काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले नेपाल प्रहरीको प्रमुख बढुवालाई विवादित बनाउन नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एवं पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले भने, “एआईजीबाटै आईजीपी बनाउने हो । समय क्रममा कोही सिनियर हुन्छ, कोही जुनियर हुन्छ । तीनै जना एआईजीको भर्ती मिति सँगसँगै देखिन्छ । सरकारले आफ्नो समग्र सुरक्षा नीति कार्यान्वयन गर्न उपयुक्त व्यक्ति सोच्नुलाई अन्यथा ठान्नु हुन्न । म सैद्धान्तिक कुरा गर्छु, ठीक वा बेठीक भन्दिनँ ।” बस्नेतले स्थानीय निर्वाचन जित्नका लागि प्रहरी अधिकारीको बढुवा नहुने पनि स्पष्ट पारे । उनले भने,…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – कांग्रेसले बागीलाई कारबाहीबाट बच्न तीन दिनको मौका दिएको छ । तीन दिनभित्र उम्मेदवार नरहेको घोषणा गरे बागीलाई कारबाही नगर्ने कांग्रेसले स्पष्ट पारेको छ । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धनका तर्फबाट उठाइएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएकालाई कांग्रेसले यस्तो मौका दिएको हो । यस्तो अवसर सदुपयोग गरे बागीका प्रस्तावक र समर्थकमाथिको कारबाही पनि रोकिने काँग्रेसले जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले २१ वैशाखभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्न निर्देशन दिएका छन् । ‘वैशाख २१ गतेभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहने विद्रोही…
काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो । यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य प्राप्ति ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
काठमाडौं – नेपाल वायुसेवा निगमले तनावका कारण ढलेका निगमका कर्मचारी देवराज ओझाका सम्बन्धमा गरिएको हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई यातना दिएर बेहोस भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पुर्याइएको जनाएको छ । निगमका अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासी आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताए । उनले निगम अध्यक्षको कार्यकक्षमा लगाइएको ताला पनि सङ्गठनका पदाधिकारीले हिजै खोलिसकेको स्पष्ट पारे । ‘कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ गरिएको थियो, यही विषयलाई बढी…
काठमाडौं – अभिनेता भुवन केसी र श्वेता खड्कासहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले अभिनेता केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् । ९ वर्षअघि अभिनेता केसी नेकपा एमालेमा प्रवेश गरेका थिए । काठमाडौँ १ बाट संसदको टिकटको लागि सिफारिस भए पनि विरोधका कारण टिकट भने पाएनन् ।
वाशिंगटन डिसी – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल इन्जाले संसारभरी छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना व्यक्त गरेको छ । विश्वमा सरकार प्रेस जगतप्रति अनुदार हुंदा एकातिर जनताको सूचना पाउने मौलिक हक कुन्ठित भैरहेको छ भने चौथो अंगको रुपमा रहेको संचारले निर्वाधरुपमा अभिब्यक्ति स्वतन्त्रता मार्फत समाजलाई योगदान दिन नसकेको हुंदा यतातर्फ ईन्जाले विश्वका सरकारहरुको ध्यानाकर्षण गराएको छ । युनेस्कोद्वारा मे २-५ सम्म दक्षिण अमेरिकाको उरुग्वेमा “पत्रकारिता डिजिटल घेराबन्धीमा” शीर्षक दिएर संचालन गरिरहेको विश्व प्रेस स्वतन्त्रता सम्मेलन २०२२ मा यस पटक इन्जाले पनि सक्रिय सहभागिता जनाइरहेको छ । सम्मेलनमा सहभागिता जनाइरहनु भएका इन्जा…
भक्तपुर – भक्तपुर नगरपालिका- ८ लिवालीमा वस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै घरको पाँचाैँ तल्लाबाट खसेर मृत्यु भएको छ । गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्ने क्रममा छ । आज साताको तेस्रो दिन मंगलबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
बैतडी – बैतडी डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । माओवादी केन्द्रबाट उम्मेदवार बनेका साउँदमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । तर उनीहरुको खोजी भइरहेको जोशीले बताए । ‘स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको बुझिएको छ, उनीहरूको खोजी भइरहेको छ ’ उनले भने । गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई थप उपचारका लागि धनगढी…
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सुनसहित एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मङ्गलवार बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। रुपन्देहीका २८ वर्षीय सरोज कार्की पक्राउ परेका हुन्। विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा उनले ल्याएको मिक्सरको भित्री भागमा फल्स बटम बनाइ करिब १०० ग्राम सुनलाई बाहिर कालो टेपले बेरेर लुकाइ छिपाई ल्याएको फेला परेको भट्टराईले बताए। भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी…