Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- निर्वाचन आयोगले नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र वितरण गरिरहेको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएकाले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ । शुक्रबार हुने…

Read More

काठमाडौं- यही वैशाख ३० गते (पर्सी) हुने स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा आजदेखि मौन अवधि सुरु भएको छ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।​ सामाजिक सञ्जालमा रहेका आचारसंहिता विपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ । नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ। एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् । आयोगले मौन अवधि सुरु हुनुभन्दा…

Read More

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुरबाट सशस्त्र प्रहरी बलले गोलीसहित एक नाल कटुवा पेस्तोल बरामद गरेको छ । कृष्णपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम लोकर्मागबाट सशस्त्र प्रहरीले एक नाल कटुवा पेस्तोल र गोली बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको टोलीलाई देख्नासाथ एक व्यक्ति आफूले बोकेको झोला फालेर भागेका थिए । उक्त झोला जाँच गर्दा कटुवा पेस्तोल र सोही पेस्तोलको एउटा गोली फेला परेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्माले जानकारी दिए ।

Read More

काठमाडौं- निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले निर्वाचन आचारसंहिता उल्लंघनमा सुधार नभएको जनाएको छ । ७७ जिल्लामा तालिम प्राप्त पर्यवेक्षक एवम् अनुसन्धानकर्तासहित निर्वाचन पर्यवेक्षण गरिरहेको इओसीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले आचारसंहिता पालनामा ध्यान नदिएको जनाएको हो । विगतको तुलनामा उम्मेदवारहरूले प्रचारप्रसारमा नयाँ–नयाँ विधि, प्रक्रियाहरु अपनाएकाले निर्वाचन अभियानमा हुने खर्च धेरै नै बढ्ने इओसी नेपालले जनाएको छ । ‘निर्वाचन अभियानका क्रममा ध्वजा पताका, ब्यानरहरूको कमी देखिएता पनि आचारसंहिता विपरीत धेरै गाडीहरु, कतै(कतै विदेशी नम्बर प्लेटका गाडीहरु, अबेर रातिसम्म आम नागरिकलाई बाधा पुग्नेगरी माइकिङ, सांगीतिक कार्यक्रमहरुको बढोत्तरी भएको पाइएको छ,’ सो संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आचारसंहिता उल्लंघनका घटना सहरी…

Read More

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ । मतदातालाई आर्थिक प्रलोभन देखिएको र गठबन्धनका उम्मेदवारलाई जिताए त्यहाँका ४÷५ जनालाई निःशुल्क रुपमा भिसा टिकट उपलब्ध गराइदिने भनी प्रलोभन देखिएको भन्दै बुधबार नेपाली कांग्रेस (बीपी)ले राणाविरुद्ध आयोगमा उजुरी दर्ता गराएको थियो । उक्त उजुरीका आधारमा आयोगले नेतृ राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको बताएको छ।

Read More

दार्चुला- दार्चुलामा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–८ असिगडामा ४ वर्षीय अनिलसिंह धामीको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घरमा खेल्ने क्रममा सर्पले दायाँ हातमा टोकेका बालकलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि भारत लैजाने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

Read More

बाजुरा- बाजुराका ९ वटै पालिकामा निर्वाचन सामग्री र मतदान अधिकृत पुगेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा ५ सय ५८ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताए । जसमध्ये १ सय १२ जना मतदान अधिकृत र १ सय १२ जना सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरि ५ सय ५८ जना कर्मचारी खटाइएका छन् । निर्वाचनका लागि बाजुरामा ७० वटा मतदान केन्द्र र १ सय १२ मतदान स्थलमा मतादन साम्रगीसहित कर्मचारी पुर्याइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मत पेटिका तथा…

Read More

काठमाडौं- निर्वाचन आयोगले मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने योजना बनाएको छ । जेठ ५ गते भित्र मतगणना सम्पन्न गर्ने योजना रहेको निर्वाचन आयोगले जनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिँदैछ । अधिकतम जनशक्ति खटाएर भएपनि छिटोभन्दा छिटो मतगणना गर्न मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइएको छ ।३१ वैशाख २०७४ सालमा पहिलो स्थानीय तह निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन अनुसार, निर्वाचन भएको ६ दिनपछि पदावधि सुरु भएको मानिने व्यवस्था अनुसार देशभरका स्थानीय तहका जनप्रतिनिधिहरु ६ जेठ २०७४ देखि पदमा बहाल रहेको भनी अवधि गणना गरिन्छ । त्यसरी हेर्दा ५ जेठ २०७९…

Read More

उदयपुर- १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा उदयपुरमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट सोमबार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

कैलाली- धगनढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु गर्न बाटो खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयले तयार गरेको ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९’ राजपत्रमा प्रकाशित भएपछि रंगशाला निर्माणको कामले गति लिने भएको हो । राजपत्रमा उल्लेखित सूचनाअनुसार क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गरिनेछ । खेलकुद व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिलाई सरकारले अध्यक्षमा नियुक्त गर्ने प्रावधान छ । ९ सदस्यीय समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन रहनेछन् । सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण…

Read More