सल्यान– नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । सल्यानको कालीमाटी गाउँपालिका–२ दानिगौराका १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो ।
कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु१ज ४५९९ नम्बरको जिपको छतबाट खसेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा तुल्सीपुरमा मृत्यु भएको हो ।
गाडी र चालक दाङको बबई गाउँपालिका–२ का खुमबहादुर छन्तेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
Facebook Comments Box