Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आगामी आर्थिक वर्षको बजेट जनता केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । सोमबार एमाले प्रदेश संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एमालेको सुझावकै आधारमा सरकारको नीति तथा कार्यक्रम आएको बताए । अब सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनको पक्ष बलियो बनाउनु पर्नेमा उनले जोड दिएका थिए । उनले नीति तथा कार्यक्रम कार्यान्वयन नभए आफूहरूको समर्थन वर्तमान सरकारलाई नहुने समेत प्रस्ट पारेका थिए । पूर्व मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता रावलले अहिले बजेट निर्माण प्रक्रियामा बिचौलियाहरू हाबी भइरहेको समेत बताए । उनले त्यस्ता बिचौलियाहरूलाई नियन्त्रण गर्न सरकारी संयन्त्रको…

Read More

काठमाडौँ : चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि उनलाई अहिले बौद्ध प्रहरी वृत्तमा लगिएको छ। आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो। आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए। थापा ‘प्रसाद–२’ का निर्देशक हुन् । चलचित्र ‘प्रसाद २’ को विवादलाई लिएर बस्नेतले उनीहरूसहित ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवालविरुद्ध जाहेरी दिएका थिए। प्रहरीले अग्रवाललाई पक्राउ गरिसकेको छ।

Read More

धनगढी : भारतको बेङ्लोरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा जलेर घाइते भएका बझाङका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त विस्फोटमा परि घाइते भएका जयपृथ्वी नगरपालिका-११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरु अनिता र निताको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् । गत बुधबार राति ११ बजेतिर झ्याल नभएको कोठामा बसिरहेका उनीहरुको कोठामा ग्याँस लिक भएको र सलाई कोर्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घटना लगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो । पाँचै जनाको उपचारको क्रममा मृत्यु…

Read More

अछाम : अछाममा जिप दुर्घटना भएको छ। साँफेबगरबाट मंगलसेन जाँदै गरेको से १ ज ६५४ जीप साँफेबगर नगरपालिका ८ चण्डिका जमाल गाउँमा दुर्घटना भएको छ। दुर्घटना मा ६ जना घाइते भएका छन । ५ जनालाई सामान्य उपचार पछी डिस्चार्ज गरिएको र १ जनाको खुट्टामा बढी चोट भएकाले बयालपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पर्यटन मन्त्री बनाउने तयारी थालिएको छ। उनलाई चाडैं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिने तयारी थालिएको हो। स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई केही दिनमै मन्त्री नियुक्त गर्नेछन्। कति समय लाग्छ थाहा भएन तर पर्यटन मन्त्रालय दिने भन्ने सहमति भएर सरकारमा जाने तयारी भएको श्रेष्ठले महेन्द्रनगरपोष्टलाई बताइन्। हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ छन्। उनलाई फिर्ता बोलाएर उनको स्थानमा श्रेष्ठलाई मन्त्री बनाउने तयारी थालिएको हो। श्रेष्ठ रेशमलाल चौधरीकी पत्नी हुन्। केही समयदेखि उनीहरूबीच खटपट भएको कुराले चर्चा पाइरहेको छ।

Read More

धनगढीः नापी कार्यालय, कैलालीमा विज्ञापन नगरेरै २० जना कर्मचारी भर्ना गरिएको छ। मालपोत कार्यलय, कैलालीले सूचनासमेत सार्वजनिक नगरेरै करार सेवाबाट कर्मचारी भर्ना गरेको हो। कार्यालयका प्रमुख तथा राजनीतिक शक्तिको आडमा कर्मचारी भर्ना गरिएको हो। नापी कार्यालय, कैलालीमा कम्प्युटर अधिकृत, कम्प्यूटर अपरेटर, सहायक कम्प्यूटर अपरेटसहितका २० जना कर्मचारी करार सेवामा भर्ना गरिएको छ । नापी कार्यालय, कैलालीले तृतीय श्रेणीका कर्मचारीदेखि श्रेणीविहीनसम्म २० जना कर्मचारी करार सेवामा भर्ना गरेको पाइएको छ। नापी कार्यालय, कैलालीमा २० जना कर्मचारीका लागि मासिक रुपमा चार लाख ६७ हजार आठ सय ८९ रुपैयाँ खर्च हुँदै आएको छ। यसबाट राज्यलाई वार्षिक ५६ लाख १४ हजार बढीको आर्थिक भार थपिएको…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जनतामा भ्रम छर्ने कार्य नगर्न आग्रह गरेका छन् । ‘१० हजार करोडकाण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाइएको उनको आरोप छ । उनले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार बिहान साहले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यही १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौँ महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थालेको भन्दै कटाक्ष गरेका छन् ।  बालेनले समाजिक सञ्जालमा लेखेका छन्, ‘१० हजार करोड को काण्ड लुकाउन अर्को काण्ड गरेर…

Read More

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ ।  भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको बुझिएको छ । सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार हुन सकेको छैन ।  त्यसै गरी मधेसमा एमाले र माओवादीले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता भएर नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न आग्रह गर्दै आएका छन् । तर एकीकृत समाजवादीले मधेसमा पुरानो समीकरण अनुसार बनेको जसपा नेपाल नेतृत्वको सरकार छाड्न सकिरहेको छैन । यद्यपि मधेस प्रदेश सरकार अल्पमतमा परिसकेको छ । एकीकृत समाजवादीले आज दिउँसो बस्ने सचिवालय बैठकमार्फत निर्णय गरेर मधेस…

Read More

काठमाडौँ : जारी आइसीसी टी-२० विश्वकपमा वेस्ट इण्डिजले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट इन्डिजले पीएनजीलाई ५ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको १३७ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । वेस्ट इण्डिजको जितमा रोष्टन चेजले अविजित ४२ रन बनाए का थिए भने ब्राण्डन किङले ३४ र निकोलस पुरनले २७ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो । पीएनजीका लागि सेसे बाउले सर्बाधिक ५० रन बनाएका थिए भने किप्लिन डोरिगाले २७ र कप्तान असाद…

Read More

दाङ : आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने सचिव दुर्लभकुमार पुनले बताए । लुम्बिनी प्रदेशसभा सचिव पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

Read More