Author: महेन्द्रनगर पोष्ट

रोल्पा – रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुण्डिएको अवस्थामा भेटिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारागारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा अपह्रान्नपछि आंशिकदेखि सामान्य बदली रही रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया…

Read More

कैलाली- कैलालीमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले दुई स्थानीयमा विजय हासिल गरेको छ । नागरिक उन्मुक्तिले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका जित हात पारेको छ । टीकापुरमा नागरिक उन्मुक्तिका रामलाल डगौरा थारु विजयी भएका छन् । नेपाली कांग्रेसका नवराज रावललाई ३ हजारभन्दा बढी मतान्तरले पछि पार्दै उनी मेयरमा विजयी भएका हुन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका खड्क शाह विजयी भएका छन् । उनले नागरिक उन्मुक्तिका उल्कादेवी विकलाई १५० मतले पछाडि पारेका थिए । मेयरमा विजयी रामलाल यसअघि माओबादी केन्द्रबाट टीकापुर वडा नम्बर ७ को वडाध्यक्ष बनेका थिए । उनी अहिले भने नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुख बनेका हुन् । त्यस्तै…

Read More

कैलाली- कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी विजयी भएका छन् । गठबन्धनको तर्फबाट कैलारी माओबादीको भागमा परेको भन्दै कांग्रेसले उनलाई कारबाही गरेको थियो । यद्यपि उनले उम्मेदवार फिर्ता नगरि भिड्दै गठबन्धनकै उम्मेदवार लाजुराम चौधरीलाई पराजित गरेका छन् । उनले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी छन् । अध्यक्षमा विजयी रामसमझले उम्मेदवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा काँग्रेसका…

Read More

कञ्चनपुर- एमालेको गढ मानिएको कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । ०७४ सालमा एउटा वडामा मात्र सिमित भएको काँग्रेस यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी भएको हो । नगरपालिकाको मेयरमा काँग्रेसका भोजराज बोहरा विजयी भएका छन् । उनले ८०७८ मत प्राप्त गर्दै विजयी हासिल गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेकी सुशीला सिंहले ४७४० मत प्राप्त गरिन् । माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका समाजवादीका रामचन्द्र रेग्मीले ३८९८ र राप्रपाका बमबहादुर बमले १७५१ मत पाए । उपमेयरमा पनि काँग्रेसकै तुलशी जोशी विजयी भएकी छिन् । उनले ७२५४ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५७२७ मत…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबारसम्म ३० हजार ६९८ मत गणना गर्दा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ हजार ८२३ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६ हजार ७७२ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत पाएका छन् । हमाल र वडबीच ७ हजार ५१ मतको अन्तर छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार १८१ मत पाएकी छन् भनेएमालेकी कन्दकला रानाले ५ हजार ४५५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ३५७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले २ हजार १९४…

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । यसअघि वैशाख ३० गते स्थगित भएको वडामा मंगलबार पुनः मतदान भएको थियो । पुनर्वास १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना प्यानल निर्वाचित भए । उनले काग्रेसका धिरेन्द्रप्रशाद भट्टलाई ६७ मतको अन्तरले पराजित गरे । रानाले ८४३, भट्टले ७७६ मत ल्याएका थिए । राप्रपाका रतन बहादुर मल्लले २७७ र एमालेका रामबहादुर थापाले ७१ र मत ल्याएका छन् । एमालेले काँग्रेसका अध्यक्षलाई मत दिने र काँग्रेसले एमालेलाई चारै सदस्य मत दिने सर्तमा एमाले काँग्रेसका पुनर्वास र उक्त वडाका नेताहरुसंग समन्वय गरेर गठबन्धन गरेकोे आरोप छ ।उक्त वडामा फर्जी मत…

Read More

कञ्चनपुर- नेपाली कांग्रेसले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा आफ्नो विरासत गुमाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने महाकाली पारीको नगरपालिकामा उपमेयर र एक वडामा खुम्चिएको छ । १० वडा रहेको नगरपालिकामा मेयरसहित ६ वडामा एमाले विजयी भएको छ । दोधाराचाँदनीको मेयरमा एमालेका किशोर लिम्बु दोस्रो पटकको प्रयासमा सफल भएका छन् । ०७४ सालमा कांग्रेसका बीरबहादुर सुनारसंग पराजित भएका लिम्बु यसपटक कांग्रेसकै उम्मेदवार गोपालदत्त भट्टलाई उछिन्दै मेयर बनेका हुन् । उनले ७ हजार १०४ मत ल्याए भने भट्टले ६ हजार १७२ ल्याएर पराजित बने । स्वतन्त्र उम्मेदवार भीमबहादुर कुमालले १ हजार ८५३ मत हासिल गरे । २०७४…

Read More

कैलाली- धनगढी उपमहानगरपालिका वडानम्बर ३ को वडाध्यक्षमा काँग्रेसका राजबहादुर ऐर प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा विजयी ऐरले १ हजार ८६९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवारले ८३१ मत ल्याए । यस्तै वडा सदस्यमा काँग्रेसकै यदु आचार्य, तेजबहादुर चन्द, अन्जु मगराती र मिना मल्ल विजयी भएका छन् ।

Read More

बैतडी- बैतडीका १० वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले समान ४/४ स्थानीय तहमा जित हासिल गरेका छन् । यस्तै एक तहमा माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पालिकाको उपप्रमुखमा भने नेपाली कांग्रेसले ५, एमालेले ४ र माओवादी केन्द्रले एक स्थानमा जितेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाको प्रमुखमा एमालेले जित हात पारेको छ भने शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकाको प्रमुख कांग्रेस वियजी भएको छ। यस्तै मेलौली नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रका सन्तोषप्रकाश…

Read More