Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि नेपाली सेनाजस्तै १६ वर्षमै पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाइने व्यवस्थाका लागि गृहकार्य अगाडी बढेको छ । यसका लागि गृहमन्त्रालयको प्रशासन महाशाखाको टोलीले आवश्यक अध्ययन गरिरहेको छ । टोलीले आवश्यक अध्ययनसहित सरकारलाई सुझाव दिनेछ । नेपाली सेनामा सेनामा १६ वर्षमै पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाइने व्यवस्था छ । तर २० वर्षको अवधि पुगेपछि मात्र पेन्सनको सुविधा पाउने प्रावधान सेनामा छ । प्रहरीमा पनि लामो समयदेखि सेनाजस्तै पेन्सको व्यवस्थाका लागि माग उठ्दै आएको छ । प्रहरी प्रधान कार्यालयले पनि विभिन्न समयमा यस्तो सुझाव सरकारलाई दिदै आएको छ । सरकारले नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि…

Read More

काठमाडौं : नेपाली सेनाले उपरथी र सहायक रथीमा एक एक जनाको बढुवा गर्न लागेको छ। सैनिक साधारण सेवातर्फ रिक्त हुन आएका ती पदमा बढुवाका लागि सिफारिस गरिएको जानकारी गराउँदै पाँच जनाको नाम सार्वजनिक गरिएको छ। उपरथीका लागि वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र दरवन्दी रही हाल अफ्रिकी मुलुक केन्यामा डिफेन्स कलेज कोर्श गर्दै रहेका सहायक रथी मधुकरसिंह कार्की सिफारिस भएका छन्। दरवार हत्याकाण्ड ताका अधिराजकुमार निराजनको एडिसीमा तैनाथ उनी त्यसपछि पूर्व राजा ज्ञानेन्द्रको अङ्गरक्षक थिए। सहायक रथीमा सुरज गुरुङ,जगदिश खड्का, अमृतकाजी गुरुङ र चुलेन्द्रबहादुर थापा सिफारिस भएका छन्। तीमध्ये पहिलो नम्बरमा रहेका गुरुङ प्रधान सेनापतिको कार्यालयमा छन्। शान्ति कार्य निर्देशनालयका जगदिश…

Read More

काठमाडौं : सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा मधेश प्रदेशका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको हो । पूर्वप्रदेश सांसद यादवलाई असई विकको हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएको थियो । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं.४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए । महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको…

Read More

काठमाडौं : भारतको उत्तराखण्ड राज्यको हिमाली क्षेत्रमा रहेको केदारनाथको मन्दिर छेउमा भीषण हिमपहिरो गएको छ । मन्दिर छेउको गान्धी सरोबरमा गएको हिमपहिरोमा मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको त्यहाँको प्रहरीले जनाएको छ । प्रेस ट्स्ट अफ इण्डियाका अनुसार थप विवरण आउन बाँकी छ ।

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्न प्रस्ताव गरेका छन् । महामन्त्री ढकालले सभापति लामिछानेलाई ह्वाट्स्एपमा म्यासेज गरी बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका छन् । तर, गर्ने नगर्ने बारे कुनै प्रतिक्रिया नआएको महामन्त्री ढकालले जानकारी दिएका छन् ।  ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन,’ ढकालले भने । बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने एजेन्डा छ ।  गत बुधवार महामन्त्री ढकालले तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।

Read More

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक र उपप्राध्यापकहरुको बढुवा सिफारिस गरिएको छ। आज (आइतबार) विश्वविद्यालयका ५ जना सहप्राध्यापकको प्राध्यापक र ४ जना उपप्राध्यापकहरुको सहप्राध्यापकमा बढुवा सिफारिस भएको हो। उनीहरूको सुदूरपश्चिम विश्वविद्यालयको सेवा आयोगले उनीहरूको बढुवा सिफारिस गरेको हो। यसरी बढुवा सिफारिस हुनेमा सहप्राध्यापक सुरेस सिह भण्डारी, डा. गोविन्द बिष्ट, डा. हरिश चन्द्र भट्ट, डा.राजेन्द्र प्रसाद भट्ट र डा किसनदत्त भट्ट रहेका छन्। यस्तै उपप्राध्यापकबाट सहप्राध्यापकमा बढुवा सिफारिस हुनेमा अर्जुनसिंह नेगी, उद्धवदेव भट्ट, हरि शङ्कर पन्त र शिलनिधि चन्द रहेका छन्।

Read More

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् । गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । तर, पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो । कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको थियो । यसअघि बिहीबार नै मन्त्री नियुक्त गर्ने तयारी थियो ।…

Read More

काठमाडौं: नेपालमा केही वर्ष यता सुन तस्करी निकै मोलाएको छ। विभिन्न गिरोहहरुले नेपालमा सुनको तस्करी ह्वात्तै बढाएको पाइएको हो। पछिल्लो एक वर्षमा घटेका सुन तस्करीका काण्डहरुले नेपाल प्रहरीको सीआइबीसहितले अनुसन्धान गरिरहेको छ। जसमा हालसम्म ७२ जनाको गिरोह संलग्न रहेको खुलेको छ। यस्तै प्रहरीले अनुसन्धानमा संलग्न देखिएका २३ जना फरार रहेको पनि जनाएको छ। जसमा पिन्टु नामक भारतीय तस्करी गिरोहका मुख्य व्यक्ति भएको खुलेको हो। चिनियाँसँग उनले नै सीधै सुन किनेर भारत लैजाने गरेका थिए। त्यस्तै, पेवेल नेपालका सञ्चालक नेपालभूषण चन्द पनि फरार छन्। उनी नेपाली सेनाका पूर्वरथी हुन्। सजिलो पेका अध्यक्ष सुनील जाकिबन्जालगायत पनि फरार सूचीमा छन्। चिनियाँ गिरोहले नेपालमा…

Read More

काठमाडौं : आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ लाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो । मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् । पहिलो संसद्ले २०१६ असार १९ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ सम्म सभामुखको…

Read More

धनगढी: सुदूरपश्चिममा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएइएको छ। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आज (आइतबार) मन्त्रालयको विभाजन गरेर विना विभागीय ५ जना मन्त्रीहरुलाई जिम्मेवारी दिइएको हो। यस्तै आज नै उनीहरूले पदभार ग्रहण गर्ने बताइएको छ। सुदूरपश्चिममा हाल कायम रहेका मन्त्रालयहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाइएको हो। भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ। यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि…

Read More