Author: महेन्द्रनगर पोष्ट

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले एमालेका नीति तथा कार्यक्रमलाई मजाक ठानेको आरोप लगाएका छन् । एमाले अध्यक्ष ओलीले आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसले नेपाल र नेपालीको हितविपरित लागेको बताउँदै एमालेको नीति तथा कार्यक्रमलाई मजाक ठानेको बताएका छन् । सम्बोधनका क्रममा ओलीले राणा, राजा र कांग्रेस मुलुकप्रति कुनै पनि बखत उत्तरदायी नभएको बताए । देशलाई संसारकै गरिब, अस्थिरता भएको मुलुक बनाउनका लागि रहेको बताएका छन् । ओलीले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गती लिइरहेको बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाएका हुन् । हालै जारी भएको कांग्रेसको…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षास्थिति चुस्त—दुरुस्त राख्नका लागि मातहत सुरक्षाअधिकारीलाई निर्देशन दिएका छन् । महानिरीक्षक सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्समार्फत् महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा उपत्यका एवम् प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन् । निर्वाचनलाई निष्पक्ष एवम् भयरहित तवरले सम्पन्न गराउन आफ्नो व्यावसायिकता प्रदर्शन गर्ने…

Read More

काठमाडौं – साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ। आइतबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँ र चाँदी १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गता साता कारोबारको लागि अन्तिम दिन शुक्रबार सुन प्रतितोला ९८ हजार रुपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनले आज दाङको तुलसीपुर र घोराहीमा बृहत चुनावी सभा गर्ने भएको छ । तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा गर्न लागेको कांग्रेस दाङले जनाएको छ । तुलसीपुर र घोराहीमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल लगायतका शीर्ष नेता आउन लागेकाे कांग्रेस दाङले जानकारी दिएकाे छ । तुलसीपुरमा दिउँसो साढे १२ बजेदेखि सभा सुरु हुने कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले जानकारी दिए । तुलसीपुरको…

Read More

दार्चुला – निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुले चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् । ठूला आमसभा सकेर उम्मेदवार घरदैलो भेटघाटमा व्यस्त छन् । तर अपिहिमालका मतदाता भने उम्मेदवारसँग भेटघाट भन्दा पनि यार्सागुम्बा संकलन गर्न पाटन पुगेका छन् । अपिहिमालका धेरैजसो मतदाता यार्सागुम्बा संकलन गर्न पाटन पुगेपछि उम्मेदवारलाई मत माग्नै धौधौं भएको छ, अखिलका नेता कृष्णसिह धामीले भन्नुभयो, तै पनि उम्मेदवारसँगै घरमा भएका मतदाता भेटेर भोट माग्दैछौ । एकातिर कामको चटारो अर्कोतिर निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारको भेटघाट तिव्र भएको हो । ६ वटा वडा रहेको अपिहिमालमा यो पटक उम्मेदवारीमा जातीय नारा पनि लगाइन थालेको मतदाताले गुनासो गरेका छन् । गठबन्धनले अध्यक्ष र…

Read More

काठमाडाैं – पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर ट्वीटर, भाइवर, युट्युब, इन्स्टाग्राम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने जनाइएको छ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुुने स्थानीय तहको निर्वाचनका लागि हालै सार्वजनिक गरेको आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणबारे उल्लेख छ। सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन र कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न हुँदैन। यसैगरी जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग…

Read More

लमजुङ – लमजुङमा स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये तीन जनाको उम्मेदवारी बदर भएको छ । ३० वैशाखमा हुने निर्वाचनमा लमजुङको दोर्दी गाउँपालिकाको दुई जना र क्व्होलासाेंथार गाउँपालिकाका एक जनाको उमेदवारी बदर भएको हो । मनोनयन बदर हुनेमा मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट क्होलासोँथार गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका मिनप्रसाद गुरुङको उम्मेदवारी बदर भएको हो । एउटै पार्टीबाट अध्यक्ष र उपाध्यक्ष पदमा दुबै जना पुरुषको उम्मेदवारी परेपछि सम्बन्धित पार्टीसँग छलफल गरी उपाध्यक्षका उम्मेदारको मनोनयन बदर गरिएको हो । दोर्दी गाउँपालिकामा पनि मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाटै अध्यक्षमा उम्मेदवारी दिएका रामबहादुर गुरूङको मनोनयन बदर भएको छ । सोही कानुनी प्रावधानका कारण उम्मेदवारी खारेजी हुने भएपछि सम्बन्धित…

Read More

काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनको सन्दर्भमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पार्टी कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ । पत्रकार सम्मेलन आज बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा हुनेछ । समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

Read More

चितवन – पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा सङ्क्रमण देखिएको हो । बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न थालिएको छ । अर्यालका अनुसार बर्डफ्लुका कारण प्रत्यक्ष, अप्रत्यक्षरूपमा रु २५ करोड हाराहारी नोक्सान हुने देखिएको छ ।फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो । जिल्लामा यसबाहेक बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको कार्यालयले जनाएको छ । केन्द्रका सूचना अधिकारी…

Read More

कञ्चनपुर- यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार झिनो मतले पराजित बनेका थिए । मेयरमा एमालेका कर्णबहादुर हमाल ६ हजार ७ सय ६ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी बनको कांग्रेसका हेमराज ओझा ५ हजार ७ सय ६० मत ल्याएर पराजित भए । माओवादीका जोगराज चौधरीले ५ हजार ७ सय ५४ र राप्रपाका सुरेन्द्र बहादुर बमले ८ सय १६ मत ल्याएका थिए । कृष्णपुमा अहिले पनि नेपाली कांग्रस, नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । बिगतको मतपरिणामलाई नियाल्दा यी दलहरुबीच यसपटक रोचक भिडन्त हुने देखिन्छ । नेकपा माओवादी…

Read More