Author: महेन्द्रनगर पोष्ट

ललितपुर – ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म एउटा वडाको मात्रै परिणाम आएको छ । शनिबार मध्याह्न १२ बजे मतगणना सुरु भएको थियो । हाल २, ३ र ४ वडा तीन ठाउँमा गणना भइरहेको छ । वडा नम्बर १ अध्यक्षमा स्वतन्त्र उम्मेदवार…

Read More

अछाम- अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस अध्यक्ष र उपाध्यक्षले जितेका छन् । अध्यक्षमा प्रकाशबहादुर साउद तीन हजार १८१ मत पाएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धर्मबहादुर शाहीले दुई हजार ५५५ मत पाए । तेस्रो स्थानको एकीकृत समाजवादीका शेरबहादुर बुढाले एक हजार ५९० मत पाए । उपाध्यक्षमा पनि कांग्रेसकै नेत्रकलादेवी शाही तीन हजार १०० मत पाएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी मायादेवी बुढाले दुई हजार ५७३ मत पाइन् । एकीकृत समाजवादीकी देभकला चलाउने ९खत्री० ले एक हजार ५७८ मत पाइन् ।

Read More

काठमाडौं – देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ।  ८३ स्थानीय तहको प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ। सोमबार बिहान आठ बजेसम्म प्राप्त पछिल्लो नतिजाअनुसार कांग्रेस ३२ वटा स्थानीय तहमा विजयी भएको छ भने एमालेले २९ स्थानीय तहमा विजयी भएको छ। अहिलेसम्म २५९ स्थानीय तहमा कांग्रेस अगाडि छ भने १७० स्थानमा एमालेको अग्रता छ। नेकपा (माओवादी केन्द्र)ले २० स्थानमा प्रमुख पदमा विजय प्राप्त गर्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले २ स्थानमा प्रमुख जितेको छ। माओवादीले १ सय ६ स्थानीय तहमा अग्रता लिएको छ भने एकीकृत समाजवादीले १८ ठाउँमा अग्रता लिएको छ। त्यस्तै, अन्य पार्टीले…

Read More

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा निर्मल राना ४५१६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मदनसेन वडायकले २८५८ मत ल्याए । बडायक २०७४ को निर्वाचनमा विजयी भएका थिए। उपाध्यक्षमा पनि एमालेकै सपना चौधरी राना विजयी भएकी छिन् । उनले ३५६१ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी राधा रानाले ३४९३ मत ल्याइन् ।

Read More

डोटी- डोटीको जोरायल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका दुर्गादत्त ओझा ३ हजार ४४९ मत सिहत अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्ट ३ हजार ४१२ ल्याएर हार बेहोरे । एकीकृत समाजबादीका किरण मल्लले १ हजार ६५९ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै जमुनाकुमारी बोहरा निर्वाचित भएकी छन् । उनले ३ हजार ५९९ मत ल्याएर निर्वाचित भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्राकुमारी साउँदले ३ हजार ५१७ र माओवादीकी प्रेमाकुमारी ओलीले १ हजार ३१७ मत पाइन् ।

Read More

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकामा निबर्तमान अध्यक्ष र उपाध्यक्ष पुनः विजयी भएका छन् । दुबै जना एमालेबाट निर्बाचित भएका हुन् । सो पालिकामा एमालेका गोरखबहादुर चन्द अध्यक्ष र विना भट्ट उपाध्यक्षमा विजयी भए । अध्यक्षमा चन्दले ३७८२ मत ल्याएर भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याए । उपाध्यक्षमा भट्टले ३०६४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धि नेकपा एकीकृत समाजवादीका राजेन्द्र चन्दले २५०० मत प्राप्त गरे । उनीहरु दुवैजना ०७४ सालको स्थानीय तहको चुनावमा समेत विजयी भएका थिए ।

Read More

बैतडी- बैतडीको शिवनाथ गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन् । गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँद फेरि विजयी भएका छन् । उनले तीन हजार १६५ मत पाए भने उनका प्रतिद्वन्द्वी एमालेका हजारीसिंह साउँदले दुई हजार ८४९ मत पाए । उपाध्यक्षमा एमालेकी सकुन्तला साउँद विजयी भएकी छन् । उनले दुई हजार ८७९ मत पाइन भने उनका प्रतिद्वन्द्वी माओवादीका नरेन्द्र साउदले दुई हजार ६७९ मत पाए । सो पालिकामा काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठवन्धन रहेको थियो । अध्यक्षमा विजयी साउँद ०७४ मा पनि विजयी भएका थिए । त्यस बेला पनि उपाध्यक्षमा…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिका–१ मा एमाले विजयी भएको छ । एक वडासदस्यसहित भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर वडाध्यक्ष विजयी भए । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार किरण श्रेष्ठले ५ सय ९८ ल्याएर दोस्रो नम्बरमा आएका छन्। एमालेबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठले ६ सय २२ मत ल्याएर विजयी भएका छन् । तर यो वडाबाट एमालेकै मेयर उम्मेदवार स्थापितले भने आधा मत पाएका छन्। यहाँ उनको मत ३ सय ६५ आएको छ। यो वडाबाट मेयर उम्मेदवारमध्ये सबभन्दा बढी बालेन शाहले ७ सय ८३ मत पाएका छन् । यो वडामा ३ हजार ७ सय ४० मतदाता भए पनि २ हजार ७९ मत खसेको थियो ।

Read More

कैलाली- नेकपा एमालेका सचिव एवम पूर्वमन्त्री लेखराज भट्टको वडा कैलालीको गोदावरी नगरपालिका–१ मा नेपाली कांग्रेसका गोपालदत्त भट्ट प्यानलसहित विजयी भएका छन् । भट्टले १ हजार ४७८ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शर्मानन्द भट्टले १ हजार ३९१ मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार गोकर्ण भट्टको गृहवडा पनि यही हो । कांग्रेसका भट्टसंग हार व्यहोरेका शर्मानन्द भट्ट गत चुनावमा माओवादीबाट विजयी भएका एक्ला वडाअध्यक्ष थिए । एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित भएपछि उनी नेकपा एमालेतिर गएका थिए ।

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकामा मतपेटिकामा मुचुल्का भन्दा बढी मत्रपत्र भेटिएपछि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । सर्वदलीय बैठकले पनि सहमति जुटाउन नसकेपछि मतगणना अनिश्चित बनेको हो । भीमदत्त नगरपालिका वडा नं. २ को मतगणा गर्ने क्रममा एक सय मतपत्र भनि खोलिएको पोकामा एक सय २० मतपत्र भेटिएपछि विवाद भएको थियो । दिउँसो १२ बजेपछि मतगणना रोकिएको छ । नेपाली कांग्रेसबाहेक अरु दलहरुले पुनः मतदान गर्नुपर्ने माग गरेको बताइएको छ । अन्य दलहरुले पुनः मतदान गर्नुपर्ने माग गरेपछि निर्वाचन आयोगले भने अस्वीकार गरेको एक नेताले बताए । दिउँसो १२ बजेदेखि रोकिएको भीमदत्तको मतगणना ७ घण्टा बित्न लाग्दा पनि सुरु…

Read More