Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले रिक्त पाँच एआईजी पदमा डिआइजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गरेको हो । आज बिहान बसेको समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको समितिका सदस्य–सचिवसमेत रहेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन् । हाल डीआईजी सुवेदी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, बिसी एक नम्बर प्रदेश प्रहरी प्रमुख, लोहनी गण्डकी प्रदेश प्रहरी प्रमुख,…

Read More

काठमाडौं – निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । आयोगका अनुसार मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । आयोगको पछिल्लो तथ्याङ्कअनुसार मतगणना सम्पन्न भएकामध्ये ३२० पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् । निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेका पालिकामध्ये २ वटामा माओवादीका उम्मेदवारको अग्रता रहेको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो ।

Read More

सुनसरी — धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले आज सोमबार शपथ ग्रहण गरेका छन् । सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै आएका साम्पाङको नगरपिता बन्ने सम्मको यात्रालाई धरानले पहिल्यैदेखि देखाउँदै आएको केन्द्रीय सत्ताविरुद्धको असन्तुष्टिको नतिजा भएको बताउन थालिएको छ । स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारहरुलाई पराजित गर्दै विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् । धरानको चुनावी राजनीतिक इतिहासमा एमाले र कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै पहिलो पटक साम्पाङले स्वतन्त्र उम्मेदवारीमार्फत प्रमुख पदमा विजयी भएका हुन् । शपथ लिनका लागि इनरुवा पुगेका नवनिवार्चित प्रमुख साम्पाङलाई…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन् ।  कार्यकक्षमा पुजाआजा गर्दै हमालले पदभार ग्रहण गरेका हुन् । आजै विहान मेयर हमाललाई मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले पद तथा गोपनियताको सपथसमेत खुवाए । त्यसअघि उनले आजै विहान धार्मिक स्थल बेहडाबाबामा समेत पुजा तथा दर्शन गरेका थिए ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि मतगणना जारी रहँदा उपप्रमुखतर्फ नेकपा एमालेकी सुनिता डंगोल प्रतिद्वन्द्वीभन्दा तेब्बर मतले अगाडि छिन्। पछिल्लो मतपरिणाम अनुसार डंगोलले ४४ हजार ७०५ मत प्राप्त गरेकी छिन्। उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन्। महानगरप्रमुखतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्। कांग्रेसकी सिर्जना श्रेष्ठ दोस्रो स्थानमा रहँदा एमालेका उम्मेदवार केशव स्थापित उनलाई पछ्याइरहेका छन्। प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ। अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८,…

Read More

काठमाडौं- शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ । आयोगको जेठ ६ गतेको निर्णयअनुसार सोमबारदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो । आगामी असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ।विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइट www.tsc.gov.np  मा राखेको छ ।

Read More

काठमाडौं – गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको भैरहवामा होल्ड गरिएको छ। चरा ठोकिएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ । हवाई जहाजको बाहिरी भागमा रगत देखिएको छ । तर रनवेमा कतै चरा नदेखिएको विमानस्थलका अधिकारीले बताएका छन्। पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोकिएको आशङ्का गरेका छन् । १ सय २१ जना यात्रु बोकेर आएको जजिरा एयरलाइन्सको जहाज राति पौने २ बजे चरासँग ठोकिए पनि सबै सकुशल रहेका छन् । काठमाडौँबाट प्राविधिक गएर चेकजाँच गरेपछि मात्र जजिराले त्यहाँबाट उडान भर्ने छ ।…

Read More

काठमाडौं- महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन् । सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन ४३ हजार ७ सय ५७ मतसहित अग्रता फराकिलो पारेका छन् ।दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले २५ हजार ६ सय ८० मत पाएकी छन्। बालेनले सिर्जनाको भन्दा १८ हजार ७७ मत धेरै पाएका छन् । तेस्रो स्थानमा धकेलिएका एमालेका केशव स्थापितले २४ हजार ५८८ मत पाएका छन् । सिर्जना र स्थापितको मतान्तर १ हजार ९२ छ । काठमाडौंमा हालसम्म १ लाख २४ हजार ५४४ मत गणना भइसकेको छ। यहाँ १ लाख ९० हजार ९८४…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही देशका अन्य भूभागमा आंशिक देखि सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा र मेघ गर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि…

Read More