Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : अबको दुई महिनाभित्र नेपाल प्रहरीको उच्च तहका एक सयभन्दा धेरै अधिकृतले अवकाश पाउने भएका छन् । केहीले असारमा र धेरैले १६ भदौमा एकैपटक अवकाश पाउन लागेका हुन् । एआइजी उमेशराज जोशीले बुधबारदेखि अवकाश पाउँदैछन् । मंगलबार प्रहरी प्रधान कार्यालयमा उनको बिदाई भइसकेको छ । उनको स्थानमा डिआइजी पोषराज पोखरेलको बढुवा सिफारिस भइसकेको छ । पोखरेलले पनि शुक्रबार अवकाश पाउनेछन् । त्यसभित्र मन्त्रिपरिषद्ले निर्णय नगरेमा उनले डिआइजीबाटै अवकाश पाउनसक्ने अवस्था छ । १६ भदौमा करिब एक सय जनाले एकैदिन अवकाश पाउने भएका छन् । २० भदौमा एआइजी श्यामराज ज्ञवालीले अवकाश पाउनेछन् । यसरी अवकाश पाउन लागेकाहरु धेरैको उमेर ५५…

Read More

धनगढी: धनगढीमा यौनधन्दामा संलग्न चार जना पक्राउ परेका छन्। धनगढी उप-महानगरपालिका ७ मनेहरास्थित ब्ल्याकस्टोन कटेजबाट उनीहरुलाई पक्राउ गरिएको हो। हिजो (मंगलबार) राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको कमाण्डमा खटिगएको टोलीले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ। पक्राउ पर्नेहरूमा बर्दिया, ठाकुरबाबा नगरपालिका-१ का ४५ वर्षीय पुरुष, कञ्चनपुर, भीमदत्त नगरपालिका-१० का ३२ वर्षीय पुरुष, बाजुराकी २१ वर्षीया महिला र, धनगढी उप-महानगरपालिका-१८ की १८ वर्षीया महिला रहेका छन्। नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखिएको छ र थप अनुसन्धान कार्य भइरहेको छ।

Read More

काठमाडौं: काठमाडौंमा विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहसँग एक हवल्दार पनि मिलेको पाइएको छ। हवल्दारलाई प्रहरीले तस्करसँग मिलेको आरोपमा पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत हवल्दार सुन्दर नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो। स्रोतका अनुसार हवल्दार नेपालीलाई एक साताअघि नै पक्राउ गरिएको हो। विमानस्थलबाट ल्याइएको सुन एक समूहले लुटेको थियो। सो सुन फिर्ता गरिदिने भन्दै ती हवल्दारले लाखौँ रुपैयाँ लिएका थिए। पैसा लिएर पचाउने प्रयास गरेपछि सुन तस्करी गर्ने समूहले विभिन्न निकायमा उजुरी गरेका थिए। सिआइबीले सूचना पाएपछि हवल्दारलाई पक्राउ गरी सुन तस्करी गर्ने तथा लुट्ने समूहमाथि अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: सेवानिवृत्त भएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक उमेश राज जोशीलाई बिदाइ गरिएको छ। हिजो मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच निमित्त प्रहरी महानिरीक्षक तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सेवानिवृत्त जोशीलाई बिदाइ गरेका थिए। सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक जोशी वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी अतिरिक्त महानिरीक्षक जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण असार १९ गते यानिकी आजबाट अवकाशप्राप्त बनेका हुन्। यस्तै उनको अवकाशमा पदपूर्तिका लागि बढुवा सिफारिस भएका डीआइजीको भने बढुवा अन्यौलमा परेको छ। केन्द्रिय सत्ता समीकरण फेरबदल भएर प्रधानमन्त्री र गृहमन्त्री फेरिने…

Read More

धनगढी: पहिरोका कारण बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षापछि मंगलबार राति खसेको पहिरोले दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन्।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को बैठक सम्पन्न भएको छ। आज (मंगलबार) क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पन्चा सिंहको प्रमुख आथित्यता एवं पार्टी र क्रान्तिकारीका पदाधिकारीसहितको सहभागीतामा चौथो पूर्ण बैठक सम्पन्न गरिएको हो। धनगढीस्थित एसपीए एकेडमीको सभाहलमा बैठक सम्पन्न गरिएको र बैठकले विभिन्न निर्णयहरु गरेको अनेरास्ववियू क्रान्तिकारी सुदूरपश्चिममा इन्चार्ज भीमदत्त भट्टले जानकारी दिए। उनका अनुसार बैठकले देशव्यापी रुपमा हुने आगामी राष्ट्रिय सम्मेलन लगायतका सम्मेलन गर्नका लागि यथेष्ट कार्ययोजना तयार गरेको छ। यस्तै बैठकले असोज २ देखि ५ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा सहभागी गराउने पनि निर्णय गरेको छ। त्यस्तै क्रान्तिकारीको सुदूरपश्चिम प्रदेशको सम्मेलन…

Read More

धनगढी : सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशले वन नियमावली २०७९ को दोस्रो संशोधनको सन्दर्भमा सामुदायिक वन उपभोक्ता समुहहरुको माग सम्बोधन हुनुपर्ने माग गरेको छ । महासंघकी अध्यक्ष झमा देवी चौधरीले जारी गरेको विज्ञप्तिमा महासंघले वन तथा वातावरण मन्त्रालयलाई पेश गरेको ३६ बुँदे सुझावमध्ये अधिकांश माग सम्बोधन नगरिएकोप्रति गम्भिर ध्यानाकर्षण गराउँदै, नियमावलीमा केही सुधार भए पनि प्रमुख मागहरू सम्बोधन नगरिएको बताएको छ। वन ऐन २०७६ को दफा १८ अनुसार सामुदायिक वन उपभोक्ता समूहलाई वन पैदावारको स्वतन्त्र मूल्य निर्धारण र विक्रि वितरणको अधिकार प्रदान गरिएको भए पनि, वन नियमावली २०७९ मा यी अधिकारहरू हनन हुने व्यवस्थाहरू समावेश गरिएका कारण सामुदायिक वन…

Read More

काठमाडौं : गृहसचिवसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख सवार विमानले सिमरामाथिको आकाशमा दुई घण्टा बढी समय चक्कर काटेको छ । अमेरिकाबाट सपत्नी फर्केका सचिव एकनारायण अर्याल,प्रहरी प्रमुख बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल दोहा हुँदै काठमाडौं आउने क्रममा कतार एअरवेजको विमान निर्धारित समयभन्दा दुई घण्टा ढिलो काठमाडौं विमानस्थलमा अवतरण गरेको हो । वर्षाका कारण काठमाडौं र मकवानपुरमाथिको आकाशमा भिजिबिलिटी कम भएपछि कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ विमान साँझ ६ बजे र ३५ मीनेटमा अवरण गरेको छ । उक्त विमान पौने ५ बजे नै अवतरण गर्नुपर्ने थियो । सचिव अर्याल,आइजी कुँवर र अर्याल गत साता…

Read More

काठमाडौं : नेकपा एमालेले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको दुवै…

Read More

धनगढी : अछाममा प्रहरीले छाउगोठ भत्काएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ६ तोलीमा रहेका छाउगोठ भत्काएको हो । इलाका प्रहरी कार्यालय विनायकको आयोजनामा प्रहरी टोली, स्थानीय, जनप्रतिनिधि लगतायतको सहभागितामा छाउगोठ भत्काइको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Read More