Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीको धनगढी उपमहागनरपालिकाका एक मतदान अधिकृत मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा खटिएका मतदान अधिकत दिजराज भट्ट त्यसतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका हुन् । भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियोसंग ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी बेदप्रकाश जोशीले बताए । उनका अनुसार घाइते भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई गम्भीर भएर भन्दा पनि उपचारमा सहज होस भन्नका लागि मात्रै काठमाडौं लगिएको हो । उनको खुट्टा र ढाडमा चोट लागेको छ । मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइ सकिएको निर्वाचन…

Read More

काठमाडौं – कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै मतदान अधिकृत मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित आ–आफ्नो मतदान केन्द्रमा खटिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाइसकेको जानकारी दिए ।“मतदान अधिकृत आ–आफ्नो केन्द्रमा पुगेर सर्वदलीय बैठकसमेत गरिसकेका छन् ।” उनले भने,“ निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।”यसैगरी बुधबार र बिहीबार मतदान केन्द्रमा नयाँ मतदाता र हराएको भनि निवेदन दिएकालाई मतदान परिचयपत्र वितरण गरिने निर्वाचन कार्यालयले जनाएको छ । “ हिजो रातिदेखि मौन अवधि सुरु भएको…

Read More

काठमाडौं – नेपालमा गत २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ३७८८ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् भने कसैले पनि कोरोनाकै कारण ज्यान गुमाउनु परेको छैन । मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ११ हजार ५ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । नेपालमा अहिलेको अवस्थामा १८७ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

जनकपुरधाम – सिरहामा मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता प्रेमकुमार लामालाई प्रहरीले पक्राउ गरेको छ I बुधबार दिउँसो लामालाई गोलबजार नगरपालिका–२, गुरुधाममा एक मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा टोलवासीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । लामाको साथबाट नमुना मतपत्र र नौ हजार रुपैयाँ बरामद गरेको छ ।

Read More

कपिलवस्तु – कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो । लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको खबर प्राप्त भएपछि कपिलवस्तु प्रहरी गएर बरामद गरेको हो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ । १२ कार्टुन (२६ बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी जेसी शाहले बताए । निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेले रक्सी बाँड्न लगाएको आरोप छ ।

Read More

काठमाडौं – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान नगरिने भएको छ। सबै मतगणना स्थलमा सीसीटिभी जडान सम्भव नभएपछि भिडियो रेकर्ड भने गरिने आयोगले जनाएको छ । देशभरका सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटिभी क्यामेरा राख्ने व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको थियो । आधा भन्दा कम स्थानीय तहमा मात्रै सीसीटिभीबाट मतगणनाको निगरानी असम्भव भएको हो । आयोगको अनुसार आधा स्थानीय तह (३ सय) स्थलमा मात्रै सीसीटिभी क्यामेरा राखिने छ ।

Read More

कपिलवस्तु – कपिलवस्तु महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । सो नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो । निर्वाचन कार्यालयले जेठ ३ मा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । जसअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली काँग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ । निर्वाचन अधिकृत कुवेर पाण्डेयले नगरपालिकाभरी नै ३ गते मतदान हुने बताए । सो नगरपालिकामा मौन अवधि वैशाख ३१ गते साँझबाट लागु हुनेछ ।

Read More

बुटवल – सुन चोरीको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत वैशाख १३ मा बुटवल उपमहानगरपालिका–१३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ वर्षीया मोहसिन अब्दुल्ला खान, उत्तर प्रदेशकै निसानगन्ज महानगरका २२ वर्षीया मोहम्मद सरिक र उत्तर प्रदेशकै गोमती कोलोनीका ३५ वर्षीया मोहद जिसान खान रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए । वैशाख २६ मा लुम्बिनी सांस्कृतिक–४ महुवारीबाट उनीहरु पक्राउ परेका हुन् । रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको चोरी गर्ने समूह नै…

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि देशभरि २ लाख ७० हजार सुरक्षाकर्मी परिचालित गरिएको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचनको सुरक्षामा कुनै कसर बाँकी नराखिने बताउदै निर्वाचन सुरक्षाबारे जानकारी दिएका हुन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, “स्थानीय तह निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी र नेपाल प्रहरी पहिलो घेरामा छन् । त्यसपछिको घेरामा नेपाली सेना परिचालित छ । देशभरि २ लाख ७० हजार सुरक्षाकर्मी परिचालित छन् ।” उनले मतदातालाई मतदान केन्द्रसम्म सुरक्षाको प्रत्याभूति गरिएको दाबी गरे । पोखरेलले भने, “म कुन पार्टी वा कुन चिह्नमा छाप लगाउने…

Read More

सुर्खेत – उपल्लो डोल्पामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको हो । मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । उनका अनुसार विकको लेक लागेर मृत्यु भएको हो । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

Read More