Author: महेन्द्रनगर पोष्ट

लमजुङ – लमजुङमा स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये तीन जनाको उम्मेदवारी बदर भएको छ । ३० वैशाखमा हुने निर्वाचनमा लमजुङको दोर्दी गाउँपालिकाको दुई जना र क्व्होलासाेंथार गाउँपालिकाका एक जनाको उमेदवारी बदर भएको हो । मनोनयन बदर हुनेमा मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट क्होलासोँथार गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका मिनप्रसाद गुरुङको उम्मेदवारी बदर भएको हो । एउटै पार्टीबाट अध्यक्ष र उपाध्यक्ष पदमा दुबै जना पुरुषको उम्मेदवारी परेपछि सम्बन्धित पार्टीसँग छलफल गरी उपाध्यक्षका उम्मेदारको मनोनयन बदर गरिएको हो । दोर्दी गाउँपालिकामा पनि मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाटै अध्यक्षमा उम्मेदवारी दिएका रामबहादुर गुरूङको मनोनयन बदर भएको छ । सोही कानुनी प्रावधानका कारण उम्मेदवारी खारेजी हुने भएपछि सम्बन्धित…

Read More

काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनको सन्दर्भमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पार्टी कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ । पत्रकार सम्मेलन आज बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा हुनेछ । समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

Read More

चितवन – पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा सङ्क्रमण देखिएको हो । बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न थालिएको छ । अर्यालका अनुसार बर्डफ्लुका कारण प्रत्यक्ष, अप्रत्यक्षरूपमा रु २५ करोड हाराहारी नोक्सान हुने देखिएको छ ।फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो । जिल्लामा यसबाहेक बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको कार्यालयले जनाएको छ । केन्द्रका सूचना अधिकारी…

Read More

कञ्चनपुर- यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार झिनो मतले पराजित बनेका थिए । मेयरमा एमालेका कर्णबहादुर हमाल ६ हजार ७ सय ६ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी बनको कांग्रेसका हेमराज ओझा ५ हजार ७ सय ६० मत ल्याएर पराजित भए । माओवादीका जोगराज चौधरीले ५ हजार ७ सय ५४ र राप्रपाका सुरेन्द्र बहादुर बमले ८ सय १६ मत ल्याएका थिए । कृष्णपुमा अहिले पनि नेपाली कांग्रस, नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । बिगतको मतपरिणामलाई नियाल्दा यी दलहरुबीच यसपटक रोचक भिडन्त हुने देखिन्छ । नेकपा माओवादी…

Read More

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वडाध्यक्षका स्वतन्त्र उम्मेदार बनेका नेकपा एकीकृत समाजवादी नेता एमालेमा प्रवेश भएका छन् । एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादी गएका सुदूरपश्चिम प्रदेश कमिटीसमेत रहेका रनसिंह सुनार अन्य कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् । सुनार नेकपा एकीकृत समाजवादी शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ को अध्यक्षको आँकाक्षी थिए । तर उनले पार्टीबाट टिकट नपाएपछि शुक्लाफाँटा नगरपालिका–११ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनाव चिन्ह ‘खरायो’ पाएका उनी अहिले वडाध्यक्षको उम्मेदवारी छोडेर पुनः नेकपा एमालेमै फर्किएका हुन् । उनले विज्ञप्ति जारी गर्दैएकीकृत समाजवादीमा व्यक्तिवादी, स्वार्थीपना र वर्ग विरोधीसंग साँठगाठ गर्दै राष्ट्रहित विपरित सम्झौता र सत्तासञ्चालन सर्वहारा वर्ग विरोधी देखिएकाले…

Read More

कैलाली- नेकपा एमालेका नेता एवम सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरी सवार सरकारी गाडी नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीमा एमालेको झण्डा टाँगिएको भन्दै धनगढी–१९ मा नेपाली काँग्रेसका युवाहरुले शनिबार राति ९ बजेको समयमा नियन्त्रणमा लिएका हुन् । से१झ ३०७ नम्बरको सरकारी गाडीलाई लिएर युवाहरुले प्रहरीलाई बुझाएका छन् । उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । सांसद चौधरी प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति हुन् । समितिको सभापति भएपछि उनलाई प्रदेशसभाले गाडी उपलब्ध गराएको थियो…

Read More

काठमाडौँ- स्थानीय वायु, पश्चिमी न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा मौसम प्रतिकूल बनेको छ ।अहिले (आइतबार बिहान) प्रदेश १ का तराई भू–भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १ ,बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, बागमती र कर्णालीका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ । सोमबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले…

Read More

काठमाडौँ- कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ । मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । सो संस्थाले गधा, घोडा, खच्चरले यातायात क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्नुपर्ने र उसको अवमूल्यन गर्न नहुने माग राख्दै सचेतना जगाउने उद्देश्यले यस वर्षदेखि सप्ताहव्यापी गधा दिवस मनाउन लागेको छ । तराईदेखि हिमालसम्म विशेषगरी सामान ढुवानीका लागि प्रयोग गरिने यस्ता जनावरलाई सकुन्जेल काम गराउने र काम गर्न नसक्ने भएपछि छाडा छाड्ने प्रवृत्तिले ती जनावरको वंशविनाश…

Read More

सुर्खेत- आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार १० आंशिक र दुई मत पूर्णरूपमा बदर भएका छन् । उनले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर भएको बताए । स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्योल भएर मत बदर हुनसक्ने राष्ट्रिय…

Read More

सल्यान- नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । सल्यानको कालीमाटी गाउँपालिका–२ दानिगौराका १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो । कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु१ज ४५९९ नम्बरको जिपको छतबाट खसेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा तुल्सीपुरमा मृत्यु भएको हो । गाडी र चालक दाङको बबई गाउँपालिका–२ का खुमबहादुर छन्तेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

Read More