Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीको धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले मंगबार राति धनगढी–२ ट्राफिक चोकबाट करिब ४ सय मिलीग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा आलिताल गाउँपालिका–३ बस्ने २७ वर्षीय भरत महरा, धनगढी उपमहानगरपालिका–१२ बस्ने २३ वर्षीय पुरन विक र डोटी गैरा घर बताउने २३ वर्षीय मोहन ओली रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कैलाली- कैलालीको धनगढीमा वृद्ध भत्ता बुझ्न लाइनमा बसेका एक जनाको मृत्यु भएको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न धनगढी–१८ को वडा कार्यालयमा लाइन बसेका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो । वडा कार्यालयमा पालो कुरिरहेका चौधरी एकाएक ढलेर बेहोस भएका थिए । उनी ढलेपछि उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । परिवारका अनुसार उनी दम र सुगर रोगबाट पीडित थिए ।

Read More

काठमाडौं- स्थानीय तह निर्वाचन अन्तर्गत अझै देशभरका पाँच पालिकाको नतिजा आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौतहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) अगाडि छन् । उनलाई नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले पछ्याइरहेकी छन् । उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा एकीकृत समाजवादीका बलदेव चौधरी अग्रस्थानमा छन् । उनलाई प्रतिद्वन्द्वी कांग्रेसका वसन्तकुमार बस्नेतले पछ्याइरहेका छन् । रौतहटको गरुडा नगरपालिकको प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवार अगाडि छन् । उनलाई एकीकृत समाजवादीका वृजकिशोर…

Read More

काठमाडौं- ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले पदभार ग्रहण गरेका छन् । बुधबार पद तथा गोपनियताको सपथ गरेपछि महर्जनले पदभार ग्रहण गरेसंगै विकेन्द्रीकरण कार्यान्वयन गर्ने एक महत्वपूर्ण निर्णय गरेका छन् । उनले वडाबाट गर्ने कुनै पनि निर्णयका लागि महानगरपालिकाको केन्द्रमा आउन नपर्ने निर्णय गरेका हुन् । विकेन्द्रीकरण कार्यान्वयनका लागि यो पहल गरिएको उनले बताएका छन् । यस्तै चक्रपथबाहिर फोहर सङ्कलन गर्न नसकेकाले अहिले महानगरले ट्रक किनेर सङ्कलन सुरु गरिने निर्णय पनि गरे । तीन सातापछि चक्रपथ बाहिर तालिका बनाएर नियमित फोहर सङ्कलन गरिने उनले बताए । उनले तेस्रो निर्णय राजस्व संकलन अनलाइनबाट गर्न प्रक्रिया बढाइने पनि निर्णय गरे ।

Read More

दार्चुला- दार्चुलामा जनप्रतिनिधिले सपथ लिएर काम सुरु गरेसँगै जिल्ला समन्वय समिति गठनबारे चर्चा सुरु भएको छ । ९ वटा स्थानीय तहमा गठबन्धनसहित चुनावमा होमिएको नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रुपमा समन्वय समिति बनाउने सम्भावना प्रवल देखिएको छ । चुनावमा वडा तहसम्मै गठबन्धन गरेको यी तीन वटा दलसँग प्रष्ट बहुमत छ । चार वटा स्थानीय तह प्रमुख र दुई वटा स्थानीय तहमा उपप्रमुखसहित माओवादीसँग ६ अंक भार छ । यस्तै नेपाली काग्रेससँग चार वटा उपप्रमुख उपाध्यक्ष जितेको छ । समन्वय समिति गठन गर्न १० अंक मतभार भए पुग्छ । नेकपा एमालेसँग ५ स्थानीय तह प्रमुख, २…

Read More

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा आज (बुधबार) सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलमा नभई एमालेभित्र अन्तर्घात भएको बताएका छन् । काँग्रेस, मा‌‌ओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यस पटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो यस विषयमा बृहत्‌रुपमा समीक्षा गरिनुपर्छ, अध्यक्ष ओलीलाई उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘चार-चार वटा महानगरपालिकामा हामीले उपमेयरमा जित्यौँ तर मेयर जित्न सकेनौँ । यो अन्तर्घातको कारणले हो ।’ वैशाख ३० गते भएको स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि अध्यक्ष ओलीले पहिलो पटक…

Read More

अछाम – अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा साेही नगरपालिक वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो । हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

Read More

काठमाडौं – सरकारले विभिन्न कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकमा जाने सरकारी प्रतिनिधिमण्डलको भ्रमण तालिका स्वीकृत गरेको छ । ५ वटा सरकारी टोलीको भ्रमण स्वीकृत भएको छ भने एउटा भर्चुअल बैठकको लागि टोली गठन गर्ने निर्णय भएको छ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार १० जेठमा बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरिटी लिडरसिप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गरेको छ । सरकारले संयुक्त राज्य अमेरिकाको हवाईस्थित मनोलोलुमा १८ देखि २० जेठ २०७९ सम्म आयोजना हुने कन्प्रिएन्सिभ सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई पनि…

Read More

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डा ट्रेडोस अधानोम गेब्रेयसस निर्वाचित भएका छन् । उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी ५ वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन् । गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुन: अर्को कार्यकालका लागि निर्वाचित भएका हुन् । गेब्रेयसस एक्लो उम्मेदवार थिए ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । आज (बुधबार) स्थानीय तहमा काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरूलाई सम्मान गर्न काँग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले काँग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आमनिर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएका हुन् । ‘स्थानीय निर्वाचनले काँग्रेसको लोकप्रियता बढेको पुष्टि गरेको छ । यस पटकको स्थानीय निर्वाचन आमनिर्वाचनको झल्को दिने खालको भयो । यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिले हाम्रो राम्रो परिणाम आयो’, थापाले भने । महामन्त्री थापाले मुलुकमा नयाँ अध्याय सुरु भइसकेको भन्दै कसैको आलोचना नगरी अघि बढ्नुपर्ने बताए । अबको निर्वाचनमा…

Read More