Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने जानकारी दिएका हुन् । साथै हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिने पनि उनले बताए ।

Read More

काठमाडौं – आर्थिक बर्ष २०७९/८० को बजेट भाषण सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनमार्फत बजेट प्रस्तुत गर्न सभामुख अग्नि सापकोटाले अनुमति दिएका थिए । सभामुखको अनुमतिसँगै अर्थमन्त्री जनार्दन शर्माले बजेट बाचन सुरु गरेका छन् ।

Read More

काठमाडौं – पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो । हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले बताए। ‘हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो,’ उनले भने, ‘हल्का कुहिरो लागेर पानी परिरहेको थियो ।’ उनले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताए। ‘घरमै ठोकिन्छ जस्तो गरेर दुई, तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ,’ उनले भने, ‘केहीबेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका…

Read More

काठमाडौं – मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो २ बजे बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार अपरान्ह ४ बजे संघीय संसदमा बजेट पेश गर्दैछन् ।

Read More

दाङ – दाङमा तीन दिनदेखि दुई युवा मूल्य वृद्धिको विरोधमा अनशन बसेका छन् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धिको विरोधमा लमही बसपार्क नजिकै दुई जना युवा अनशन बसेका हुन् । अनशन बस्ने लमही नगरपालिका-५ का डिल्लीराज खनाल र वडा नं ४ का बाबु रोका मगर हुन् । डिल्लीराज खनालले सरकारले मूल्य वृद्धि फिर्ता लिएमात्र आफूहरूको अनशन तोडिने बताए । ‘सरकारले गरेको मूल्य वृद्धिको विरोध अनशनबाट गर्न थालेका हौं,’ खनालले भने, ‘यो अनशन कहिले टुंगोमा पुग्छ थाहा छैन । सरकारले जहिले मूल्य वृद्धि फिर्ता गर्छ । त्यतिबेलासम्म हाम्रो आन्दोलन चलिरहन्छ ।’ लमही नगरपालिकाका प्रमखु जोगराज चौधरी र…

Read More

काठमाडौं –  नेपालमा आज जेठ १५ गते अर्थात गणतन्त्र भव्य रूपमा मनाइदै छ । सरकारले काठमाडौंको टुँडिखेलमा गणतन्त्र दिवस मनाइरहेको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिका प्रतीक परेवा पनि उडाइएको छ । समारोहमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Read More

दार्चुला – दार्चुला कारागारका ४ जना कैदी बन्दी रिहा भएका छन् । १५ औ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालयले उनीहरूलाई बाँकी कैद मिनाह गरेको हो । कारागारका जेलर राम राज पन्तका अनुसार कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका मार्मा गाउँपालिका साविकको सितोला गाविसका नरेन्द्र सिह महर ,कर्तव्य ज्यान मुद्दाकै द्धय दुुहुँ गाउँपालिका साविकको धारि गाविसका इन्द्र बहादुर बम र पुरन सिह कार्कीलाई कैद मिनाह गरेको जेलर पन्तले जानकारी दिनु भएको छ । यस्तै मालिकार्जुन गाउँपालिका वडा नं २ भगवतीका बहुविबाह मुद्दाका महेश सिह धामीलाई कैद मिनाह गरेको कारागार दार्चुलाले जनाएको छ । दुहुँ गाउँपालिकाका इन्द्र बहादुर बम २०७०/४/२३ गते कारागार चलान…

Read More

काठमाडौं – सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको हो । यसका लागि आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्दामा हदम्याद बढाउनेसम्बन्धी विधेयक सचिवालयमा दर्ता गरेका हुन् । यौन हिंसाका पीडितले उजुरी दिने हदम्याद नै राख्न नहुने पनि आवाज उठिरहेको छ । तर, सरकारले विद्यमान कानुनलाई संशोधन गरेर हदम्यादको समय बढाउने गरी विधेयक सचिवालयमा दर्ता गरेको हो ।

Read More

काठमाडौं – आइतबार बिहान पोखराबाट समिट एयर र तारा एयरका जहाज सँगसँगै जोमसोम उडेका थिए । समिट एयर जोमसोममा सफलतापूर्वक ल्याण्ड हुदाँ तारा एयरको जहाज अझै सम्पर्कमा आएको थिएन । जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माले दिएको जानकारी अनुसार तारा एयरलाई ल्यान्डिङका लागि सूचना दिन खोज्दा सम्पर्क हुन सकेन । ‘पाइलटले जहाजमा कुनै समस्या आएको जानकारी पनि दिएका थिएनन्, शर्माले गोलखबरसँग भने, ‘जहाजसँग सम्पर्क हुन नसकेपछि हामीले पोखरा र काठमाडौैंमा जानकारी दिएका छौ ।’ शर्माका अनुसार शुरुमा समिटले सम्पर्क गरेका थिए भने पाँच मिनेटको फरकमा तारा एयरले मुस्ताङको आकाशमा आएपछि सम्पर्क गरेका थिए । सम्पर्क गरेको केही समयमै समिटको जहाज ल्याण्ड हुदाँ…

Read More

काठमाडौं – १९ यात्रुसहित पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको 9N AET ट्विनअटर विमान अन्तिमपटक जोमसोम टावरसँग बिहान १० बजेर ७ मिनेटमा सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय विमानस्थलले जनाएको छ । कार्यालयका अनुसार उक्त जहाज बिहान १० बजेर ७ मिनेट जाँदा घोडेपानी भन्ने स्थानमा सम्पर्क आएको र सो पनि सम्पर्क बिहीन भएको थियो । बाक्लो बादलका कारण मौसममा सुधार हुनासाथ हवाईमार्गबाट खोजी सुरु गरिने र अहिले स्थलमार्गबाट नेपाली सेना र नेपाल प्रहरी खटिएको पनि प्राधिकरणले जनाएको छ । उक्त विमानमा ३ जना चालकदल र १९ यात्रुसहित २२ जना रहेको जनाइएको छ । उक्त जहाज क्याप्टेन प्रभाकर घिमिरेले, विमान…

Read More