Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको भैरहवामा होल्ड गरिएको छ। चरा ठोकिएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ । हवाई जहाजको बाहिरी भागमा रगत देखिएको छ । तर रनवेमा कतै चरा नदेखिएको विमानस्थलका अधिकारीले बताएका छन्। पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोकिएको आशङ्का गरेका छन् । १ सय २१ जना यात्रु बोकेर आएको जजिरा एयरलाइन्सको जहाज राति पौने २ बजे चरासँग ठोकिए पनि सबै सकुशल रहेका छन् । काठमाडौँबाट प्राविधिक गएर चेकजाँच गरेपछि मात्र जजिराले त्यहाँबाट उडान भर्ने छ ।…

Read More

काठमाडौं- महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन् । सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन ४३ हजार ७ सय ५७ मतसहित अग्रता फराकिलो पारेका छन् ।दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले २५ हजार ६ सय ८० मत पाएकी छन्। बालेनले सिर्जनाको भन्दा १८ हजार ७७ मत धेरै पाएका छन् । तेस्रो स्थानमा धकेलिएका एमालेका केशव स्थापितले २४ हजार ५८८ मत पाएका छन् । सिर्जना र स्थापितको मतान्तर १ हजार ९२ छ । काठमाडौंमा हालसम्म १ लाख २४ हजार ५४४ मत गणना भइसकेको छ। यहाँ १ लाख ९० हजार ९८४…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही देशका अन्य भूभागमा आंशिक देखि सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा र मेघ गर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि…

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर, उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् । बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश पन्तले ८ हजार १ सय ४९ मत प्राप्त गरे । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाए । बोगटी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेकै सुरेन्द्र बिष्टसंग १६६ मतले पराजित भएका थिए । उपमेयरमा निर्वाचित जोशीले १२ हजार २ सय १६ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत पाए ।…

Read More

कञ्चनपुर- पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले विजयी भएको छ । मेयरमा कांग्रेसका तोयप्रसाद शर्मा १० हजार ६ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेका पदमबहादुर पुजाराले ४ हजार ६७६ मत मात्रै ल्याउन सके । यस्तै, माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका जीवनराज थापा ३ हजार ७३४ मत ल्याए । पुनर्वास नगरपालिकाको निवर्तमान मेयर समेत रहेका थापा नेकपा एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्ष पनि हुन् । उपमेयरमा कांग्रेसकी भुलिया राना ७ हजार ३४५ मत सहित विजयी भएकी छन् । उपमेयरमा गठबन्धनबाट माओवादीका धोखे रानाले ५ हजार ४९२ मत ल्याए । यस्तै एमालेकी सुशिला खत्री ५ हजार ३०३ मतमा रोकिइन्…

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम ७ सय २६ वटा पालिकाको सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जितेको छ भने नेकपा एमालेले दोस्रोमा छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रोमा छ । कांग्रेसले ३ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ भने २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । एमालेले १ सय ९७ वटा पालिकाको प्रमुख जितेको छ भने २ सय २५ वटा पालिकाको उप–प्रमुख पदमा जितको छ । त्यस्तै नेकपा माओवादी केन्द्र १ सय २० वटा पालिकाको प्रमुखमा विजयी भएको छ भने १ सय २८ वटा पालिकाको उपप्रमुख पद…

Read More

काठमाडौं- नाबालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसा कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी नाबालिग सहभागीलाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, हदम्यादका कारण बलात्कारमा नभई मानव बेचबिखनको मुद्दा उनीमाथि चलाउने तयारी भइरहेका बेला अर्की नाबालिगले आफूमाथि पनि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीकहाँ पुगेपछि उनीमाथि यौन दुर्व्यवहारकै मुद्दा चल्ने पक्का भएको हो । तीनै नाबालिगले जिल्ला प्ररहरी परिसरमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । उनलाई सोमबार जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि म्याद लिने तयारी रहेको छ । नाबालिगमाथिको घटना एक वर्षअघिको…

Read More

बझङ- राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले स्थानीय तह सदस्य निर्वाचनका क्रममा असहयोग गरेको भन्दै पार्टीका ९ जनालाई कारबाही गरेको छ । आइतबार पार्टीको जिल्ला कार्यसमितिले एक विज्ञप्ति निकाल्दै पार्टीमा रहेका ९ जनालाई साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निलम्बन गरेको जनाएको हो । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही र सर्वसाधारणको जानकारी लागि भन्दै पार्टीका पूर्व पार्टी सहअध्यक्ष विश्वप्रकाश जेठारा, पूर्व पार्टी सल्लाहकार लालबहादुर खड्का, पूर्व पार्टी सचिव जनकबहादुर ओली, पूर्व कोषाध्यक्ष्य सुरतबहादुर च्वाँन, पूर्व पार्टी सदस्य जगतबहादुर सिंह जरोबरलाई कारबाही गरेको छ । त्यसैगरि पूर्व पार्टी उपाध्यक्ष जुनादेवी सिंह, वर्तमान पार्टी उपमेयर मनादेवी सिंह, वर्तमान महिला उपाध्यक्ष जानकीदेवी खाती र…

Read More

काठमाडौं – चितवनको भरतपुर महानगरमा मेयर पदमा उम्मेदवारी दिएकी रेणु दाहालले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेकी छिन्। पछिल्लो मतपरिणामअनुसार उनले ४० हजार ५८९ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा नेकपा (एमाले) का विजय सुवेदीले ३१ हजार ५७० मत प्राप्त गरेका छन्। यसअनुसार दाहालले आफ्नो अग्रतालाई ९ हजार १९ मत पुर्‍याएकी छिन्। त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १३ हजार २०६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरतर्फ नेपाली काग्रेंसका चित्रसेन अधिकारीले ४४ हजार ९७ मत ल्याउँदै आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । त्यस्तै उपमेयर पदमा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २५ हजार…

Read More

काठमाडौं- नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गरेको छ । प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने गरी पत्रकार सम्मेलन आयोजना गरिएको हो । त्यसक्रममा समसामयिक विषयमा पनि प्रष्ट पारिने बताइएको छ ।

Read More