Author: महेन्द्रनगर पोष्ट

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो । स्थानीयवासी चित्रबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताउनुभयो । “मतदान हुने अघिल्लो दिन गाउँबाट हिँडेर नाउरामा पुगेपछि बास बस्छाँै, भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्केपछि नाउरामै बास बस्छौँ”, उहाँले भन्नुभयो, “घरबाट हिँडेको तेस्रो दिनमात्र फर्कन सकिन्छ ।” धवलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती बगर र…

Read More

काठमाडौं- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले २०७८ साल चैत १९ गते लिएको प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा आयोगको वेबसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेशका ९ वटै जिल्लामा निर्वाचनको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ । प्रदेश निर्वाचन कार्याललयका निमित्त प्रमुख प्रेमराज भट्टले प्रदेशका सबै मतदान केन्द्रहरुमा आवश्यक सामग्रीसहित कर्मचारीहरु मङ्गलबार नै खटिसकेका बताए । उनले मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले बिहीबार (आज)सम्म मतदाता परिचयपत्र वितरण, निर्माणको कार्य गर्ने बताए । स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम अन्तिम चरणमा छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको छ । प्रत्येक मतदान केन्द्रमा स्वयंसेवक खटिएका छन्…

Read More

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मन्त्री आलेले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने क्रियाकलाप गरेको आरोपमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगमा उनीविरुद्ध डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्काउने र भोजभतेर गरेको तथा रकम बाँडेको उजुरी परेको छ । साथै उनीविरुद्ध डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र गर्ने खालका भिडियो सार्वजनिक स्थलमा राखेको आरोप छ ।

Read More

काठमाडौं- मादक पदार्थ खाएका व्यक्तिलाई मतदान केन्द्रमा प्रवेश नदिइने भएको छ । मतदाता नै भए पनि मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान केन्द्रमा प्रवेश नदिन निर्वाचन आयोगले मतदाताले मतदान अधिकृतलाई निर्देशन दिएको छ । यस्तै मतदाता वा कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर तथा एसिडजस्ता प्रज्ज्वलनशील पदार्थ लग्न नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जानिने वस्तुपनि लग्न पाइने छैन । आयोगले मतदान केन्द्रमा निषेधित गतिविधि भए कारबाही गर्ने चेतावनी दिएको…

Read More

दाङ- नेकपा एमालेले दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । उनी यसअघि मृत्यु भएका अध्यक्षकै उम्मेदवार प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् । एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको हो । उनले बुधबार मनोनयन दर्ता गराएका छन् । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन जेठ ३ गते तोकेको छ ।

Read More

डोटी- डोटीमा स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल एक लाख २३ हजार ५५३ जनाले मतदान गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लामा ६५ हजार २७१ महिला तथा ५८ हजार २८२ पुरुष रहेका छन् । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको डोटीमा नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरी निर्वाचनमा सहभागी भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा सत्तापक्षमै रहेको नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।निर्वाचनका लागि आवश्यक…

Read More

काठमाडौं- स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् । मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३…

Read More

डोटी- कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । मालिी यातायातको सु.प.प्र. ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ५ः ४५ बजेको समयमा डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा दुर्घटना भएको जिल्ला ट्राफीक प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा परेर बसमा सवार ३० जना घाइते भएका छन् । उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिँदै गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Read More

काठमाडौं- जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई सातामा दुई दिन बिदा दिइने भएको छ । बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई साताको शनिबार र आइतबार गरि दुई दिने बिदा दिने निर्णय गरेको हो । यसअघि दिइदै आइएको शुक्रबारको आधा छुट्टीको व्यवस्था हटाउँदै शनिबार र आइतबार भने निजी र सार्वजनिक विद्यालय पूर्ण रुपमा बन्द हुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । मन्त्रालयको बैठकले हिउँदे, वर्षे, स्थानीय वा पर्व बिदाहरुलाई कटौती गरेको छ । अब वर्षमा ३० दिन मात्रै बिदा दिहुने निर्णय गरेको छ । यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा…

Read More