Author: महेन्द्रनगर पोष्ट

काठमाडौं — सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन बदर, उक्त प्रतिवेदन स्वीकृत गर्ने वन तथा वातावरण मन्त्रालय बदर गर्ने फैसला गरेको सर्वोच्च अदालत स्रोतले बताएको छ । सर्वोच्च स्रोतका अनुसार आदेशमा उक्त स्थानमा विमानस्थल निर्माण नगरी विमानस्थलका लागि अन्य कुनै स्थान विकल्पको रुपमा प्रस्तुत गर्न समेत आदेश दिएको छ ।

Read More

एजेन्सी – अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा १६ पुगेको छ । यसमध्ये केही आक्रमणहरू इस्लामिक समूहले जिम्मा लिएका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले देशलाई नै हल्लाएको छ ।उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनीबसहरु राखेको तीनवटा बम विस्फोटमा परी १० व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् । यस सहरका विभिन्न जिल्लाहरु तीनवटा मिनिबसमा बम रहेका बाल्खा प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले एएफपीलाई बताउनु भएको छ । बाल्ख स्वास्थ्य विभागका प्रमुख…

Read More

काठमाडौं – जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा सांसद हृदेयश त्रिपाठीले नीति तथा कार्यक्रममा नीति भने कतै नभएको बताएका छन् । बिहीबारको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममा उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा २०७९/८० मा कार्यक्रमहरू भए पनि नीति भने कतै नभएको बताए । कार्यक्रममा संशोधन प्रस्ताव राख्दै उनले स्थानीय तह निर्वाचनमा दलविहीन भयो भने जनताले सही र उचित व्यक्तिलाई मत हाल्न पाउने जानकारी दिए । उनले ६ वटा बुँदामा प्रस्ताव राख्दै कृषि, बैङ्क, महालेखा, निजामती विधेयक, नागरिकतासम्बन्धी ऐन, परीक्षण लगायतका विषयमा संशोधन प्रस्ताव राखेका छन् ।

Read More

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले पेट्रोलियम पद्धार्थको विकल्प दिनु पर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । नेकपा एकीकृत समाजवादीका सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पेट्रोलियम पद्धार्थको विकल्पका रूपमा विद्युतको प्रयोग बढाउन सरकारको ध्यान नीति तथा कार्यक्रम हुनुपर्ने सुझाव दिइन् । उनले नेपालमा पहिलादेखि सञ्चालनमा आएका उद्योग कलकारखाना पुनः सञ्चालन गर्नुपर्ने र कृषिजन्य उत्पादनमा वृद्धि गर्नुपर्ने सुझाव दिइन् । नेकपा (माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले सरकारको नीति तथा कार्यक्रममा रैथाने, परम्परागत पेसालाई आधुनिकीकरण गर्दै व्यवस्थित गर्न विदेशबाट ल्याउने कच्चापदार्थमा कर छुट दिनुपर्ने…

Read More

हेटौंडा – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दा पक्राउ परेका अनेरास्ववियुका नेताहरू रिहा भएका छन् । हेटौंडामा बिहीबार मकवानपुर बहुमुखी क्याम्पस अगाडि सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरू रिहा भएका हुन् । अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, जिल्ला सचिव पुस्कर तिमल्सिना र युवा संघका रजकुमार घिमिरे पक्राउ परेका थिए । मूल्यवृद्धिविरुद्धको अनेरास्ववियुको कार्यक्रमअन्तर्गत जिल्लामा सरकारी सवारीहरूलाई आवतजावतमा रोक लगाउनले क्रममा उनीहरू पक्राउ परेका थिए । उनीहरुले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अनेरास्ववियुले विभिन्न चरणबद्ध रूपमा आन्दोलनको कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन् ।

Read More

काठमाडाैं – नेकपाएमाले अध्यक्ष केपी ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइडबडी, ३३ किलो सुनकाण्ड छानबिन गर्न चुनौती दिएका हुन् । आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको र रिजर्भ बैंकमा पैसा राखेको आरोपको जवाफ दिँदै ओलीले भने, ‘मेरो र मेरो श्रीमतीको चलअचल सम्पत्ति राज्यको नाममा गरेको छु ।’ आफूले रिजर्भ बैंकमा पैसा नराखेको बताएका ओलीले भने, ‘एक विद्वानले मैले रिजर्भ बैंकमा पैसा राखेको भन्नुभयो । रिजर्भ बैंकले पनि सुनोस्, त्यो पैसा उनै आरोप लगाउने विद्वानको नाममा गरिदिए…

Read More

काठमाडौं – आज बसेकोप्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रममा सम्बोधन गर्दै केपी शर्मा ओली ले भने ,”चुर्लुम्म डुबेर भ्रष्टाचार आफू गर्ने तर भ्रष्टाचारको लान्छना अरुलाई लगाउने, भ्रष्टाचार गर्न अनुकुल वातावरण बनाउन काँग्रेस सफल देखिन्छ | बडा चर्चा गर्या सुनिन्छ वाइड बडी काण्ड, छानबिन गर्नुस् न वाइड बडी काण्ड | कसले सम्झौता गर्यो, कसले भुक्तानी गर्यो, कसले भुक्तानी सुरु गर्यो ?” त्यस्तै, “मैले आफ्नो सम्पूर्ण चलअचल सम्पति राज्यको नाममा गर्देको छु | मैले के राज्यका नाममा सम्पति ल्याइदिनका लागि, आफ्नो सम्पति राज्यका नाममा गर्दिनका लागि भ्रष्टाचार गर्दिनु पर्ने ? के का लागि भ्रष्टाचार गर्नु पर्यो मैले ?, उनले भने “म माथि…

Read More

काठमाडौं – नाबालिग बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारको लागि पेशी तोकिए पनि सुनुवाई स्थगित भएको हो । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । शाहका कानुन व्यवसायीको निवेदनपछि सुनुवाई स्थगित गरिएको हो । यो इजलासको पहिलो नम्बरमै मुद्दाको पेशी थियो । पलसँगै उनका म्यानेजर कृष्ण जोशीको समेत सुनुवाई स्थगित भएको हो । यतिबेला उनी पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध तीन वटा निवेदन उच्च अदालत पोखरामा परेका छन् । दुवै जिल्ला…

Read More

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले सो नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका छन् । छलफलमा बोल्दै नेपाली कांग्रेसका कमलादेवी पन्तले सरकारको नीति तथा कार्यक्रम समग्रमा राम्रो भएको र कार्यान्वयन प्रभावकारी हुनुपर्ने बताए । उनले शिक्षा र स्वास्थ्यका विषयका साथै मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने विषयमा अलि बढी ध्यान दिनुपर्ने सुझाव दिए । नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले नीति तथा कार्यक्रम झुटको खेती भएको आरोप लगाउँदै कार्यान्वयन गर्ने प्रतिबद्धता नभएको धारणा राखे । उनले भने, “नीति तथा कार्यक्रम चिट चोर्न नजान्ने विद्यार्थीको उत्तरपुस्तिका जस्तो छ, वित्तीय अनुशासनको कुरा पनि नीति…

Read More

काठमाडौं – नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पल शाह भनिने पूर्ण विक्रम शाह थुनछेक आदेशको मुद्दामा बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको छ । एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए । दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले बिहीबारका लागि…

Read More