Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ थियो । यस्तै, हिजोको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । ।

Read More

दार्चुला – आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९९ हजार मतपत्र आइपुगेको छ । ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री जिल्ला पुगेको छ । निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको जनाइएको छ । हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम भइरहेको निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताउनुभयो । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतको लागि एक दुई दिनभित्रै तालिमको आयोजना गर्ने तयारी छ । निर्वाचनमा जिल्लामा एक हजार बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले…

Read More

एजेन्सी – आइतबार मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेटको बोइङ बी७३७ विमान आँधीमा परेको थियो । जसका कारण जहाजमा सवार करिब ४० यात्रु घाइते भएका छन् । यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । तर, पाइलटको चेतनाका कारण विमान सकुशल धावनमार्गमा अवतरण भएको थियो । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । मिडिया रिपोर्टका अनुसार विमान दुर्गापुरको काजी नजरुल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा आँधीमा फसेको थियो । त्यसपछि विमानको क्याबिनमा राखिएको सामान खस्न थालेपछि करिब ४० यात्रु घाइते भएका थिए । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार पाइलटले खतरा महसुस गर्नेबित्तिकै सिट बेल्टको साइन अन गरेका थिए। त्यसपछि पनि…

Read More

काठमाडौं – नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह(फुली) लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रहरी संगठनभित्र कमाण्डिङ क्षमतामा अब्बल र निष्कलंक छवी बनाउन सफल एआईजी सिंह २०४९ चैत ११ मा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । जिल्ला, प्रदेश र सिआईबी प्रमुख हुँदा ठूला घटनाहरुको सफल अनुसन्धान गरेका एआईजी सिंह सेवा प्रवेशको ३०औं वर्षमा प्रहरी प्रमुख बन्न सफल भएका हुन् ।…

Read More

डडेल्धुरा- डडेल्धुराका एक युवकको काठमाडौंमा स्कुटर दुर्घटनामा परेर मृत्यु भएको छ । काठमाडौंको बबरमहलमा आइतबार राति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक डडेलधुराका २६ वर्षीय केविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको हो । उनी काठमाडौंको कोटेश्वर बस्दै आएका थिए ।

Read More

कैलाली– कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक शिक्षकको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–३ चोरपानीमा सुपप्र ०२ ००३ प ४६५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुर्घटनामा शुक्लाफाँटा नगरपालिका–१० का अन्दाजी ५५ वर्षीय केशवराज अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शिक्षक अवस्थी शुक्लाफाँटाको गर्जमुनिस्थित शिवशंकर माविमा कार्यरत थिए।

Read More

काठमाडौं- चौंथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ­२०७९ का अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । कम्पनीले अनलिमिटेड डेटा र भ्वाइससहितको कम्बो प्याक, डेटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ देखि एक सातासम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । यसअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक रु. ९८ मा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र अन–नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु. ९९ मा उपलब्ध हुँदै आएकोमा ५० प्रतिशत छुटसहित जम्मा रु. ४९ मा उपलब्ध हुने कम्पनीले…

Read More

काठमाडौं– निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले आगामी साताबाट देशरभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् । व्याण्डविथ खरिद गरेको रकम भुक्तानीमा सरकारले सहयोग नगरेको भन्दै इन्टरनेट सेवाप्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) यस्तो चेतावनी दिएको हो । आईस्पानका अध्यक्ष सुधीर पराजुलीले विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनका बेला मुलुक इन्टरनेटविहीन हुन सक्ने चेतावनी दिएको हो । व्याडविथ खरिदको रकम भुक्तानीका लागि विदेशी मुद्रा सिफारिसमा रोक लगाएको भन्दै आईस्पानले आपत्ति जनाएको हो । देशभर इन्टरनेट सेवा अबरुद्ध भएको खण्डमा त्यसको जिम्मेवारी पनि सरकारले दिनु पर्ने पराजुलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । इन्टरनेट सेवा प्रदायकहरुले…

Read More

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलका भ्रातृ संगठनले सामाजिक सञ्जालमा आचारसंहिताविपरीत मिथ्या र भ्रामक सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिजस्ता सामग्रीलाई राख्ने कारबाही गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा त्यस्ता सामग्री राख्ने काम भइरहेको भन्दै आयोगले यस्तो चेतावनी दिएको छ । त्यस्ता सामग्री राखिएको पाइएमा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुनअनुसार कारबाही हुने आयोगले स्पष्ट पारेको छ । आयोगले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले टीकाटिप्पणी गर्न वा गराउन नहुने जनाएको छ । कुनै प्रयोजनका लागि प्रकाशन तथा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्य तोडमोड गरी गराई सामाजिक सञ्जालमा सेयर वा कमेन्ट…

Read More

पाल्पा- स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुको घरदैलो अभियानका क्रममा पाल्पामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार रामपुर नगरपालिका–१०, झेडीबजार सिकोडाँडामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रामपुर नगरपालिका–१०, गेझाका डिल्लीराज न्यौपाने र जीवन परियार रहेका छन् । चुनाव प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए । कांग्रेस रामपुरले विज्ञप्ति निकालेर गठबन्धनका चुनाव प्रचारका क्रममा युवालाई एमाले कार्यकर्ताहरुले विथोल्ने प्रयास गरेको आरोप लगाएको छ । एमाले कार्यकर्ताहरु गठबन्धन भएको स्थानमा पुगेर कुटपिट गरेको आरोप छ । झडपको क्रममा प्रचारप्रसारमा प्रयोग गरिएको स्कर्पियो, बस र मोटरसाइकलमा…

Read More