Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – दुई वर्ष देखि स्थगित भएको कोरियन भाषाको परीक्षा १९ जेठ देखि ३ असारसम्म सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ १९ गतेबाट सुचारु गर्न लागिएको हो । २६ वैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भए पनि स्थानीय तह निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ । कोरियन भाषा परीक्षामा उत्तीर्णहरू मध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७…

Read More

कैलाली- प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले कैलालीमा गेटा मेडिकल कलेजका लागि भइरहेको आन्दोलनको कुनै अर्थ नभएको टिप्पणी गरेकी छन् । भिडियो सन्देश मार्फत उनले गेटा मेडिकल कलेजको लागि यसै आर्थिक वर्षमा बजेट व्यवस्था हुने आश्वासन दिँदै बेकारको आन्दोलन भइरहेको अभिव्यक्ति दिएकी हुन् । ‘निर्वाचनका कारण ढिला भएको हो । एक दुई हप्तामै समिति बन्छ । सञ्चालनको लागि यो बजेटमा बजेट आउँछ’ उनले भनिन् ‘यो बेकारको आन्दोलन गर्ने र बेकारको भ्रम सिर्जना नगर्न म अनुरोध गर्न चाहन्छु ।’ उनले गेटा मेडिकल कलेज बारे भइरहेको आन्दोलन सुन्दा अचम्म लागेको समेत बताएकी छन् । ‘गेटामा रहेको क्याम्पस सम्बन्धी विभिन्न टिका टिप्पणी…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले झर्नाखोला कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । बेलडाँडी गाँउपालिका १ र बेलौरी नगरपालिका ९ भएर बग्ने झर्नाखोला कटानीका कारण उर्बराभूमि क्षति हुँदै गएको छ ।झर्नाखोलाबाट पीडित नागरिकलाई आवत जावत गर्नका लागि राना टोल, ऐरी परिवारको घर जोड्ने क्षेत्रमा पुल निर्माणदेखि बेलौरी बेलडाँडी जोडने खडकखण्ड विस्तारमा समेत अनुरोध गरिएको छ । स्थानीय एव झर्नाखोला पीडित सुरेन्द्र साउदले झर्नाखोलाबाट पीडित नागरिकलाई घर जान पुल निर्माण, सडक विस्तार एव कटान नियन्त्रणका लागि गाँउपालिकाबाट पहल गरिदिन आग्रह गरेका छन् । स्थलगत अनुगमन गर्दै गाउँपालिका प्रमुख रानाले कटानी नियन्त्रण गर्न तटबन्ध निर्माण, सडक विस्तार एव पुल निर्माणका…

Read More

कञ्चनपुर- कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–६ मा महाकाली नदी किनारमा शवदाहा निर्माण गरिएको छ । नेपाली सेनाले निर्माण गरेको शवदाह गृह नगरपालिकालाई हस्तान्तरण गरिएको छ। नेपाली सेनाको २५ नम्बर वाहिनी अन्तर्गत रहेको श्रीदल गुल्मले ८ लाख ९४ हजार ५८४ रूपैयाँको लगानीमा शवदाह गृह निर्माण गरेको हो । २५ नम्बर वाहिनीका वाहिनीपति पुरुषोत्तम ढकालले निर्माण गरिएको शवदाह गृह नगरपालिका प्रमुख किशोरकुमार लिम्बुलाई हस्तान्तरण गरेका छन् । शवदाह गृह निर्माण भएपछि दोधारा–चाँदनी नगरपालिका बासिन्दालाई शवको दाहसंस्कार गर्न निकै सहज हुने भएको छ ।

Read More

कञ्चनपुर- कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाका आरक्षपीडितका समस्या समाधान पहल गरिदिन माग गर्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाइएको छ । बेलडाँडी गाउँपालिकाका निर्वतमान प्रवक्ता तथा निर्वतमान वडाध्यक्ष अम्मरबहादुर खत्रीको नेतृत्वमा आएको टोलीले नवनिर्वाचित अध्यक्ष हरिचन्द्र रानालाई समस्या समाधान गर्नका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापत्र पत्र बुझाएका हुन् । गाउँपालिकाको बेलडाँडी र लालझाडी गाउँपालिकाको ढक्का शिविरमा बस्दै आएका आरक्षपीडितका समस्या समाधानका लागि प्रदेश तथा संघ सरकारसंग समन्वय गरि पहल गरियोस भनि ज्ञापन पत्र बुझाइएको खत्रीले बताए । ज्ञापन पत्र बुझदै अध्यक्ष रानाले आरक्षपीडितको पक्षमा आफू रहेको र यो समस्या समाधान गर्नका लागि प्रदेश र संघ सरकारलाई गुहार माग्ने बताए । उनले आफ्नो पहिलो…

Read More

कैलाली- कैलालीमा स्थानीय तह निर्वाचनअन्तर्गत कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएका छन् । निर्वाचनका लागि पालिकामा मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन, मनोनयन दर्ताजस्ता कार्य भएका छन् । निर्वाचन आयोगले १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरी सक्न निर्देशन दिएपछि निर्वाचन अधिकृतका कार्यालयले निर्वाचनका गतिविधि सुरु गरेका हुन् । कैलालीको टीकापुरमा आठ जना कार्यपालिका सदस्य चयन गर्न १८ गते निर्वाचन हुने भएको छ । टीकापुर नगरपालिका कार्यपालिका सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिए । उनका अनुसार तीन पार्टीबाट ११ जनाको उम्मेदवारी परेको छ । अल्पसङ्ख्यकमा भने कुनै पार्टीबाट उम्मेदवारी परेको छैन ।…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ८१ पैसा र बिक्री दर १२४ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ५९ पैसा र बिक्री दर १३३ रुपैयाँ २३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ०३ पैसा र बिक्री दर १५६ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Read More

काठमाडौं- हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ । यसले गर्दा देशभरको मौसममा बदली भएको छ। जसअनुसार आज (शनिबार) प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ । मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार केहि स्थानहरूमा मेघ गर्जन÷चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More

काठमाडौं- गणतन्त्र दिवसको अवसरमा सरकारले ८ सय ३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५ सय ४७ जनाको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार वि.सं. २०७९ जेठ १५ देखि माफी मिनाहा गरिएको हो । संविधानको धारा २ सय ७६ र मुलुकी फौजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी जनाइएको छ ।

Read More

काठमाडौं- कुनै एक व्यक्तिलाई फोनमार्फत र भेटघाटमा धम्क्याएर करोडौं रुपैयाँ असुल्न खोज्ने एक समूहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । चार जना पुरुष र एक जना महिलासहितको समूहले व्यक्तिलाई फोन गर्ने, यदाकदा भेट्ने र धम्क्याएर करोडौं रुपैयाँ माग्ने गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई समातेको हो । सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानबाट समातेको जनाएको छ । पक्राउ पर्नेमा गोठाटार बस्ने उदयपुरको त्रियुगा–१० का २१ वर्षे सुजन आचार्य, कालिकोटको सान्नित्रिवेणी ८ घर भई हाल बूढानीलकण्ठ बस्ने २९ वर्षे टेक बिक र खप्तडछान्ना ७, बझाङ घर भई हाल कोटेश्वर बस्ने २९ वर्षे धर्मराज…

Read More