Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन्। मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा छलफल गर्न थालेका छन्। महिलाहरु लैङ्गिक मुद्दा नबुझेको उम्मेदवार पालिकाको नेतृत्वमा आए महिला झन पछाडि पर्ने भएकाले सचेत रहन आग्रह समेत गरिइएको छ। लम्कीचुहा नगरपालिकाकी टीका रसाइली यसपटक महिलाका मुद्दा अघि सारेर निर्वाचनमा खटिएको उम्मेदवारलाई जिताउने पक्षमा रहेको बताउँछिन्। “महिला उम्मेदवार पनि मैदानमा हुनुहुन्छ, हामीले महिलाका क्षेत्रमा काम गर्न सक्ने उम्मेदवार छान्ने सल्लाह गर्न थालेका छौँ”, उनी भन्छिन्, “सबै दलका स्थानीय घोषणापत्रसमेत हेरिरहेका छौँ। उम्मेदवारको यसअघिको क्रियाकलापलाई…

Read More

काठमाडौं- नेपाल प्रहरीले आचरण विपरित गतिविधि गर्ने ४८ म्यादी प्रहरीलाई बर्खास्त गरेको छ । निर्वाचन सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीमध्ये आचरण विपरीत गतिविधि गरेको आरोपमा सुदूरपश्चिमबाट ९ जनासहित ४८ जनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ११ जना बर्खास्तमा परेका छन् । यसैगरि वाग्मती, गण्डकी र कर्णाली प्रदेशबाट ८÷८ जना र मधेश प्रदेशबाट ४ जना म्यादी प्रहरीलाई कारबाही गर्दै बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं- आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । जसमध्ये एक जनाले आत्महत्या गरेकी छन् । ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला र नुवाकोटमा एक÷एक जना म्यादी प्रहरीको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा एक जनाले अत्महत्यासहित दुई जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो भने अनिता भट्टराईले विष सेवन गरी आत्महत्या गरेकी थिइन् । नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका–६ का जसबहादुर…

Read More

दैलेख- दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ् गरेर राखिएको बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी बिहान साढे ३ ः १५ बजे आगजनी भएको उम्मेदवार बडुवालले बताए । उनका अनुसार चालक गाडीभित्रै सुतिरहेको थिए । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पु¥याएपति खासै क्षति नभएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Read More

काठमाडौं- परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेर कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदैछ । बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुले आ–आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई सोही अनुसार जानकारी गराउन पनि परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ ।

Read More

काठमाडौँ- हाल नेपालमा स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यही प्रभावका कारण नेपालको मौसममा फेरबदल भइरहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

Read More

चितवन- चितवनमा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि छुरा प्रहार गरी हत्या गरिएको छ । एमाले कार्यकर्ताको छुरा प्रहारबाट कानको मृत्यु भएको कांग्रेसको आरोप छ । प्रहरीका अनुसार छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । भरतपुर–७ कृष्णनगर खेलकुद मैदान अगाडि मोटरसाइकलमा हिडिरहेका परियारमाथि एमालेका कार्यकर्ताले आइतबार साँझ एक्कासी रोकेर छुरा प्रहार गरेको कांग्रेस निकट स्रोतले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन पुगेका थिए । चितवन पुगेका ओली नेपाली कांग्रेस र माओवादी केन्द्रमाथि खनिँदै उत्तेजित भाषण गरेपछि एमाले कार्यकर्ताहरु आक्रोशित बनेका थिए । कानको हत्यापछि चितवनको…

Read More

दाङ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भनेर सामाजिक सन्जालमा लेखेको आरोपमा दाङका एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय यज्ञ बहादुर बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेका अनुसार बुढाले ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर सामाजिक सन्जालमा पोस्ट गरेका थिए । जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको उनले बताए ।

Read More

इलाम- माइक्रोबसका सहचालकले बालिकाको बलात्कार प्रयास गरेपछि मरणासन्न हुने गरि कुटएका चालकको मृत्यु भएको छ । २० वैशाखमा कुटपिटपछि घाइते भएका नुवाकोट तारकेश्वर गाउँपालिका–२, बगुवाका २१ वर्षीय दीपक ढुङ्गनाको शनिबार झापाको बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी काठमाडौँ–इलामको माइक्रो बसका चालक थिए । २० वैशाखको साँझ उनीमाथि कुटपिट भएको थियो । कुटपिटपछि गम्भीर घाइते उनलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो । थप उपचारको लागि उनलाई झापा रेफर गरिएको थियो । बिएन्डसीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार यात्रुसहितको बा ५ ख ५९८२ नम्बरको माइक्रोबस काठमाडौँबाट इलाम आएपछि साँझ अन्य यात्रुलाई…

Read More

चितवन- भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ।भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो। घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताए। रासस

Read More