Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् । उनले एउटै मोर्चामा बसेर अहिले पनि काम गरिरहेकाले पार्टीको महाधिवेशनबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह गरेका छन् । ‘एकीकृत समाजवादी र मा‌ओवादीबीच एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरेका छौं,’ प्रधानमन्त्री दाहालले भने, ‘यस महाधिवशेनमा ठोस निर्णय गरोस् । जनताका आवश्यकतालाई सम्बोधन गरियोस् । कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा निर्णय गर्नुहुन्छ भन्नेमा शुभकामना दिन चाहन्छु ।’ उनले माओवादीलाई अलिक नजिक भनेर नेकपा एसले दस्तावेजमा भनेको उल्लेख गरे । उनले नेकपा एसको दस्तावेजमा राजनीतिक शक्तिको मूल्यांकन गर्दा अस्थिर भएको भन्ने वाक्यांशबारे दाहालले चित्त दुखाए । ‘नेपाल…

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । प्रहरीको विशेष ब्यूरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका…

Read More

धनगढीः कैलालीको धनगढीबाट एक युवती ६ दिनदेखि बेपत्ता रहेकी छन्। धनगढी–३ कि २२ वर्षीया सुनिता देउवा ६ दिनदेखि बेपत्ता रहेकी छन्। धनगढी उपमहानगरपालिका–३ जानकी मन्दिर टोलस्थित घरबाट असार ११ गते दिउँसो ३ बजे नजिकै रहेको दिदीको घर जान्छु भनेर हिँडेकी सुनिता त्यसपछि भने आजसम्म परिवारको सम्पर्कमा आएकी छैनन्। बेपत्ता भएपछि एकचोटि फोन गरेर पहाड आएको बताएकी उनको त्यसपछि भने आजको दिनसम्म मोबाइल अफ रहेको उनका भाइ निर्मल देउवाले बताए। प्रहरीमा खोजीका लागि निवेदन दिएर लोकेसन पत्ता लगाउँदा अन्तिम पटक सुनिता लम्कीमा रहेको देखाए पनि त्यसपछि भने मोबाइल अफ रहेकाले लोकेसनसमेत थाहा हुन नसकेको भाइ निर्मले बताए। सुनिताको खोजीकार्यमा सहयोग गरिदिन…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनको हेडक्वाटरमा काज सरुवा गरेको हो । उनी गत वर्षको असार १० गते यहाँ हाजिर भएका थिए । उनी अछाममा एक वर्ष बसेर हेडक्वाटरमा सरुवा भएका हुन् । अब उनको स्थानमा प्रहरी नायब उपरीक्षक (डीएसपी) इश्वरी भण्डारी आउने भएका छन् । यस्तै आइतबार जिल्ला प्रहरी कार्यालय अछामबाट डीएसपी पाठकलाई मायाको चिनो प्रदान गरी बिदाइ गरिएको छ । साथै उनको नयाँ कार्यक्षेत्रमा कार्यकाल, व्यक्तिगत र व्यवसायी जीवन सफल, समृद्धिको लागि कामना पनि गरिएको छ ।

Read More

धनगढी : कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका हुन् । बेपत्ता गुरुङको खोजी गर्न प्रहरीले गोताखोर टोली परिचालन गरेको छ । उनी कम्पनीमै कार्यरत अन्य मजदुरसँग माछा मार्न महाकाली गएका थिए । वर्षाका कारण महाकाली नदीमा पानी बहाव बढेकाले खोजबिन गर्न प्रहरीलाई समस्या भएको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि नेपाली सेनाजस्तै १६ वर्षमै पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाइने व्यवस्थाका लागि गृहकार्य अगाडी बढेको छ । यसका लागि गृहमन्त्रालयको प्रशासन महाशाखाको टोलीले आवश्यक अध्ययन गरिरहेको छ । टोलीले आवश्यक अध्ययनसहित सरकारलाई सुझाव दिनेछ । नेपाली सेनामा सेनामा १६ वर्षमै पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाइने व्यवस्था छ । तर २० वर्षको अवधि पुगेपछि मात्र पेन्सनको सुविधा पाउने प्रावधान सेनामा छ । प्रहरीमा पनि लामो समयदेखि सेनाजस्तै पेन्सको व्यवस्थाका लागि माग उठ्दै आएको छ । प्रहरी प्रधान कार्यालयले पनि विभिन्न समयमा यस्तो सुझाव सरकारलाई दिदै आएको छ । सरकारले नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि…

Read More

काठमाडौं : नेपाली सेनाले उपरथी र सहायक रथीमा एक एक जनाको बढुवा गर्न लागेको छ। सैनिक साधारण सेवातर्फ रिक्त हुन आएका ती पदमा बढुवाका लागि सिफारिस गरिएको जानकारी गराउँदै पाँच जनाको नाम सार्वजनिक गरिएको छ। उपरथीका लागि वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र दरवन्दी रही हाल अफ्रिकी मुलुक केन्यामा डिफेन्स कलेज कोर्श गर्दै रहेका सहायक रथी मधुकरसिंह कार्की सिफारिस भएका छन्। दरवार हत्याकाण्ड ताका अधिराजकुमार निराजनको एडिसीमा तैनाथ उनी त्यसपछि पूर्व राजा ज्ञानेन्द्रको अङ्गरक्षक थिए। सहायक रथीमा सुरज गुरुङ,जगदिश खड्का, अमृतकाजी गुरुङ र चुलेन्द्रबहादुर थापा सिफारिस भएका छन्। तीमध्ये पहिलो नम्बरमा रहेका गुरुङ प्रधान सेनापतिको कार्यालयमा छन्। शान्ति कार्य निर्देशनालयका जगदिश…

Read More

काठमाडौं : सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा मधेश प्रदेशका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको हो । पूर्वप्रदेश सांसद यादवलाई असई विकको हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएको थियो । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं.४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए । महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको…

Read More

काठमाडौं : भारतको उत्तराखण्ड राज्यको हिमाली क्षेत्रमा रहेको केदारनाथको मन्दिर छेउमा भीषण हिमपहिरो गएको छ । मन्दिर छेउको गान्धी सरोबरमा गएको हिमपहिरोमा मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको त्यहाँको प्रहरीले जनाएको छ । प्रेस ट्स्ट अफ इण्डियाका अनुसार थप विवरण आउन बाँकी छ ।

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्न प्रस्ताव गरेका छन् । महामन्त्री ढकालले सभापति लामिछानेलाई ह्वाट्स्एपमा म्यासेज गरी बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका छन् । तर, गर्ने नगर्ने बारे कुनै प्रतिक्रिया नआएको महामन्त्री ढकालले जानकारी दिएका छन् ।  ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन,’ ढकालले भने । बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने एजेन्डा छ ।  गत बुधवार महामन्त्री ढकालले तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।

Read More