Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – तारा एयरको 9N AET विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरले जनाएको छ । तारा एयरले आज बिहान विज्ञप्ति जारी गरी हिजोदेखि सम्पर्कविहिन तारा एयरको विमान ४ हजार ५०० फिटको उचाइमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । विमान दुर्घटनाको जानकारी गराउँदा स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ । नेपाली सेनाले विमान दुर्घटना भएको तस्बिर सार्वजनिक समेत गरेको छ । विमान टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको छ। नेपाली सेनासाथै अन्य सुरक्षाकर्मी र स्थानीयको टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको हो । तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको…

Read More

उदयपुर- उदयपुरको कटारी नगरपालिका– १४ भदौरेस्थित चनौटमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। सिद्धीचरण लोकमार्गअन्तरगत पर्ने चनौटमा सोलुखुम्बुतर्फ जाँदै गरेको ना‍ ८ ख ८२९७ नम्बरको ट्रक सोमबार बिहान दुर्घटना भएको हो। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परी चालक सुजित घलान, सहचालक नितेश खड्का, ट्रकमा सवार अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको खुलेको छ। ट्रक सडकबाट करिब एक सय मिटर खसेको छ। प्रहरीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं- कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुँदैछन् ।

Read More

पाल्पा- पाल्पा प्रहरीले युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ गरेको छ । जिल्लाको पुर्वखोला गाउँपालिका–३ दारोगौडा निवासी ३१ वर्षीय श्यामबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । दुई दिनअघि दर्जीले घरमा कोही नभएको बेला सोही पालिकाकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार बलात्कार गरेर फरार भएका दर्जी दोस्रो दिनमै पक्राउ परेका हुन् । प्रहरी चौकी पुर्वखोला र जिल्ला प्रहरी कार्यालय तानसेनबाट खटिएको टोलीले दर्जीलाई पक्राउ गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए । दर्जीमाथि अनुसन्धान अगाडि बढाइएको डिएसपी बताए ।

Read More

काठमाडौं- तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । घटनास्थ मुस्ताङको थासाङ गाउँपालिका–२ सानोश्वरेमा फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम पुगेको हो । टोलीले शव संकलन गर्न सरु गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा परेका छन् ।

Read More

धनुषा- आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ । जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । दुर्घटनाग्रस्त जहाजमा १३…

Read More

काठमाडौं- आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटना भएको अवस्थामा मुस्ताङमा फेला परेको छ । जिल्लाको थासाङ–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । मुस्ताङ प्रहरीका अनुसार विमान दुर्घटना स्थलबाट यार्सागुम्बा टिप्नेहरुले विमानको तस्बिर खिचेर पठाएका थिए । मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको हो । नेपाली सेनाले सार्वजनिक गरेको तस्बिरमा विमान टुक्रा–टुक्रा भएको देखिएको छ । पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । विमानमा १९ यात्रु र चालक…

Read More

काठमाडौं- आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटना भएको अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त तारा एयरको जहाज मुस्ताङ जिल्ला खासाङ गाउँपालिका वडा नं २ शनिश्चरेमा भेटिएको नेपाली सेनाले जनाएको छ । जहाज सोमबार विहान ७ः२० बजे भेटिएको हो । नेपाली सेनाले विमान दुर्घटना भएको तस्बिर सार्वजनिकसमेत गरेको छ । विमान टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको छ। नेपाली सेनासाथै अन्य सुरक्षाकर्मी र स्थानीयको टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको हो । सम्पर्कविहीन भएको विमान खोजीका लागि नेपाली सेनासहितको सेनाको हेलिकप्टर प्रयोग भएको थियो । मौसम प्रतिकुलताका कारण आइतबार स्थगित भएको विमानको खोजी कार्य सोमबार बिहानैबाट थालिएको थियो । थप विवरण…

Read More

काठमाडौं- आइतबार विमानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटना स्थल भेटिएको नेपाली सेनाले जनाएको छ । आइतबार बिहानैबाट सम्पर्कविहीन भएको विमान खोजीका लागि नेपाली सेनासहितको सेनाको हेलिकप्टर प्रयोग भएको थियो । मौसम प्रतिकुलताका कारण आइतबार स्थगित भएको विमानको खोजी कार्य सोमबार बिहानैबाट थालिएको थियो । त्यसपश्चात नै नेपाली सेनाले ट्वीट गर्दै जहाज भेटिएको जनाएको छ । थप विवरण केहीछिनमा आउने सेनाले जनाएको छ ।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ। प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ। सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More