन्तिम नतिजा आउँदा एकीकृत समाजबादी शून्यमै छ । नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सवैभन्‍दा ठूलो दल हो । ५२ सदस्यीय प्रदेश सभामा १४ जना सांसद एकीकृत…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले २६ हजार ४१९ मतगणना गर्दा झण्डै आधा मत ल्याएका छन् । बुधबार बेलुका ५ बजे सार्वजनिक परिणाम अनुसार हमालले १२ हजार ३०४ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ८९२ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत पाएका छन् । हमाल र वडबीच ६ हजार ४१२ मतको अन्तर पुगेको छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ३०९ मत पाएकी छन् । एमालेकी कन्दकला रानाले ४ हजार ७ सय र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत पाएका छन् । अहिलेसम्म…

Read More