Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला ७०० रुपैयाँले बढेर ९८ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई नजिताईकन आफूले मात्रै जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबैलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरे। ‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्‍यो । वडाध्यक्षहरूले आफ्नो वडा सदस्य, मेयर र उपमेयरलाई भोट मागेर अगाडि जानुपर्छ ।’ चन्द्रागिरिमा सत्ता गठबन्धनका नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबिच तालमेल भएको छ । प्रमुखमा काँग्रेसबाट घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोशन दानी उपप्रमुखका उम्मेदवार छ । सिंहले एक्लै जित्ने…

Read More

रसुवा – रसुवामा विभिन्न दलका बागी उम्मेदवारी दिएकाहरू यतिबेला चुनावी प्रचारप्रसारमा लागेका छन् । पार्टीले टिकट नदिएको भन्दै असन्तुष्टि जनाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा बागी उम्मेदवारी दिएकाहरू यतिबेला भोट माग्न सक्रिय भएर लागेका छन् । नेपाली कांग्रेसका विजय तामाङले पार्टीप्रति असन्तुष्टि जनाउँदै उत्तरगया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराए । उत्तरगया गाउँपालिकाकै उपाध्यक्षमा कांग्रेसकी सिर्जना तामाङले पनि उम्मेदवारी दर्ता गराइन् । ३० वैशाखमा हुने स्थानिय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई नेपाली कांग्रेस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशनसमेत दिएको थियो । पार्टीप्रति असन्तुष्ट रही स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएकाहरू केहीले पार्टीको निर्देशन पालना गर्ने भन्दै उम्मेदवारी फिर्ता लिए ।…

Read More

ललितपुर – ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ । युवा संघ नेपाल बागमती-३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका-३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारको गाडी तोडफोड भएको हो । कांग्रेसका कार्यकतार्ताले गाडी तोडफोड गरेको उनले जिकिर गरे । उनले भने, ‘गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौं ।’ खड्काले गाडी झण्डा पनि निकालेर फ्याकिएको बताए । उनले भने,‘साँझ ७बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौं । राती १० बजेर ३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्था रहेको भेट्टियो ।’ निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट वैशाख ३० गते मात्र काठमाडौं फर्कने भएका छन्। चुनावी अभियानका क्रममा देश दौडाहामा गृहजिल्ला डडेलधुरा पुगेका देउवाले आज हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्। उनले आज बिहान १० बजे र दिउँसो २ बजे गरेर दुईवटा सभालाई सम्बोधन गर्नेछन्। सम्बोधन पछि देउवा अबको तीन दिन डडेलधुरामै बस्ने र वैशाख ३० गते मतदान गरेर मात्रै काठमाडौं फर्किने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

Read More

ललितपुर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन् । एसियाली खेलकुदको तयारीमा रहेकी चौधरी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी थिइन् । प्रशिक्षणका लागि लुभुको एक घरमा नै बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ। भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सन्जु झुन्डिएको अवस्थामा कोठामा फेला परेको जनाइएको छ । घटनाबारे थाहा पाएर बिहान साढे ५ बजे घटनास्थलमा पुगेको प्रहरीले अहिले अनुसन्धान सुरु गरेको छ । बाँके घर भएकी सन्जुले १३ औं सागमा भारत्तोलनमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै…

Read More

एजेन्सी – श्रीलंका सरकारविरुद्ध व्यापक प्रदर्शनकाबीच प्रधानमन्त्री महिन्दा राजपक्षेले राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताइएको छ । देशमा आर्थिक संकट देखिएपछि उग्र भएको प्रदर्शनले राष्ट्रपति गोटाबाया र उनको मन्त्रीमण्डलका मन्त्रीहरुलाई राजीनामा दिन निरन्तर दवाब बनाइरहेको छ । सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थकबिच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका हुन्। यसैबीच सरकार विरोधी र समर्थक बीच कोलम्बोमा हिंसात्मक झडपमा दर्जनौं व्यक्ति धाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिनुका साथै उत्तरी, दक्षिणी र…

Read More

डडेल्धुरा- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेल्धुराबाट राजधानी काठमाडौं फर्किने भएका छन् । उनका प्रेस संयोजक गोविन्द परियारका अनुसार चुनावी सभामा सहभागी हुन सोमबार गृहजिल्ला डडेल्धुरा पुगेका देउवा अब चुनावमा मतदान गरेपछि मात्रै काठमाडौं फर्किने भएका हुन् । देउवाले आज जिल्लाका दुई ठाउँमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Read More

कञ्चनपुर- आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा आजदेखि मदिरा विक्री वितरणमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आजबाट मदिरा विक्री वितरणमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै २७ गते (आज) राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवनमा रोक लगाइएको जनाएको छ । सूचनाविपरीत काम गरे वा गराइएको पाइए कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

Read More

बाजुरा- आसन्न वैशाख ३० गते हुने निर्वाचनका लागिग बाजुरामा आजदेखि मदिरा विक्री वितरण गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै आज राति १२ बजेदेखि मदिरा विक्री वितरण गर्न नपाइने जनाएको हो । मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभर मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचनामा उल्लेख छ । निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मदिरा विक्री वितरणमा रोक लगाइएको जनाइएको प्रशासनले जनाएको छ ।

Read More