Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुन तोलामा दुईसय रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा दुईसय रुपैयाँले नै बढ्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढ्दै आज एकहजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छिन् । शुक्रबार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले अदालतले रुख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने तर यो निर्णय कसैको प्रभावमा आएर गरेको निर्णय भएको आरोप लगाइन् ।सरकारले विमानस्थलको बुटा मात्रै काट्ने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने उनले बताइन् । मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि…

Read More

काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवार भई पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित भएका बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन्। जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षा भए पनि निर्वाचनको परिणामले त्यो सफलता प्राप्त हुन नसकेको उनले बताए। ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु,’ उनले धन्यबाद वक्तव्य जारी गर्दै भनेका छन्, ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।’ काठमाडौंको विकास र समृद्धिप्रति…

Read More

काठमाडौं – पटकपटक महाधिवेशनको मिति सारेका भन्दै प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानान्तर भेला आह्वान गरेका छन् । पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् । काठमाडौंस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्तभित्र महाधिवेशन गर्ने बारेमा छलफल गर्ने सचिव नकुल अर्यालले जानकारी दिए । ‘विगत ८ वर्षदेखि युनियनको महाधिवेशन हुन सकेको छैन, आजै उदघाटन गर्नुपर्ने अधिवेशन सारेर भदौ १३–१४ पुर्‍याइएको छ,’ अर्यालले भने, ‘महाधिवेशन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको मिति तय गर्नेछ ।’ वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिंदै प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिएकी छिन् । महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात सिंहले आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् । उनले भनिन्, ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें ।’ उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि गरेकी छन् । मेयरकी प्रत्यासी सिंह ३८३४१ मतका साथ दोस्रो भएकी छन् ।

Read More

काठमाडौं –  काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले नगरवासीले दिएको अत्यधिक मतले आफू एकदमै खुसी भएको प्रतिक्रिया दिएका छन् । मेयरमा निर्वाचित भएका बालेनले अबको पाँच वर्ष आफ्नो सम्पूर्ण समय महानगरपालिकाको विकासका लागि दिने प्रतिबद्धता गरेका छन् । उनले आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘महानगरपालिकालाई मेरो सम्पूर्ण समय दिनेछु । महानगरपालिका बाहेक कुनै पनि काममा समय दिनेछैन’ उनले भने, ‘आफ्नो सम्पूर्ण क्षमता, लगनशीलता, क्षमता र ज्ञानलाई महानगरपालिका व्यवस्थित बनाउन, स्वच्छ, सफा र पूर्णविकसित विश्वकै उत्कृष्ट बनाउन लगाउनेछु ।’

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुखका लागि नवनिर्वाचित नगरप्रमुख बालेन्द्र शाह (बालेन) लाई पत्नी सबिना काफ्लेले बधाई दिएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत् बालेनलाई बधाई दिँदै अब मेरो बालेन हाम्रो बालेन भएको बताएकी छिन् । उनले निर्वाचन आयोगले बालेनलाई औपचारिक रुपमा विजेता घोषित भएलगत्तै घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन’ भन्दै प्रतिबद्धता समेत जनाएकी छिन् । उनले अगाडि लेखेकी छिन्, आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ । तिम्रो संयमता नै तिम्रो शक्ति हो…

Read More

काठमाडौं – विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ आउने भएको छ | धितोपत्र बोर्डले जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको छ | यस कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन हुन लागेको हो | जसमा (५ % ) ७५ हजार कित्ता सामुहीक लगानी कोष र (४% ) ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । जेठ २० गतेदेखि खुल्ने आइपीओमा जेठ २५ गतेसम्म आवेदन दिन…

Read More

महेन्द्रनगर – भीमदत्त नगरपालिकाले उल्टाखाममा हिंसाबाट पीडित बालिकाका परिवारलाई रु पाँच लाख नगद सहयोग दिने निर्णय गरेको छ । भीमदत्तका नगरप्रमुख पदम बोगटीले बिहीबार पहिलो कार्यपालिका बैठकबाट सहयोग दिने निर्णय गराउनुभएको छ । कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ । नगरप्रमुखको सचिवालयका नायबसुब्बा नरेन्द्रदेव भट्टले कार्यपालिकाको पहिलो बैठकबाट नगद र शिक्षा अध्ययनका लागि जिम्मेवारी दिइने निर्णय गरिएको बताउनुभयो । “मुख्यरूपमा पीडित बालिकाका परिवारलाई सहयोग र शिक्षा अध्ययनका लागि जिम्मा लिने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक निर्वाचनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनेलगायतका निर्णय गरिएका छन्…

Read More

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गर्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहणलगत्तै यस्तो निर्णय गरेका हुन् । प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारलाई सम्मानस्वरुप प्रतिपरिवार वार्षिक एकमुष्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने निर्णय गरेका छन्। यस्तै, घाइतेका लागि निःशुल्क उपचार हुने गरी स्वास्थ्य बीमा गर्ने निर्णय भएको नगरप्रमुख बमले जानकारी दिए। नगरपालिकाभित्र सञ्चालित विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अध्ययन निःशुल्क गर्न विद्यार्थीको भर्ना तथा पठनपाठन शुल्कवापतको रकम शोधभर्ना गर्ने निर्णय गरिएको छ। नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चौडी हाट स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७९र८० को…

Read More