Author: महेन्द्रनगर पोष्ट

बझाङ – बझाङको साइपाल गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै विजयी भएका छन् । अध्यक्षमा मानवीर बोहरा र उपाध्यक्षमा डोल्मा तामाङ विजयी भएका हुन् । यसअघि यहाँ २०७४ को चुनावमा नेपाली काँग्रेसले जितेको थियो । काँग्रेसले यसअघि डडेल्धुरा र डोटीमा गरेर दुई र माओवादीले दार्चुलामा एउटा पालिका जितेको छ ।

Read More

बझाङ – बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनले २ हजार ७७४ मत ल्याई विजयी प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार कुलराज जोशीले २ हजार १२२ मत ल्याएका छन् । यहाँ एकीकृत समाजवादीका विनोद थापालाई गठवन्धनले उम्मेदवार बनाएको थियो । तर उनका विरुद्ध काँग्रेसका कार्यकर्ताले उम्मेदवारी दिएका थिए । एमालेले यसअघि बझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ ।त्यसअघि काँग्रेसले डडेल्धुरा र डोटीमा गरेर दुई र माओवादीले दार्चुलामा एक पालिका जितेको छ ।

Read More

काठमाडौं –   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि (सोमबार) नेपाल आउँदै छन् । मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमबार विहान ११ बजेतिर लुम्बिनी आउने छन् । ६ घण्टाको लागि नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन स्वदेश फर्कने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । हेलिकप्टरबाट झरेपछि उनी सिधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । साढे ११ बजे मोदी त्यहीं आयोजना गरिने भूमी पुजा कार्यक्रममा सहभागी हुने जनाइएको छ ।…

Read More

विराटनगर – विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् । उनले २५८३ र एमाले उम्मेदवार सागर थापाले १६१५ मत प्राप्त गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन् । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले १८९६ मत प्राप्त गरेकी छन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले १३२३ मत प्राप्त गरेका छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत प्राप्त गरेकी छन् ।

Read More

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरेकी छन् । गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा…

Read More

कञ्चनपुर- नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री बिना मगरको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ । वडा नम्बर १ र ५ को मतगणना सम्पन्न हुँदा अध्यक्षमा कांग्रेसका हरिशचन्द्र रानाले २ हजार ८ सय २९ मत र उपाध्यक्षका उम्मेदवार शान्ति नाथले ३ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् । यस्तै अध्यक्षमा नेकपा एमालेका अक्कल बहादुर बिष्टले २ हजार १ सय १५ मत ल्याएर कांग्रेसका उम्मेदवारलाई पछ्याउँदैछन् । एमालेका उपाध्यक्षका उम्मेदवार फूलदेवी रानाले २ हजार ५ सय २४ मत ल्याएका छन् । यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका इश्वरीदत्त भट्टले ७ सय…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका शाहले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई एक हजार भोटले पछि पार्दै अग्रता कायम गरेका हुन् । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार ७१ मत प्राप्त गरेका छन् । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहेका छन् । स्थापितले १ हजार १६४ मत ल्याएका छन् । पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र काँग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । राष्ट्रियसभा गृहमा मतगणना जारी छ।

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस कञ्चनपुरका युवा नेता आसेफ कुँवर ‘भुन्टु’ विजयी भएका छन् । उनी वडाध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् कुवँर ७ सय ३२ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन् । उनका प्रतिप्रतिद्वन्द्वी माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार कमलबहादुर बिष्टले २ सय २४ मत ल्याए । यस्तै एमालेका गगन सिंह कार्कीले १ सय ९७ र राप्रपाका गोविन्दबहादुर बिष्टले ६५ मत ल्याएका छन् ।

Read More

कञ्चनपुर- कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । नगरपालिकाको वडा नम्बर १० मा कांग्रेसका चन्द्रहादुर सिंह ९ सय ९ मतसहित विजयी भएका छन् । उनी प्यानल सहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गंगाराम खड्काले ६ सय ७१ मत ल्याएका ल्याएर पराजित भए ।

Read More

काठमाडौं – सरकारले सार्वजनिक बिदा कटौती नगरी सातामा दुई दिन बिदा दिन लागेको छ । सरकारको यो निर्णय आज आइतबार (जेठ १) देखि लागु हुँदैछ । अब २०७९ मा सार्वजनिक बिदा मात्रै १ सय ४७ दिन हुनेछ । यसबाट सेवाग्राही मारमा पर्नेछन् भने सरकारले उठाउने राजस्वमा समेत नकारात्मक प्रभाव पर्नेछ । यो समाचार नागरिक दैनिकमा छ । २०७८ चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा कटौती गरी सातामा दुई दिन बिदा दिने र यसका लागि एउटा कार्यविधि बनाउने निर्णय गरेको थियो । तर सार्वजनिक बिदा नगरी सरकारले सातामा दुई दिन बिदा दिन लागेको हो । नेपाल आयल निगमको सिफारिसमा…

Read More