कैलाली : कैलालीका स्थानीय तहमा जग्गा नापजाँच गर्ने प्राविधिक जनशक्ति अभाव हुँदा नापजाँचमा समस्या भएको छ । कैलालीका १३ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा राष्ट्रिय भूमि आयोगले दक्ष प्राविधिक कर्मचारी खटाएर जग्गाको नापजाँच गरिरहेको छ । अन्य स्थानीय तहले आफ्नै स्रोतसाधनबाट प्राविधिक कर्मचारी नियुक्त गरेर जग्गा नापजाँच गरिरहेका छन् । नापी कार्यालयका प्रमुख जनकराज जोशीले कैलालीमा १७ प्राविधिकमध्ये जिल्लाका पाँच स्थानीय तह कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका, गोदावरी, भजनी र लम्की चुहानगरपालिकामा खटाएर जग्गा नापजाँचको काम भइरहेको जानकारी दिए । नापजाँच भएको जगाको लालपुर्जा वितरणका लागि सरकारले राजस्व निर्धारणको मापदण्ड नतोकेका कारण समस्या भइरहेको गौरीगङ्गा नगरपालिकाका नगरप्रमुख देवीदत्त कँडेलले गुनासो गरे…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल –४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए। घाइतेमध्ये १३ जनाको देवदह मेडिकल कलेज भलुही, ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं : आइसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ। प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ। खेल नेपाली समय अनुसार पौने २ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुनेछ। विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेको छ । तर ती दुवै खेलमा नेपाल पराजित भएको थियो। सन् २००० मा नेपाली टोलीलाई भारतले ८ विकेटले हराएको थियो भने सन् २०१६ को विश्वकपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो। २०१७ यू-१९ एसिया कपमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो। अहिले उपाधि दोबेदार भारतको सेमिफाइनमा स्थान पक्का भइसकेको छैन। नेपाललाई पराजित…
कञ्चनपुर : कञ्चनुरमा हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट बिहीबार साँझ हाइसको ठक्करबाट मृत्यु भएको हो। ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आँगनमा बागमती प्रदेशको ०१०२९ च २८०६ नम्बरको हाइस चलाउने क्रममा हाईसको ठक्करबाट उनी घाइते भएकी थिइन्। उनको उपचारको क्रममा कैलाली स्थित मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए।
धनगढीः कैलालीमा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका–१ की देवकी न्यौपानेको आगोमा जलेर मृत्यु भएको हो। उनी खाना पकाउने क्रममा माघ ९ गते (मंगलवार) शरीरमा आगो लागेर घाइते भएकी थिइन्। उनको हिजो घरमै मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भइरहेको छ। बिहीबार देशका पश्चिमी तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएकोले अधिकांश क्षेत्रमा चिसो बढेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई…
धनगढी : जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० बर्सिया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट मृत्यु भएको हो। ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आँगनमा बागमती प्रदेश को ०१०२९ च २८०६ नम्बरको हाईस चलाउने क्रममा हाईसको ठक्करबाट मञ्जु घाइते भएकी थिइन्। उनीहरू दम्पती रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । तत्काल असावधानीका कारण श्रीमानले चलाएको गाडीले उनको मृत्यु भएको लेखिए पनि दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।
धनगढी : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा रहेका व्यवसायी अरूण चौधरी र अजितनारायण सिंह थापालाई चिरायु अस्पताल लगिने भएको छ। बिहीबार पक्राउ परेका उनीहरूलाई प्रहरीले जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीहरूलाई नियमित जाँचका लागि चिरायु अस्पताल लग्न लागिएको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। ‘नर्मल चेकअप चिरायुमा हुन्छ। हामी त्यहीँ लग्छौं,’ उनले भने, ‘यो नियमित प्रक्रिया हो।’
धनगढीः सुदूरपश्चिममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। प्रहरीले आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पौष मसान्तसम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २ हजार ४२ जना र लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २५ जनालाई कारबाही गरेको छ। प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङलाई प्राथमिकतामा राखेको छ। चालकले मापसे गरी सवारीसाधन चलाउँदा आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाएको छ। सीसीटीभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको छ। मापसे…
धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ । बिहीबार धनगढी रङ्गशालामा भएका फाइनल चरणका २ खेल सम्पन्न भए सँगै ‘सिसिएस प्लस टु’ कप फुटबलको सेमी फाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो । सिसिएस प्लस टु’ बी, र अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुल सिसिएस प्लस टु’ फुटबल कपको उपाधिका लागी भिड्ने छन् । फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेलमा सिसिएस प्लस टु’ बी ले धनगढी स्थित त्रिनगर माध्यमिक विद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिका लागी आफूलाई उभ्याएको छ । प्रतियोगिताको सेमी फाइनल पुगेको त्रिनगर माध्यमिक विद्यालयले भने फाइनल चरणको…