Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : विमानस्थल र सीमानाकास्थित अध्यागमनका काम गर्ने कर्मचारीलाई गृह मन्त्रालयले छुट्टै पोसाकको व्यवस्था गरेको छ । विमानस्थलमा तथा नाकामा अन्य कर्मचारीभन्दा फरक र स्मार्ट देखिने गरी नयाँ पोसाक स्वीकृत भएको हो । असार महिनादेखि अध्यागमनको फ्रन्टमा खटिने कर्मचारीले नयाँ पोसाक लगाउने अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाले बताए । ‘अध्यागमनका कर्मचारीको सजिलै पहिचान होस् भनेर नयाँ पोसाकको व्यवस्था गरेका हौँ,’ निरौला भन्छन्, ‘साथै अध्यागमनलाई स्मार्ट बनाउने उद्देश्यअनुसार यसलाई कार्यान्वयनमा लगेका हौँ ।’ अध्यागमनमा कार्यरत सबै कर्मचारीको नाप लिएर सिलाउने काम भइरहेको विभागले जनाएको छ । नयाँ पोसाकमा दायाँतर्फ कर्मचारीको नाम र बायाँतर्फ अध्यागमन भनेर लेखिएको छ । गत १६ जेठमा गृहमन्त्रीस्तरीय निर्णयबाट नयाँ पोसाकको डिजाइन स्वीकृत…

Read More

काठमाडौँ : टी–२० विश्वकपमा ओमानमाथि शानदार जित हासिल गर्दै स्कटल्याण्ड समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा स्कटल्याण्ड ७ विकेटले विजयी बनेको हो । ओमानले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य टोलीले मात्र ३ विकेटको क्षतिमा ४१ बल अगावै पछ्यायो । टोलीका लागि ब्रान्डन म्याकमुलेन नायक बने । उनले मात्र ३१ बलमा ६१ रन जोडे । यस क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे । ओपनर जर्ज मुन्सेले २० बलमा ४१ रनको योगदान दिए । उनले २ चौका र ४ छक्का हिर्काए । माइकल जोन्सले १६ रन तथा म्याथ्यु क्रसले नटआउट रहँदै १५ रन…

Read More

काठमाडौँ : आज सोमबार, २८ जेठ २०८१ (१० जुन २०२४)। हेर्नुस् आजको राशिफल- मेष : कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घर व्यवहारको समस्याले सताउनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। राजनीतिक कार्यमा बाधा आउनेछ। भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने। वृष : छोटो दूरीको लाभदायक यात्रा रहला। काममा लगनशील भइनेछ। दाजुभाइ तथा दिदीबहिनीले…

Read More

काठमाडौँ : अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपको १९औँ खेलमा भारतले पाकिस्तानविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ।  टस हारेर ब्याटिङ गरेको भारतले पाकिस्तानलाई जितका लागि २० ओभरमा १० विकेट गुमाउँदै १२० रनको लक्ष्य दिएको थियो। न्युयोर्कमा आइतबार राति भएको खेलमा लक्ष्य पछ्याएको पाकिस्तानले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ११३ रन मात्र जोड्न सक्यो। भारतको जितमा जसप्रित बुमराह नायक भए। उनले १४ रन दिएर पाकिस्तानको ३ विकेट झारे।

Read More

काठमाडौँ : विशेष अदालत काठमाडौँले सडक निर्माणको ठेक्का हात पार्ने प्रयोजनका लागि गलत लिखतका आधार बैंक ग्यारेन्टी राख्ने कार्यमा संलग्न राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजरसहित ४ जना भ्रष्टाचारी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्ने सजाय आइतबार सुनाएको हो । विशेषले तीनवटा ठेकेदार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकका म्यानेजर रामजनक चौधरीसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । सोनापुर सिमेन्ट फ्याक्ट्री जाने सडक निर्माणको ठेक्का पाएको तीनवटा कम्पनीले बैंक ग्यारेन्टी राख्न क्रममा गलत लिखत तयार पारी बैंक ग्यारेन्टी राखेको र उक्त गलत लिखतमा वाणिज्य बैंक जुम्लाका…

Read More

काठमाडौँ : जम्मु–कस्मिरको रियासीमा भक्तजन बोकेको बसमा आइतबार साँझ आतंककारीले आक्रमण गरेका छन्। घटनामा १० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिइरहेका बेला रियासी जिल्लाको कांडा क्षेत्रमा यो आतंकवादी हमला भएको हो। रियासी एसएसपी मोहिता शर्माले प्रारम्भिक रिपोर्टका अनुसार शिव खोडीबाट कटरा जाँदै गरेको बसमा आतंककारीहरूले गोली हानेका हुन्। जसका कारण चालक घाइते भए र बस खाल्डोमा खस्यो। दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र ३३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बसमा सवार अन्य यात्रुको उद्धार गरिएको मोहिता शर्माले बताए। यात्रुहरुको पहिचान हुन सकेको छैन। अधिकांश भक्त…

Read More

महेन्द्रनगर : भारतको उद्यमसिंह नगरस्थित नानकमत्तामा कञ्चनपुरका दुई जना मृत भेटिएका छन्। भारतीय प्रहरीका अनुसार महेन्द्रनगरका २२ वर्षीय सागर र एक जना थप मृत भेटिएका हुन्। त्यहाँ १८ वर्षीय नीखिल र १९ वर्षीय सोहन पनि थिए। भारतीय प्रहरीका अनुसार उनीहरु तीनै जनालाई एम्बुलेन्सले अस्पताल पुर्याएको थियो। तर अस्पतालमा २ जनाको मृत्यु भएको हो। उनीहरू सडक दुर्घटनामा परेको बताइएको छ।

Read More

धनगढी : राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रादेशिक समिति धनगढी कैलालीद्वारा आयोजित प्रशिक्षण, भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेयको प्रमुख आतिथ्य र प्रदेश समिती अध्यक्ष राजेन्द्र बिष्टको सभापतित्व रहेको थियो। कार्यक्रमका विशेष अतिथिहरुमा राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक प्रबन्धक राजेन्द्र आचार्य, संघका वरिष्ठ उपाध्यक्ष बद्री तिमिल्सिना, उपाध्यक्ष इश्वर उप्रेती, महासचिव रबिन्द्र चौलागाईं, सचिव कृष्ण लम्साल, कोषाध्यक्ष ऋषि ज्ञवाली, केन्द्रिय सल्लाहकार सदस्य प्रतिभा भण्डारी, र केन्द्रिय सदस्य नारायण कुवँर तथा बेद बस्तोला रहेका थिए। यस्तै कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक सुदूरपश्चिम प्रदेशका उप प्रमुख कर्ण देब जोशी विशेष अतिथि रहेका थिए। कार्यक्रममा विभिन्न शाखा…

Read More

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् । शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई पनि निमन्त्रणा गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ समारोहमा सहभागी भएका छन् । मोदीसँगै उनको मन्त्रिपरिषदका सदस्यहरुले पनि शपथ लिएका छन् ।

Read More

काठमाडौं : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ भने सहायक हवल्दार गम्भीर घाइते भएका छन् । जिल्लाको फिक्कल गाउँपालिका ५ झगरेबेसीमा आइतबार दिउँसो प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा असई रवीन्द्र कुमार ठाकुरको मृत्यु भएको हो । उनको घर धनुषाको कमला नगरपालिका-९ हो । उनी प्रहरी चौकी रत्नावतीमा इन्चार्जको रुपमा कार्यरत थिए । यस्तै भिमाद नगरपालिका-७ तनहुँ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । सोल्पाडाँडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरिक्षक ठाकुरले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ…

Read More