Author: महेन्द्रनगर पोष्ट

जनकपुरधाम – सिरहामा मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता प्रेमकुमार लामालाई प्रहरीले पक्राउ गरेको छ I बुधबार दिउँसो लामालाई गोलबजार नगरपालिका–२, गुरुधाममा एक मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा टोलवासीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । लामाको साथबाट नमुना मतपत्र र नौ हजार रुपैयाँ बरामद गरेको छ ।

Read More

कपिलवस्तु – कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो । लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको खबर प्राप्त भएपछि कपिलवस्तु प्रहरी गएर बरामद गरेको हो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ । १२ कार्टुन (२६ बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी जेसी शाहले बताए । निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेले रक्सी बाँड्न लगाएको आरोप छ ।

Read More

काठमाडौं – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान नगरिने भएको छ। सबै मतगणना स्थलमा सीसीटिभी जडान सम्भव नभएपछि भिडियो रेकर्ड भने गरिने आयोगले जनाएको छ । देशभरका सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटिभी क्यामेरा राख्ने व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको थियो । आधा भन्दा कम स्थानीय तहमा मात्रै सीसीटिभीबाट मतगणनाको निगरानी असम्भव भएको हो । आयोगको अनुसार आधा स्थानीय तह (३ सय) स्थलमा मात्रै सीसीटिभी क्यामेरा राखिने छ ।

Read More

कपिलवस्तु – कपिलवस्तु महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । सो नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो । निर्वाचन कार्यालयले जेठ ३ मा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । जसअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली काँग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ । निर्वाचन अधिकृत कुवेर पाण्डेयले नगरपालिकाभरी नै ३ गते मतदान हुने बताए । सो नगरपालिकामा मौन अवधि वैशाख ३१ गते साँझबाट लागु हुनेछ ।

Read More

बुटवल – सुन चोरीको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत वैशाख १३ मा बुटवल उपमहानगरपालिका–१३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ वर्षीया मोहसिन अब्दुल्ला खान, उत्तर प्रदेशकै निसानगन्ज महानगरका २२ वर्षीया मोहम्मद सरिक र उत्तर प्रदेशकै गोमती कोलोनीका ३५ वर्षीया मोहद जिसान खान रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए । वैशाख २६ मा लुम्बिनी सांस्कृतिक–४ महुवारीबाट उनीहरु पक्राउ परेका हुन् । रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको चोरी गर्ने समूह नै…

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि देशभरि २ लाख ७० हजार सुरक्षाकर्मी परिचालित गरिएको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचनको सुरक्षामा कुनै कसर बाँकी नराखिने बताउदै निर्वाचन सुरक्षाबारे जानकारी दिएका हुन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, “स्थानीय तह निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी र नेपाल प्रहरी पहिलो घेरामा छन् । त्यसपछिको घेरामा नेपाली सेना परिचालित छ । देशभरि २ लाख ७० हजार सुरक्षाकर्मी परिचालित छन् ।” उनले मतदातालाई मतदान केन्द्रसम्म सुरक्षाको प्रत्याभूति गरिएको दाबी गरे । पोखरेलले भने, “म कुन पार्टी वा कुन चिह्नमा छाप लगाउने…

Read More

सुर्खेत – उपल्लो डोल्पामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको हो । मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । उनका अनुसार विकको लेक लागेर मृत्यु भएको हो । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरू बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै बिदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरूमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरू निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरू बन्द गरिएको हो । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो । वैशाख ३१ गते शनिवार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक बिदा दिने निर्णय…

Read More

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको हो। सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार कूल २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । निष्काशित…

Read More

बारा- जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १५ केजी अवैध लागूऔषध गाँजा सहित एक भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जना छन् । उनीहरुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई गाँजा सहित फेला पारेको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More