Author: महेन्द्रनगर पोष्ट

अछाम- मतदान केन्द्रमा उपस्थित नभएका व्यक्तिको नाममा मतदान गर्न खोज्दा अछामको साँफेबगर न गरपालिका–१३ बाब्लास्थित मतदान केन्द्रमा अवरोध सृजना भएको छ । नेकपा एमालेका कार्यकर्ताले अर्काको नामबाट मतदान थालेपछि रोक्न खोज्दा अवरोध गरेका हुन् । त्यहाँ एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । बिहानदेखि सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको बेला एमालेका कर्याकर्ताले उपस्थित नै नभएकाहरूको नामबाट मतदान गर्न थालेपपछि रोक्न खोज्दा अवरोध भएको स्थानीयले बताएका छन् । उनीहरूलाई रोक्न खोज्दा उल्टै आक्रमणमा उत्रिएपछि दोहोरो झडप भएको हो । झडपमा केही व्यक्तिहरु घाइते भएका छन् । अहिले मतदान पनि रोकिएको छ । दुई पक्षबीच झडप हुँदा मतदान केन्द्रसमेत…

Read More

काठमाडौं – हुम्लामा मतदानका क्रममा झडप भएको छ । एक समूहले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको छ । माथिल्लो हुम्लाको तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा सो तनाव भएको हो भने मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । मतदान अधिककृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिएका छन ।

Read More

काठमाडौं – काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार उहाँले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो । कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ गठबन्धन देशको आवश्यकता हो ।”

Read More

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ ।

Read More

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिका ५ स्थित भानोदय मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । दुई पक्षबीच झडप भएपछि मतदान प्रक्रिया रोकिएको छ । केही बेर दुवै पक्षबी ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् । ढुंगा हानाहान भएपछि मतदान केन्द्रका सामग्रीहरु तोडफोड भएका छन् । मतदान प्रक्रिया अगाडि बढाउन अहिले दुवै पक्षबीच समझदारीको प्रयास भइरहेको बताइएको छ ।

Read More

कैलाली- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानका लागि धनगढीबाट डडेल्धुरातर्फ गएका छन् । धनगढीमै रहेका देउवा नेपाली सेनाको हेलिकप्टरबाट डडेल्धुराको रुवाखोलाका लागि गएका हुन् । देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नेछन् । यसअघिको निर्वाचनमा पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मतदान गरेका थिए ।

Read More

बारा- मतदानको क्रममा बारामा झडप भएको जिल्लाको देवताल गाउँपालिका वडा ७ स्थित मतदानस्थलमा झडप भएको प्रहरीले जनाएको छ । झडपका क्रममा १ जनाको टाउको गम्भीर चोट लागेको स्थानीयले बताएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

Read More

बझाङ- बझाङका दुई मतदानस्थलमा शंकास्पद बस्तु फेला परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल नगरपालिका–८ महादेव माविको मतदानस्थल नजिक शंकास्पद वस्तु भेटिएको हो । नारायणवी मावि पिमीको मतदान केन्द्रमा भेटिएको ्प्रेसकुकर बम जस्तो देखिने उक्त बस्तु निष्कृय पार्न विरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ । महादेव मावि अठपाली मतदानस्थल नजिकै बाटोमा पनि रङको बट्टा जस्तो शंकास्पद बस्तु भेटिएको हो । त्यहाँ पनि सो वस्तु स्किृय पार्नका लागि नेपाली सेना खटिएको बझाङ प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । जसले गर्दा नेपालमा मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, दिउँसो प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । त्यस्तै, प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, राति प्रदेश नं. १ मा सामान्य बदली र देशका…

Read More

काठमाडौं- स्थानीय तह निर्वाचनको मतदान देशभर एकैसाथ सुरु भएको छ । नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक एकैपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । अघिल्लो २०७४ को स्थानीय तहको निर्वाचन दुई चरणमा गरिएको थियो । निर्वाचनमा देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिनिधि छनोटका लागि मतदाता मतदान केन्द्रमा पुगी लामवद्ध भइरहेका छन् । आजको ऐतिहासिक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार…

Read More