Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावा हुरीसहित…

Read More

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन’ सम्पन्न भएको छ। विश्व कीर्तिमानी समाजको आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा (मे २९) आइतबार सगरमाथा आधार शिविरमा उक्त सम्मेलन सम्पन्न भएको हो। वर्तमान परिस्थितिमा जलवायु परिर्वतन र त्यसको असर न्यूनीकरणका सवालमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले अमेरिकी वातावरण वैज्ञानिकको सहभागितामा उक्त सम्मेलन सम्पन्न गरिएको विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्च राईले जानकारी दिए। सम्मेलनमा युनिभर्सिटी कोलोराडो अमेरिकाका वातावरण वैज्ञानिक जोन्ना लेम्बर्ट र कोलोराडो स्टेट युनिभर्सिटीका वैज्ञानिक जोयल बर्गरको सहभागिता रहेको थियो। उनीहरुले विश्वमा जलवायु परिर्वतनको वर्तमान अवस्था, प्रभाव र न्यूनीकरण विषयमा प्रतिवेदन पेश गरेका थिए। वातावरण वैज्ञानिकको सहभागितामा सगरमाथा आधार शिविरमा…

Read More

सप्तरी- सप्तरीमा आफ्नै भाउजुलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बोदे बर्साइन नगरपालिका १ धनगढी निवासी प्रमेश्वर साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले आफ्नै भाउजु राजकुमारीलाई २१ माघ २०७८ मा पेट्रोल छर्की आगो लगाएका थिए । आगोले शरीरको अधिकांश भाग जलेकी राजकुमारीको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो । घट्नापछि फरार रहेका प्रमेश्वरलाई आइतबार आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको सप्तरी प्रहरीले बताएको छ ।

Read More

कैलाली- जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जिल्लामा सवारीको गति मापन गर्ने ‘लिडर स्पिड गन’को प्रयोग गर्न सुरु गरेको छ । उक्त उपकरणबाट सवारी साधनको गति नियन्त्रण गर्न गर्न मद्दत गर्ने छ । सवारी साधन तिब्र गतिमा चलाउँदा हुने दुर्घटनाको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न लिडार स्पिड गनको प्रयोग गरिएको कैलालीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए । उनका अनुसार कैलाली जिल्लामा भएको सवारी दुर्घटनाको तथ्याङक, अवस्था तथा प्रकृतिलाई बिश्लेशण गर्दा तिब्र गतिका कारण दुर्घटना भई घाइते, मृत्यु तथा धनजनको क्षति अत्याधिक मात्रामा भएको पाइएको छ । मोहना अत्तरिया ६ लेन सडक खण्ड र कैलालीको पुर्व पश्चिम राजमार्ग सडक…

Read More

कैलाली- कैलालीको गोदावरी नगरपालिकामा कार्यपालिकाले पूर्णता पाएको छ । कार्यपालिकामा काँग्रेसको पूर्ण बहुमत रहेको छ । कार्यपालिकामा मेयर उपमेयर सहित २२ जना रहेका छन् । मेयरमा काँग्रेसको तर्फबाट निर्बाचित बिरेन्द्र भट्ट सहित काँग्रेसकै ८ जना वडा अध्यक्ष रहेका छन् । यस्तै एमालेको तर्फबाट उपमेयर सहित ४ जना वडा अध्यक्ष रहेका छन् । यस्तै कार्यपालिकाको निर्वाचनबाट काँग्रेसकै इस्वरा नेपाली, बसन्तीदेवी थरुनी, शारदादेवी भट्ट, डम्मरी शाहु र ईस्वरी रावल निर्वाचित भएका छन् । काँग्रेसबाट नै महादेब कामी, चन्द्रादेवी भुल र धनी कामी पनि कार्यपालिकामा निर्वाचित भएका छन् । कार्यपालिकाका सबै सदस्यहरुले सोमबार नै सपथ लिएका छन् ।

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । नवनिर्वाचित मेयर साहले पहिलो बैठकबाट फोहोर व्यवस्थापनका लागि पहल थालेका हुन् । आफ्नै नेतृत्वमा समिति गठन गरेका साहले उपप्रमुख सुनिता डंगोल र केही वडाध्यक्षलाई समितिमा राख्ने निर्णय गरेका छन् । उनले यसअघि नै काठमाडौंको फोहोर व्यवस्थापन नगरी जितको खुसीयाली नमनाउने बताएका थिए । यस्तै कार्यपालिका बैठकले सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सञ्चालनमा ल्याउने मेयर साहको प्रस्ताव पनि अनुमोदन गरेको छ । कार्यपालिका बैठकले नगरवासीको गुनासो सुन्न ७ दिनभित्र कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको…

Read More

कैलाली- कैलालीको अत्तरियामा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । सुदुरपश्चिम प्रदेशको राजधानी समेत रहेको अत्तरियास्थित महेन्द्रनगर रोडमा नयाँ अस्पताल सञ्चालनमा आएको हो । सोमबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै १५ करोडको लगानीमा अत्तरिया हस्पिटल प्रालि संचालनमा ल्याइएको अस्पतालका प्रमुख डा आन्नद पाठकले जानकारी दिए । अस्पतालले अहिले १५ बेडको स्वीकृती लिएकोमा एक सय बेडसम्मको भौतिक संरचना निर्माण गरिएको उनले बताए । प्रदेशवासीलाई गुणस्तरीय सेवा दिने अस्पतालले दाबी गरेको छ । अस्पतालले ईसिजी मेशिन, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, भेन्टिलेटर, आईसियु, एनआईसियुको सेवा दिने जनाएको छ । यस्तै आकस्मिक उपचार, हाडजोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, दूरबिनबाट पत्थरी, एपेन्डीक्स,…

Read More

बाजुरा- बाजुरामा प्रमुख जिल्ला अधिकारीसहित नेपाली प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु फेरिएका छन् । बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरवाही गरेको भन्दै सरकारले सिडिओसहित सुरक्षा अधिकारीहरु फेरेको हो । यसअघि निर्वाचन आयोगले कार्यरत प्रजिअसहित सुरक्षा अधिकारीहरुलाई जिम्मेवारीबाट हटाउन सरकारलाई निर्देशन दिएको थियो । अहिले बाजुरामा प्रमुख जिल्ला अधिकारीका रुपमा प्रकाशचन्द्र अधिकारी आएका छन् । उनी अध्यागमन विभागमा कार्यरत थिए । यस्तै जिल्ला प्रहरी कार्यालय प्रमुखमा नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापा हाँजिर भएका छन् । यस्तै सशस्त्र प्रहरी प्रमुख डिएसपीमा टीकापुर तालिम केन्द्रमा कार्यरत गंगा पन्तलाई बाजुरा पठाइएको छ । उनीहरु तीनै जनालाई…

Read More

बैतडी- बैतडीका विभिन्न तीन पालिकाका तीन वडामा पानी पुगेपछि स्थानीय खुशी भएका छन् । जिल्लाको सिगास गाउँपालिका–३, सुर्नया गाउँपालिका–६ र मेलौली नगरपालिकाको काँडा बजारमा खानेपानी पुगेपछि त्यहाँका स्थानीय खुशी भएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट लिफ्ट खानेपानी निर्माण गरिएपछि गाउँमा खुसियाली छाएको हो । अहिले त्यहाँका स्थानीयले टाढा पुगेर पानी बोकेर खानुपर्ने बाध्यता हटेको बताएका छन् । यसअघि ती गाउँहरुमा दैनिक एक घण्टा ओरालो, उकालो गरेर खानेपानी बोक्नुपर्ने बाध्यता थियो ।

Read More

कैलाली- कैलालीमा माछा मार्नेक्रममा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ कुटी बस्ने ३५ वर्षीय बिनोद राजीको सोही ठाउँमा मोहना नदीमा डुबेर मृत्यु भएको हो । उनको आइतबार नदीमा डुबेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More