Author: महेन्द्रनगर पोष्ट

बैतडी- बैतडीका विभिन्न ठाउँहरुमा शुक्रबार आएको हावाहुरीसँगैको असिनापानीले तरकारीमा क्षति गरेको छ । बन्दा काउली, टमाटर, आलुखेती लगायतका तरकारीहरु नष्ट गरेको हो । जिल्लाको दोगडाकेदार गाउँपालिका, दशरथचन्द, नगरपालिका, पाटन, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका सुर्नया गाउँपालिकाका विभिन्न ठाउँहरुमा असिनापानीले कृषिबालीमा क्षति पुर्याएको स्थानीयहरुले बताइका छन् । हावाहुरीले जिल्लाका केही ठाँउका घर विद्यालय गाउँघर स्वास्थ्य क्लिनिक भवनको छानो समेत उडाएको बताएको छ ।

Read More

मकवानपुर- मकवानपुरमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ४ च २३१५ नम्बरको गाडी जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी ड्याम नजिक सिमखोला पुलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुमध्ये हेटौँडा अस्पतालमा पुर्याइएका तीन जना र एक जनाको काठमाडौंमा रहेको ट्रमा सेन्टरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । जिल्लाको कृष्णपुर–४ मा आफ्नै देवरबाट महिला कटिएकी हुन् । कुटपिटबाट महिलाको टाउको र शरीरमा चोटपटक लागेको छ । उनको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहको छ । एकल महिलासमेत रहेकी महिलाले माइती देउताको बोक्सी लगाएको भन्दै लामो समयदेखि आफूमाथि कुटपिट हुँदै आएको बताएकी छन् । घरमा काम गर्दै गरेको अवस्थामा गाली गर्दै एक्कासी देवरले भाटाले आक्रमण गरेपछि आफू बेहोस भएको उनको भनाइ छ । पीडित महिलाका दुई छोरी र एक छोरा छन् । ठाडो उजुरीका आधारमा कुटपिटमा संलग्न व्यक्तिलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको जनाएको छ ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये अहिलेसम्म ८१ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा ३६ पालिकामा विजयी हुँदै नेपाली काँग्रेसले पहिलो स्थानमा रहेको छ भने २४ पालिकामा जित निकाल्दै एमाले दोस्रो र १४ पालिकामा जित निकाल्दै नेकपा माओवादी तेस्रो स्थानमा रहेका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ४, एकीकृत समाजवादीले २ पालिका र स्वतन्त्र उम्मेदवार १ पालिकामा विजयी भएका छन् ।प्रदेशका ७ पालिकामा अझै नतिजा आउन बाँकी छ । जस मध्ये ४ पालिकामा अहिले कांंग्रेसले अग्रता कायम गरेको छ । कञ्चनपुरका पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र अछामको साँफेबगर नगरपालिकामा कांग्रेस अगाडि छ । प्रदेशको एक मात्रै महानगरपालिका धनगढीमा…

Read More

कैलाली- काठमाडौंमा ८ वर्षअघि यौन हिंसाबाट पीडित किशोरीको पक्षमा शनिबार कैलालीको धनगढीमा प्रदर्शन गरिएको छ । युवतीहरुको समूहले धनगढीको चौराहाबाट एलएन चोक हुँदै मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले यौन हिंसाका घटनाको हद म्याद हटाउनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा पनि किशोरीको न्यायको आवाज उठेको थियो। सभामुखले पनि घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् । सडकदेखि सदनसम्म बलात्कारको विषय उठेपछि प्रहरीले पनि यसतर्फ चासो दिएको छ । प्रहरीले बलात्कार आरोपी एक जनालाई पक्राउसमेत गरिसकेको छ ।

Read More

कैलाली- कैलालीमा सशस्त्र प्रहरीले लागूऔषधिसहित ४ जनालाई पक्राउ गरेको छ । शनिवार टीकापुर नगरपालिका–८ खक्रौला नाकाबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बस्ने ३२ वर्षीय चित्रराज जैसी, २२ वर्षीय कृष्ण हमाल, २३ वर्षीय आकाश सुनार र ३५ वर्षका मदन विक रहेका छन् । प्रहरीले उनीहरुको साथबाट स्पास्मो प्रोक्सी प्लस क्याप्सुल २० ओटा फेला पारेको जनाएको छ । पक्राउ परेका चारैजना र बरामद २ ओटा मोटरसाइकल आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई बुझाएको सशस्त्र प्रहरील गणले जनाएको छ ।

Read More

कैलाली- कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत शनिवार सम्पन्न दुई खेलमा कञ्चनपुरको महेन्द्रनगर क्रीकेट एकेडेमी र लिटल फ्लावर क्रीकेट क्लब विजयी भएका छन् । शनिवारको पहिलो खेलमा बलरहरू चम्किँदा महेन्द्रनगर क्रीकेट एकेडेमीले विजयी सुरुवात गरेको छ । धनगढी क्रीकेट एकेडेमीलाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो खेलमै जित निकालेको हो । धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६।३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १३ रन मात्रै बनाउन सक्यो । १ सय १४ रनको सामान्य विजयी लक्ष्यसहित मैदान उत्रिएको धनगढी क्रीकेट एकेडेमीले महेन्द्रनगरका बलर सामु २० ओभर पुरै…

Read More

काठमाडौं- सौन्दर्य प्रतियोगिताको आयोजना गरेर किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रतियोगिताका आयोजक मनोज पाण्डे पक्राउ परेका छन् । आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिता आयोजना गरी उनले एक किशोरीलाई बलात्कार गरेको आरोप पीडित किशोरीले नै लगाएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । प्रहरीको उपत्यका अनुसन्धान कार्यलयले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको जनाएको छ ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित सुनिश्चित भएको छ । गणना गर्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि हमालको जित सुनिश्चित देखिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछिल्लो मतपरिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७५८ मतको अग्रता लिएका छन् । जम्मा खसेको ६३ हजार ७१५ मतमध्ये ५६ हजार २२६ मत गन्दा हमालले २४ हजार ५२९ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मतसहित हमाललाई पछ्याइरहेका छन् । अब ७ हजार ४८९ मत मात्रै गणना गर्न बाँकी छ । यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले…

Read More

दार्चुला- जिल्लाको सदरमुकाममा रहेको महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिरले पदभार ग्रहण गरेकै दिन नगरबासीको जनअपेक्षा अनुसारको विकास गर्ने प्रतिबद्धता जनाएका छन् । महाकालीमा नयाँ सरकारको नयाँ योजनासहित आफूले काम गर्ने बताउँदै उनले भने, ‘खलंगा बजार क्षेत्रलाई व्यवस्थित बनाउँदै समग्र महाकालीको विकासका लागि जनताको चाहना अनुसार अगाडि बढ्नेछु ।’ विकास भनेको निरन्तर प्रक्रिया भए पनि त्यसलाई कसरी र कुन ढंगले प्रस्तुत गर्ने भन्ने कुरा विज्ञहरुको सल्लाह अनुसार जाने उनले बताए । ‘नयाँ सरकार आइसकेपछि नयाँ योजना अनुसार अगाडि बढ्ने छौँ,’ उनले भने । अघिल्लो मेयरको कार्यकाल भन्दा सहज र जनतालाई स्थानीय सरकारको अपनत्व दिलाउने गरी काम गर्ने उनले बताए । यहाँको…

Read More