Author: महेन्द्रनगर पोष्ट

डाेटी- डाेटीकाे शिखर नगरपालिका वडा नम्बर ४ गरूडीमा ना १ ज ३१५२ काे जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । शिखर नगरपालिकाकाे लुवाखडीबाट यात्रु बाेकेर शिखर नगरपालिका- ५ तिजाली तर्फ जान लागेकाे जीप दुर्घटना भएकाे हाे । जीप बिहीबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएकाे बताइएकाे छ । जीपमा करिब ३० जना यात्रु रहेका जनाइएकाे छ । यात्रु जीपकाे छतमा समेत कसेका बसेका थिए । घाइतेहरूलाई दिपायलस्थित शैलेश्वरी हस्पतालमा लगिएकाे बताइएकाे छ । अधिकांश यात्रुहरू शुक्रबार हुने स्थानीय तहकाे निर्वाचनका लागि भाेट हाल्न…

Read More

कैलाली- वैशाख ३० अर्थात शुक्रबार (भोलि) हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा करिब ७० प्रतिशत मत खस्ने आकलन गरिएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले प्रदेशमा करिब ७० प्रतिशत जनताले निर्वानमा मतदान गर्ने आँकलन गरिएको बताए ।उनका अनुसार सुदूरपश्चिम प्रदेशमा १६ लाख २५ हजार १५० मतदाता छन् । यसमध्ये प्रदेशमा ७० प्रतिशत भन्दा बढी अर्थात ११ लाख ३७ हजार भन्दा बढी मत खस्ने प्रदेश निर्वाचन कार्यालयको अनुमान छ । सबैभन्दा बढी मतदाता रहेको कैलालीमा मात्रै पनि ७० प्रतिशत भन्दा बढी मत खस्ने आँकलन गरिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख भट्टले बताए ।उनका अनुसार कैलालीमा मतदाता…

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वासबाट नेकपा माओबादी केन्द्रका कार्यकर्ताले चुनावी प्रचारमा प्रयोग भएको सरकारी मोटरसाइकल स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । नगरपालिकाको वार्ड नं. २ का वडाध्यक्ष सन्तकुमार चौधरीले प्रयोग गर्ने म.१ ब ४४४ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । बुधवार राति करिब १ बजेको समयमा पुनर्वास नगरपालिका वार्ड नं. २ अमरैया टोलमा चुनावी प्रचारमा प्रयोग गरिरहेको अवस्थामा स्थानीयले मोटरसाइकल नियन्त्रणमा लिएका थिए । निर्वाचन आचार संहिता विपरित मौन अवधिमा सरकारी गाडी प्रयोग गरेको पाइएकाले मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक मनिराम भट्टले जानकारी दिए ।

Read More

कैलाली- वैशाख ३० अर्थात भोलि (शुक्रबार) हुने स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदान विहान ७ बजेदेखि हुनेछ । अपराह्न ५ बजेसम्म हुने मतदानपछि मतगणनाको प्रक्रिया सुरु हुन्छ। देशभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउनका लागि निकै कसरत गरिएको छ । मतदानदेखि मतगणनालाई सुरक्षित बनाउने विषयमा बढी ध्यान दिइएको छ । सुदूरुपश्चिममा प्रदेशका सबै पालिकामा मतगणना हुने स्थान छनोट भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार प्रदेशका अधिकांश मतगणनास्थलमा सीसीटीभीको व्यवस्था गरिएको छ । प्रदेशको सबैभन्दा बढी मतदाता भएको जिल्ला कैलालीको निर्वाचनलाई भने निकै महत्वका साथ हेरिएको छ । सुदूरपश्चिमको एक मात्र…

Read More

काठमाडौं – आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा आएर रोकिएको छ । निर्वाचन अगाडि बिहीबार अन्तिम कारोबार भएको हो । अब मंगलबार मात्र बजार खुल्ने छ । सोमबार सार्वजनिक बिदा परेका कारण बजार मंगलबार मात्र खुल्ने भएको हो । यस दिन कुल ४० हजार २३ वटा कारोबारबाट ५२ लाख २७ हजार ३५९ कित्ता सेयर किनबेच भएको छ । आज २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ रुपैयाँको कारोबार भएको छ । बिहीबार शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । बिहीबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर…

Read More

धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले षडयन्त्र पूर्वक महिला प्रयोग गरेर आफ्नाे चरित्र हत्या गरिएको बताएका छन्। धनगढीका मेयर पदका स्वतन्त्र उम्मेदवार हमालमाथि एक महिलालाई मादक पदार्थ सेवन गराएर विभिन्न आरोप लगाएको भिडियो सार्वजनिक भएपछि यस्ताे बताएका हुन्। हमालले आफूमाथि राजनीति प्रतिस्पर्धा गर्न नसक्नेहरुले गलत बाटो राजेको स्पष्ट भएको बताएका छन्। मौन अवधिमा हमालमाथि गरिएको दुष्प्रचारको यतिबेला सर्वत्र विरोध भइरहेको छ। ती महिलाले भने धाकधम्कीका कारण आफूले झुटो कुरा बोलको बताएकी छन्। उनले आफूलाई मादक पदार्थ सेवन गराएर हमालको विरुद्धमा बोल्न लगाएको बताइन्। उनले आफूलाई षडयन्त्रपूर्वक प्रयोग गरेको भन्ने भिडियोसमेत सार्वजनिक भइसकेको छ। सो विषयमा मेयर…

Read More

काठमाडाैं – भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ। तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं. १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन्। धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो। यस वडामा १८ हजार ९१३ जना मतदाता छन्। वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन्। त्यसैगरी वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो। यस वडामा ३ हजार ७२९ मतदाता छन्। वडा नं. २३ मा चार हजार ४७७ मतदाता छन्। वडा २० मा ४ हजार ६१४ मतदाता छन्। कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन्। यसमा…

Read More

कञ्चनपुर– कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।  निर्वाचन अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी विभिन्न मतदान केन्द्रमा पुगेका छन् । महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट निर्वाचन अधिकृतलगायत कर्मचारी ३४१ मतदान केन्द्रमा मतपत्र र मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित पुगेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनसम्बन्धी काम भइरहेको बताए। तीन सय मिटरको क्षेत्रलाई मतदान केन्द्र तोक्ने, प्रचारप्रसार वा शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादकपदार्थ निषेध गर्ने, मतदान केन्द्र निर्माण कार्य अन्तिम चरणका पुगेको जनाइएको छ । जिल्लाको नौ स्थानीय तहमध्ये कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ मतदाता छन् । जसमध्ये महिला…

Read More

सुर्खेत – निर्वाचन सुरक्षा खटिएका एक प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन्। भट्टको कुटाइबाट मतदान अधिकृतसहित केही म्यादी र स्थानीय सामान्य घाइते भएका छन्। मतदान अधिकृत झाका अनुसार बुधबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म भट्टले आफूसहित सहायक मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको बताए। ‘मदिरा सेवन गरेर सुरुमा मतदानस्थल नजिकैको गाउँमा गएर गाउँलेलाई कुटपिट गरेछन्,’ झाले भने, ‘त्यहाँबाट…

Read More

काठमाडौं – सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो । यसअघि १० चैत २०७८ मा पनि रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । नेपालले एमाले वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा रिट दायर गरेका हुन् । अन्य रिट निवेदकहरू भने भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल हुन् । हाल नेपालबाहेक सबै एमालेमै छन् । उनीहरूले रिटमार्फत सर्वोच्च अदालतको २३ फागुनको फैसला विपरीत पार्टीलाई एकलौटी चलाएर ‌‌‌ओलीले राजनीतिक…

Read More