धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले एमालेका नेता भीम रावललाई तल्लो तहमा भ्रम नफैलाउन चेतावनी दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष जैशीले निर्वतमान उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरि अनावश्यक रुपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरि लेखिएको विषयप्रति पार्टी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडी बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बिचमा…
Author: महेन्द्रनगर पोष्ट
चैनपुर (बझाङ)- तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत समस्याले च्याप्यो। घरायसी काममा दौडधुप बढी भएपछि बिरामी परेकी उनलाई हत्तपत्त सञ्चो हुने अवस्था थिएन। स्वास्थ्य चौकीमा परीक्षण गर्न जाँदा स्वास्थ्यकर्मीले दैनिक तीनपटक खानु भनेर ‘सिटामोल’ मात्रै थमाए। त्यसले बिसेक नभएपछि थप उपचारका लागि उनी खप्तड राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको स्वास्थ्य उपचार केन्द्रमा गइन्। त्यहाँ गएपछि भने उनलाई केही दिनमै सञ्चो भयो। खप्तडछान्ना गाउँपालिका –६ राजकोटकी तारा उपचार गर्न खप्तड गएपछि भारतबाट आएका छिमेकी भने अचम्ममा परेका थिए। “उपचारका लागि सहरतिर जानुभन्दा लेकतिर गएपछि अचम्म लाग्यो”, १५ वर्ष भारतमा काम गरेर फर्किएका देवकुमार थापाले भने, “सबै उपचार गर्न…
धनगढी: सशस्त्र प्रहरी बल नेपालले कैलालीस्थित त्रिनगर भन्सार क्षेत्रमा कडाई गरेको छ। चाडपर्वमा नेपाल भारत सीमानाका गौरिफन्टा हुँदै सुदूरपश्चिमेलीहरु निरन्तर स्वदेश फर्किरहेका छन्। सोही क्रममा नेपालीहरुलाई ठगिन नदिन सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कडाई गरिएको जनाएको छ। जसमा त्रिनगर प्रहरी, सशस्त्र प्रहरी बल नेपालका डीएसपी बिष्णुराज उप्रेतीसहितको टोली खटिएको छ। जसमा टोलीले भारतीय क्षेत्रमा हुने लुट, नेपालमा लिइने अचाक्ली भाडा तथा अवैध लेनदेन गर्ने अटो चालकलाई नियन्त्रणमा लिने कार्य गरिरहेको छ। यस्तै सशस्त्रले भन्सार छली पनि रोक्न सक्रियता बढाएको जनाएको छ।
काठमाडौं: दरबारमार्गस्थित याक एण्ड यती होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ। बजार अनुगमनको क्रममा होटलले गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीस्वरुप जरिवाना गरेको हो। विभागका अनुसार होटलले तोकिएकोभन्दा बढी मूल्यमा पानी बेच्नुका साथै म्याद गुज्रिएको सामानसमेत बिक्री गरेको पाइएको छ। त्यस्तै, काठमाडौं महानगरपालिका–१७, मा रहेको रन्जीता ब्युटी होम एण्ड सक्रिन केयरलाई पनि ७५ हजार रुपैयाँ जरिवानाको कारवाही भएको छ। मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेवापत विभागले कारवाही गरेको हो।
बिर्तामोड: दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए। सुनसरीको दुहबीमा जुट (पाटा) पुर्याएर पूर्वतर्फ आउँदै गरेको ट्रकमा १०/१२ जनाको समूहले आगजनी गरी फरार भएको थियो। ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको थियो। आगलागीबाट ट्रर्कको अगाडिको भाग पूर्ण रुपमा जलेर नष्ट भएको थियो। आगलागीबाट ट्रर्कका चालक भारत इस्लामपुर बस्ने वर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते…
विराटनगर: मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ। आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन्। प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनालगत्तै प्रहरीले कार र चालक…
काठमाडौं: सरकारले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक उपर लोक सेवा आयोगको परामर्श लिन स्वीकृति दिएको छ। गृह, अर्थ र कानुन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा पुगेको सो विधेयकको मस्यौदालाई परामर्श र स्वीकृति लिनका लागि लोकसेवा पठाउन लागिएको हो। विधेयकमा सशस्त्र प्रहरीको एसपीको सेवा अवधि गायव भएकोमा कानुन मन्त्रालयले फिर्ता गरेको छ। अब एसपीको सेवा अवधि ८ वर्ष कायम गरिएको छ। साथै एसएसपीको सेवाअवधि ६ वर्ष कायम गरिएको स्रोतले जनाएको छ। यसअघि एसएसपीको सेवा अवधि ८ वर्ष बनाइएको थियो। स्रोतका अनुसार नेपाल प्रहरीतर्फ भने ३० वर्षे सेवा…
काठमाडाैं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनीविरुद्ध केदार भण्डारीले अख्तियारसहित प्रधानमन्त्री कार्यालय, प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समिति र गृह मन्त्रालयमा पनि उजुरी दिएका हुन्। कुँवरले प्रहरी सरुवा तथा बढुवामा आर्थिक लेनदेन गरेको, व्यापारीसँग असुली गरेकाे, तस्करबाट पैसा उठाएकाे लगायतका विभिन्न आराेपसहित उजुरी परेकाे स्राेतले जानकारी दिएकाे छ। उजुरीपछि अख्तियारले छानबिन प्रक्रिया सुरू गरिसकेकाे स्राेतले बताएकाे छ। स्राेतका अनुसार कुँवरले गत १० साउनमा मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापाल सरुवा गर्दा प्रतिव्यक्ति २ देखि ७ लाखसम्म असुलेकाे उजुरीमा उल्लेख छ। यस्तै कुँवर मधेश प्रदेशमा (डिआइजी) भएको बेला हुन्डी कारोबारी…
काठमाडौं: कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुरा भएको छ। सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा परेका हुन्। एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ । गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि इजरायलमा रहेको नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे पत्ता लाग्न सकेको छैन। गत वर्ष ७ अक्टुबरकै दिन हमासले…
डडेल्धुराः नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ। सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन्। कुल एक सय ६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका छन्। ८० खेलाडीमध्ये सुदूरपश्चिम घर भएका २३ जना अटाएका छन्। कुशल मल्ल मार्की खेलाडी रहेको चितवन राइनोजले अक्सनमार्फत १० खेलाडी खरिद गरेको छ। उसले रिजन ढकाल १० लाख, कमलसिंह ऐरी १० लाख, शरद भेषवाकर १० लाख, विपिन रावल ८ लाख, सन्तोष कार्की ५ लाख, दीपेश श्रेष्ठ ५ लाख, अमरसिंह राउटेला ५ लाख, दीपक बोहरा ५ लाख, रञ्जित…